Christian Testimony Video | धन-दासको जागरण

Christian Testimony Video | धन-दासको जागरण

38 |13 फ्रेवुअरी 2021

आजको विश्वमा, “पैसा नै पहिलो कुरा हो,” र “दुनियाँ पैसाको इसारामा चल्छ,” जस्ता शब्दावलीहरू सर्वमान्य सत्य र जीवन जिउने नियमका रूपमा लिइन्छन्। यो भिडियोमा, कथावाचक चेन मिन पनि यी कुरामा निश्चय नै विश्वास राख्छिन्। पैसा कमाउन र धनी बन्नका लागि, उनी रातदिन नभनी, शरीरलाई शिथिल बनाउँदै र आफ्नो स्वास्थ्य बिगार्दै विभिन्न काम गर्छिन्। उनीमा क्यान्सर देखिँदा पनि, उनी पैसा कमाउने प्रयासमा डगमगाउँदिनन्, बरू उपचार गराउँदै कामलाई निरन्तरता दिन्छिन्। वर्षौपछि, अन्ततः धनी बन्ने, घर र गाडी किन्ने, र उनी वरिपरिका मानिसहरूको आदर र प्रशंसा पाउने आफ्नो सपनालाई साकार पार्छिन्। तर यो प्रक्रियामा, उनको शरीर बिराम र थकानले थिलथिलो बन्छ, जसले उनलाई सधैँ कष्ट दिन्छ। जब उनी परमेश्वरमा विश्वास गर्न र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न थाल्छिन्, उनी अन्ततः जागृत हुन्छिन् र पैसा अरू केही नभएर मानवजातिलाई भ्रष्ट बनाउन र मानवजातिमा विष भर्न शैतानले प्रयोग गर्ने चारो हो भनेर बोध गर्छिन्। पैसाको पछि लाग्नु सही बाटो होइन र मानिसको जीवनलाई अर्थ दिने एकमात्र बाटो भनेको सत्यको अनुसरण गर्नु र सृष्टि भएको जातिको कर्तव्य पूरा गर्नु हो भनेर उनी सिक्छिन्। जीवनमा के कुराको पछि लाग्नुपर्ने रहेछ भन्ने उनको दृष्टिकोण जब सच्चिन्छ, उनको स्वास्थ्य आश्चर्यजनक रूपमा राम्रो हुँदै आउँछ, र उनको जीवन परिवर्तन हुन थाल्छ……

कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।

थप देखाउनुहोस्
अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।
हामीलाई WhatsApp मा सम्पर्क गर्नुहोस्
हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्