Nepali Christian Song | परमेश्‍वरले उहाँको आराधना गर्ने र दुष्टता त्याग्नेहरूलाई मुक्ति दिनुहुन्छ | with lyrics

20 अगस्ट 2021

पद १

नोआको समयमा मानिस परमेश्‍वरबाट भड्केका थिए,

ज्यादै भ्रष्‍ट भए र उहाँको आशिष गुमाए,

उहाँको हेरचाह र प्रतिज्ञा रहित भए।

परमेश्‍वरको ज्योतिबिना तिनीहरू अन्धकारमा बाँचेका थिए,

आचरण अश्लील बन्दै गए

र घृणित भ्रष्टतामा हराए।

कोरस

नोआले मात्र दुष्टता त्यागेर उहाँलाई पुजे

त्यसैले उनी परमेश्‍वरको आवाज सुन्न सक्षम भए,

र उहाँको निर्देशन सुनी,

उहाँको आज्ञा अनुसार जहाज बनाए।

उनले सबै प्रकार, आकार र किसिमका

जीवित प्राणीहरूलाई भेला गरे।

जब सबै तयारीहरू पूरा भए,

परमेश्‍वरले संसारको विनाश शुरु गर्नुभयो।

पद २

तिनीहरू यति पतित भएका थिए कि

तिनीहरूले उहाँका प्रतिज्ञाहरू प्राप्त गर्नै सकेनन्।

तिनीहरू उहाँको दर्शन गर्न अयोग्य भए,

न त तिनीहरूले उहाँको आवाज नै सुन्न सके।

किनकि तिनीहरूले परमेश्‍वर र उहाँले दिनुभएका सबथोक पन्छाएका थिए।

र उहाँका सबै शिक्षा तिनीहरूले छाेडे र भुले।

कोरस

नोआले मात्र दुष्टता त्यागेर उहाँलाई पुजे

त्यसैले उनी परमेश्‍वरको आवाज सुन्न सक्षम भए,

र उहाँको निर्देशन सुनी,

उहाँको आज्ञा अनुसार जहाज बनाए।

उनले सबै प्रकार, आकार र किसिमका

जीवित प्राणीहरूलाई भेला गरे।

जब सबै तयारीहरू पूरा भए,

परमेश्‍वरले संसारको विनाश शुरु गर्नुभयो।

ब्रिज

उनीहरूकाे भड्काइ र भ्रष्टता यति ठूलो थियो कि

तिनीहरूले तर्क र मानवताको सबै भावना गुमाए।

तिनीहरूको दुष्टता यति सूक्ष्म र खराब थियो

कि तिनीहरू मृत्युको झन् नजिक आईपुगे।

तिनीहरू परमेश्‍वरको मार्गबाट ​​झन् झन् टाढीए,

त्यसैले तिनीहरू उहाँको दण्ड र क्रोधको भागिदार बने।

कोरस

नोआले मात्र दुष्टता त्यागेर उहाँलाई पुजे

त्यसैले उनी परमेश्‍वरको आवाज सुन्न सक्षम भए,

र उहाँको निर्देशन सुनी,

उहाँको आज्ञा अनुसार जहाज बनाए।

उनले सबै प्रकार, आकार र किसिमका

जीवित प्राणीहरूलाई भेला गरे।

जब सबै तयारीहरू पूरा भए,

परमेश्‍वरले संसारको विनाश शुरु गर्नुभयो।

अन्त्य

नोआ र उनको परिवार मात्र जीवित रहे,

केवल उनी र उनका परिवारका सात सदस्यहरू बाँचे।

किनकि नोआले दुष्‍टता त्यागेर यहोवाको आराधना गरे,

हो, किनकि नोआले दुष्‍टता त्यागेर यहोवाको आराधना गरे।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्