Christian Music Video | आखिरी दिनहरूका ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ

Christian Music Video | आखिरी दिनहरूका ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ

18 |25 नोभेम्बर 2020

जब येशू मानिसको संसारमा आउनुभयो,

उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो।

आखिरी दिनहरूमा, परमेश्वर फेरि देह बन्नुभयो,

र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो

र परमेश्वरको राज्यको युग सुरु गर्नुभयो।

परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई

परमेश्वरको राज्यको युगतिर लगिनेछ,

र यसबाहेक व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्।

येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि,

उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो

र मानिसको पापको बलि बन्नुभयो;

उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन।

मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति

येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन,

तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट

पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो।

यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्,

मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो,

र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो।

यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो।

उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन्

र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्,

र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्