Christian Praise Song | मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू

Christian Praise Song | मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू

0 |5 डिसेम्बर 2020

Christian Praise Song | मानवजातिप्रति सृष्टिकर्ताको सच्‍चा भावनाहरू | Duet Song

त्यसपछि यहोवाले भन्नुभयो, तैँले जुन लौकाको निम्ति न त परिश्रम गरिस् न त त्यसलाई हुर्काइस् तँ त्यसको माया गर्छस्; जुन एकै रातमा आयो र एकै रातमा नष्ट भयो: अनि आफ्‍नो दाहिने हातबाट देब्रे हात छुट्टाउन नसक्ने एक लाख बीस हजारभन्दा बढी मानिसहरू र धेरै गाइवस्तुहरू भएको त्यो ठूलो सहर निनवेलाई मैले बचाउनु पर्दैन र?

योना ४:१०-११

सृष्टिकर्ता सँधै मानिसको बीचमा हुनुहुन्छ,

उहाँ सँधै मानिस र सम्पूर्ण सृष्टिसँग कुराकानी गर्नुहुन्छ,

र उहाँले हरेक दिन नयाँ-नयाँ कार्यहरू गरिरहनुभएको छ।

उहाँको सार र स्वभाव मानिससँगको उहाँको कुराकानीमा व्यक्त हुन्छन्;

उहाँका सोचाइहरू र विचारहरूलाई पूर्ण रूपमा उहाँका कार्यहरूमा प्रकट गरिन्छन्;

उहाँले मानवजातिलाई सँधैभरि साथ दिनुहुन्छ र अवलोकन गर्नुहुन्छ।

उहाँले आफ्‍ना शान्त वचनहरूद्वारा मानवजाति र सारा सृष्टिसँग बोल्‍नुहुन्छ:

परमेश्‍वर स्वर्गहरूमा हुनुहुन्छ, अनि उहाँ आफ्ना सृष्टिको बीचमा हुनुहुन्छ।

परमेश्‍वरले नियालिरहनुभएको छ; उहाँले पर्खिरहनुभएको छ;

परमेश्‍वर तेरो छेउमा हुनुहुन्छ…।

उहाँका हातहरू न्यानो र दह्रिला छन्; उहाँका पाइलाहरू हल्‍का छन्;

उहाँको आवाज कोमल र सोभामय छ;

सारा मानवजातिलाई अङ्गाल्दै, उहाँको रूप बितेर जान्छ र परिवर्तन हुन्छ;

उहाँको मुहार सुन्दर र कोमल छ।

उहाँ कहिल्यै छोडेर जानुभएको छैन, कहिल्यै हराउनुभएको छैन।

दिन र रात, उहाँ मानवजातिको साथ कहिल्यै नछोड्ने अटुट मित्र हुनुहुन्छ।

उहाँले निनवे सहरलाई बचाउनुहुँदा,

मानवजातिको निम्ति उहाँको समर्पित हेरचाह र विशेष स्‍नेह,

साथै मानिसको निम्ति उहाँको सच्‍चा चिन्ता र प्रेम एक-एक गरी प्रकट गरिए।

निश्‍चित रूपमा, यहोवा परमेश्‍वर र योना बीचको कुराकानीले

उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रतिको सृष्टिकर्ताको

स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो।

वचनहरूद्वारा, तैँले मानवजातिको निम्ति परमेश्‍वरको सच्‍चा भावनाहरूका बारेमा

गहन बुझाइ प्राप्त गर्न सक्छस्…।

निश्‍चित रूपमा, यहोवा परमेश्‍वर र योना बीचको कुराकानीले

उहाँ स्वयमले सृष्टि गर्नुभएको मानवजातिप्रतिको सृष्टिकर्ताको

स्‍नेहशीलतालाई पूर्ण रूपमा प्रकट गर्‍यो।

वचनहरूद्वारा, तैँले मानवजातिको निम्ति परमेश्‍वरको सच्‍चा भावनाहरूका बारेमा

गहन बुझाइ प्राप्त गर्न सक्छस्…।

परमेश्‍वर स्वर्गहरूमा हुनुहुन्छ, अनि उहाँ आफ्ना सृष्टिको बीचमा हुनुहुन्छ।

परमेश्‍वरले नियालिरहनुभएको छ; उहाँले पर्खिरहनुभएको छ;

परमेश्‍वर तेरो छेउमा हुनुहुन्छ…।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्