२. देहधारणको सत्यता सम्बन्धमा

१. त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटना हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्ने हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

२. देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्नुहुन्छ अर्थात् परमेश्‍वर देह बन्नुहुन्छ भन्ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

३. सामान्य मानवतासहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्‍वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवतासहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो र यसद्वारा उहाँले आफ्नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु वा देहधारी हुनुको अर्थ यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

४. देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो।

— वचन देहमा देखा पर्नुहुन्छको “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट उद्धृत गरिएको

५. जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन।

— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको

६. देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बन्‍नुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरू वहन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्यलाई अघि बढाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो” बाट उद्धृत गरिएको

७. उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये, मानवतासहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ तर उहाँको ईश्‍वरीयतालाई बुझ्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। … परमेश्‍वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

८. उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू र सामान्य मानव भावनाहरूसहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुँदै, गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेषसहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्नो सेवकाइको खातिर जिउनुहुन्छ र यो समय अवधिमा उहाँको ईश्‍वरीयताको सामान्य कार्यलाई कायम राख्नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्ने बिन्दुसम्म परिपक्व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्‍वरीय कार्यको पूर्णतालाई कायम राख्न अझै सक्षम भएको हुँदैन, परिपक्व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्व भएपछि, आफ्नो सेवकाइको भार उठाउन सक्ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्न सक्नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्‍वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हो। उहाँको जन्म भएको क्षणदेखि नै देहधारी परमेश्‍वरले अलौकिक चिन्ह र आश्‍चर्यकर्महरू गर्दै आफ्‍नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन र मानवताविनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ र कुनै पनि हालतमा मानव हुनुहुन्न” भनी भन्नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन र यसले देहधारणको सिद्धान्तलाई उल्लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेषसहित आफ्नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्न सकिन्छ, किनभने परमेश्‍वर मानव भेष र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

९. देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्नको लागि अस्तित्वमा छ भनेर भन्न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्नुहुनेथिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्तसहित, सामान्य मनसहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूतात्माहरूलाई निकाल्नु, क्रूसीकरण उहाँको मानव मनका उपजहरू थिएनन् र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो तर यो मानव इच्छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको खास सार यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट उद्धृत गरिएको

१०. मानिसको देहधारी पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्‍वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्‍वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्‍वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्‍वर स्वयम्‌को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्‍वरीयता दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौं। तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिको सामु दिनुभएको साँचो वचनहरू तथा कामलाई देख्‍ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्‍वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

११. देहधारी परमेश्‍वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेरे तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्‍वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्‍वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। … परमेश्‍वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको धारणा यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्‍वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्‍च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्‍वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्‍ने परिधिभित्र पर्दछ। जब परमेश्‍वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्‍वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनुभएको स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्‍वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट उद्धृत गरिएको

१२. परमेश्‍वरका आत्माले पहिरनुभएको देह परमेश्‍वरको आफ्नै देह हो। परमेश्‍वरका आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्‍घन गर्ने, नैतिकता र न्यायको उल्लङ्‍घन गर्ने केही पनि गर्न सक्‍नुहुन्‍न, परमेश्‍वरका आत्मालाई विश्‍वासघात गर्ने कुरा त परै जाओस्।

— वचन देहमा देखा पर्नुहुन्छको “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)” बाट उद्धृत गरिएको

१३. परमेश्‍वर देहधारी हुनुहुने हुँदा, उहाँले आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्‍त हुने गरी उहाँको सारलाई उहाँको देहभित्र साकार पार्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्रबिन्दु ख्रीष्‍टको कार्य हुन्छ। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। अनि, परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरका आत्मा हुन् वा ख्रीष्‍ट हुन्, दुवै नै परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो” बाट उद्धृत गरिएको

१४. परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र अझ भन्ने हो भने ऊ उहाँको वचनको प्राप्तिमा प्रवेश गर्न सक्दछ। र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

१५. यदि परमेश्‍वर मानिस नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्य गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा रहन सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न मानिस बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्‍लिन सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

१६. मुक्त गरिनेहरूका लागि, आत्माको उपयोगी मूल्य देहको भन्दा निकै कम हुन्छ: आत्माको कामले सारा ब्रह्माण्ड, सारा हिमाल, नदी, तालतलैया अनि समुद्रहरूलाई समावेश गर्न सक्ने भए तापनि, देहको काम उहाँ सम्पर्कमा आउने हरेक व्यक्तिसँग अझै प्रभावकारी रूपमा सम्बन्धित हुन्छ। यति मात्र होइन, परमेश्‍वरको देहको मूर्त रूपलाई मानिसले अझै राम्ररी बुझ्न र भरोसा गर्न सक्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई अझै थप रूपमा गहन तुल्याउन सक्छ र परमेश्‍वरका वास्तविक कार्यहरूबारे मानिसमा अझै प्रगाढ छवि छोड्न सक्छ। आत्माको कामलाई रहस्यले ढाकेको हुन्छ; मरणशील प्राणीको लागि यो बुझ्न कठिन छ र तिनीहरूले यसलाई देख्न अझै कठिन छ, त्यसकारण तिनीहरू खोक्रा कल्पनाहरूको मात्रै भर पर्न सक्छन्। तैपनि, देहको काम सामान्य र वास्तविकतामा आधारित छ, अनि यसमा प्रशस्त बुद्धि छ, साथै यो मानिसको भौतिक आँखाले देख्न सक्ने तथ्य हो; परमेश्‍वरको कामको बुद्धिलाई मानिसले व्यक्तिगत रूपमा नै अनुभव गर्न सक्छ र उसको प्रशस्त कल्पनाहरूको प्रयोग गर्ने कुनै आवश्यकता हुँदैन। देहमा परमेश्‍वरले गर्नुहुने कामको यथार्थता र वास्तविक मूल्य यही नै हो। आत्माले मानिसको लागि अदृश्य र उसलाई कल्पना गर्न कठिन हुने कुराहरू मात्रै गर्न सक्नुहुन्छ, उदाहरणको लागि आत्माको अन्तर्दृष्टि, आत्माको हलचल र आत्माको अगुवाइ, तर मन भएको मानिसको लागि, यिनले कुनै पनि स्पष्ट अर्थ प्रदान गर्दैन। तिनीहरूले स्पर्श, वा बृहत् अर्थ मात्रै प्रदान गर्न सक्छन् र शब्दहरूद्वारा निर्देशन दिन सक्दैनन्। तैपनि, देहमा परमेश्‍वरले गर्नुहुने कार्य निकै फरक छ: यसमा शब्दहरूको यथार्थ निर्देशन संलग्न हुन्छ, यसको स्पष्ट इच्‍छा हुन्छ र यसमा आवश्यक उद्देश्यहरू स्पष्ट हुन्छन्। त्यसकारण मानिसले छामछुम गरिहिँड्नु वा आफ्नो कल्पनाको प्रयोग गर्नु आवश्यक हुँदैन, अनुमानहरू गर्नुपर्ने त परै जाओस्। देहको कामको स्पष्टता यही हो र यो आत्माको कामभन्दा निकै फरक छ। सीमित क्षेत्रको लागि मात्रै आत्माको काम उपयुक्त हुन्छ र यसले देहको कामलाई प्रतिस्थापन गर्न सक्दैन। देहको कार्यले मानिसलाई आत्माको कार्यले भन्दा धेरै यथार्थ र आवश्यक लक्ष्यहरू र अझै वास्तविक, बहुमूल्य ज्ञान दिन्छ। भ्रष्ट मानिसको लागि सबैभन्दा मूल्यवान् काम भनेको त्यही हो जुन कामले सटीक शब्दहरू, पछ्याउनको लागि स्पष्ट लक्ष्यहरू प्रदान गर्न सक्छ, जसलाई देख्न र छुन सकिन्छ। मानिसको स्वादको लागि वास्तविक काम र समयअनुसारको अगुवाइ मात्रै उपयुक्त छन् र वास्तविक कार्यले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पहिलेको भ्रष्ट र पतित स्वभावबाट मुक्त गर्न सक्‍नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

१७. त्यसकारण, यदि यो काम आत्माद्वारा गरिएको थियो भने—यदि परमेश्‍वर मानिस नबन्नुभएको भए, र उहाँसँग सम्पर्क गर्ने मानिससित कुनै उपाय नभएकोले आत्मा गर्जनको माध्यमबाट सीधै बोल्नुभएको थियो भने के मानिसले उहाँको स्वभाव जान्न सक्‍नेथियो? यदि यो काम गर्ने आत्मा मात्र हुनुहुन्थ्यो भने, मानिसले परमेश्‍वरको स्वभावको बारेमा जान्ने कुनै उपाय थिएन। जब परमेश्‍वर देह बन्नुहुन्छ, जब वचन दहमा देखा पर्नुहुन्छ, जब उहाँले देहद्वारा उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुन्छ तब मात्र मानिसहरूले आफ्नो आँखाले परमेश्‍वरको स्वभाव देख्न सक्छन्। परमेश्‍वर साँच्चै र वास्तविक रूपमा मानिसहरूको बीचमा वास गर्नुहुन्छ। उहाँ वास्तविक हुनुहुन्छ; मानिस वास्तवमा उहाँको स्वभावसँग संलग्न हुन सक्छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा संलग्न हुनसक्छ; यस तरिकाले मात्र मानिसले साँच्चै उहाँलाई चिन्न सक्दछ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कामको दर्शन (३)” बाट उद्धृत गरिएको

१८. देहमा परमेश्‍वरको आगमनको प्राथमिक अर्थ मानिसहरूलाई परमेश्‍वरका वास्तविक कामहरू देख्‍न सक्षम तुल्याउनु, निराकार आत्मालाई देहको आकार दिनु, र मानिसहरूलाई उहाँलाई हेर्न र छुन दिनु हो। यसरी, उहाँद्वारा सिद्ध बनाइएका मानिसहरूले उहाँले चाहनुभएअनुसार जिउनेछन्‌, तिनीहरू उहाँद्वारा हासिल गरिनेछन्‌, र उहाँको हृदयअनुसारका मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वर स्वर्गमा मात्र बोल्‍नुहुन्थ्यो र पृथ्‍वीमा साँच्‍चिकै नआउनुभएको भए, मानिसहरूले परमेश्‍वरलाई अझै चिन्‍न सक्‍ने थिएनन्; तिनीहरूले खोक्रो सिद्धान्त प्रयोग गरी परमेश्‍वरका कामहरूको विषयमा प्रचार गर्न मात्र सक्षम हुनेथिए र परमेश्‍वरका वचनहरूलाई वास्तविकताको रूपमा प्राप्त‍ गर्ने थिएनन्। मुख्यगरी, जसलाई उहाँले हासिल गर्नु छ ती मानिसहरूका निम्ति उदाहरण र नमुनाको रूपमा कार्य गर्न परमेश्‍वर यस पृथ्‍वीमा आउनुभएको हो; यसरी मात्र मानिसहरूले वास्तवमा परमेश्‍वरलाई चिन्‍न सक्छन्, परमेश्‍वरलाई छुन सक्छन्, र उहाँलाई हेर्न सक्छन्, र तब मात्र तिनीहरू साँच्‍चिकै परमेश्‍वरद्वारा हासिल हुन सक्छन्।

— वचन देहमा देखा पर्नुहुन्छको “व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ” बाट उद्धृत गरिएको

१९. परमेश्‍वरले आफैलाई कुनै बिन्दुसम्म होच्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्‍वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्‍वासपात्र हुन सक्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन सक्छन् जो यति उच्च र अगाध हुनुहुन्छ? जब परमेश्‍वरका आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँको इच्छा बुझ्न सक्छन्‌ र वास्तवमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरूमा सामेल हुनुहुन्छ, मानिस जातिजस्तै त्यही संसारमा जिउनुहुन्छ, मानिस जातिलाई संरक्षण गर्नुहुन्छ, र तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको उद्धार र उहाँको आशिष प्राप्त गर्न दिनुहुन्छ। यी कुराहरू प्राप्त गरेर, मानिसहरूले साँच्चै परमेश्‍वरको इच्छा बुझ्छन्‌, र तब मात्र तिनीहरू परमेश्‍वरसँग घनिष्ठ हुन सक्छन्‌। यो मात्र व्यावहारिक छ। यदि परमेश्‍वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्‌? के यो खोक्रो सिद्धान्त होइन र?

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌” बाट उद्धृत गरिएको

२०. न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन तर मानिसको बीचमा गरिन्छ। मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्‍वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा नै न्याय गर्नुभएको भए, यो सर्व-स्वीकार्य हुँदैनथियो। यसका साथै, मानिसले त्यस्तो कार्यलाई स्वीकार गर्नु कठिन हुनेथियो, किनभने आत्मा मानिससँग आमने-सामने हुन सक्नुहुन्न र त्यसैले, यसको प्रभाव तत्कालीन हुनेथिएन, मानिसले परमेश्‍वरको चिढ्याउन नसकिने स्वभावलाई अझै स्पष्ट रूपमा देख्न सक्नु त परै जाओस्। देहमा हुनुहुने परमेश्‍वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। … यदि यो काम परमेश्‍वरका आत्माले गर्नुभयो भने, यसको अर्थ शैतानमाथिको विजय हो भन्नेथिएन। आत्मा अन्तर्निहित रूपमा मरणशील प्राणीहरूभन्दा उच्च हुन्छ र परमेश्‍वरका आत्मा अन्तर्निहित रूपमा नै पवित्र, अनि देहमाथि विजयी हुनुहुन्छ। यदि यो काम आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो भने, उहाँले मानिसका सारा अनाज्ञाकारितालाई न्याय गर्न सक्नुहुनेथिएन र मानिसको सबै अधार्मिकतालाई प्रकट गर्न सक्नुहुनेथिएन। किनभने न्यायको काम परमेश्‍वरसम्बन्धी मानिसको धारणाद्वारा पनि अघि बढाइन्छ र आत्माबारे मानिससँग कुनै धारणा कहिल्यै थिएन, त्यसकारण मानिसको अधार्मिकतालाई अझै राम्ररी प्रकट गर्न आत्मा असक्षम हुनुहुन्छ, त्यस्तो अधार्मिकतालाई पूर्ण रूपमा खुलासा गर्ने कुरा त परै जाओस्। देहधारी परमेश्‍वर उहाँलाई नचिन्नेहरू सबैका शत्रु हुनुहुन्छ। मानिसका धारणाहरूलाई र उहाँ प्रतिको विरोधलाई न्याय गरेर, उहाँले मानवजातिका सारा अनाज्ञाकारीतालाई खुलासा गर्नुहुन्छ। देहमा उहाँले गर्नुहुने कामका प्रभावहरू आत्माका कामभन्दा अझै स्पष्ट हुन्छन्। त्यसैले, सारा मानवजातिको न्याय प्रत्यक्ष रूपमा आत्माले गर्नुहुन्न तर यो देहधारी परमेश्‍वरको काम हो। देहमा हुनुहुने परमेश्‍वरलाई मानिसले देख्न र छुन सक्छ र देहमा हुनुहुने परमेश्‍वरले मानिसलाई पूर्ण रूपमा विजय गर्न सक्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

२१. यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यो आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन, बरु उहाँको वचनद्वारा प्राप्त गरिने परिणाम हो। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अधिकार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको शरीर एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अधिकारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

२२. एउटा सत्य छ जुन तँलाई थाहा नहुनसक्छ: मानिसको भ्रष्ट स्वभाव र उसको विद्रोहीपन र प्रतिरोध तब खुलासा हुँदछ जब उसले ख्रीष्टलाई देख्दछ, र यस बेला खुलासा हुने विद्रोहीपन र प्रतिरोध अरू बेलाको दाँजोमा अझै धेरै पूर्ण र सम्पूर्ण रूपले खुलासा हुँदछ। किनभने ख्रीष्ट मानिसको पुत्र हुनुहुन्छ—मानिसको एउटा पुत्र जसमा सामान्य मानवता छ—मानिसले न त उहाँलाई सम्मान गर्छ न त आदर नै गर्छ। परमेश्‍वर देहमा बास गर्नुहुने भएकोले मानिसको विद्रोहीपन यति सम्पूर्ण रूपमा र स्पष्ट रूपमा प्रकाशमा ल्याइदिन्छ। त्यसैले म भन्छु कि ख्रीष्टको आगमनले मानवजातिको सबै विद्रोहीपनलाई खुलस्त गरिदिएको छ र मानवजातिको प्रकृतिलाई उदाङ्गो पारिदिएको छ। “एउटा बाघलाई लोभ देखाई डाँडोबाट तल ल्याउनु” र “एउटा ब्वाँसोलाई लोभ देखाई गुफाबाट बाहिर निकाल्नु” भनेको यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “ख्रीष्ट अनुरूप नभएकाहरू निश्‍चय नै परमेश्‍वरका विरोधीहरू हुन्” बाट उद्धृत गरिएको

२३. शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्‍नुभएको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सीधै गर्नुभएको कामभन्दा धेरै यथार्थ परक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अधिकार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको सारले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले पनि देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई व्यावहारिक प्रकृतिको काम गर्न सहयोग पुर्‍याउँछ।

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको

२४. परमेश्‍वर देह बन्नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले भ्रष्ट तुल्याएको छ। मानिसको देह भ्रष्ट तुल्याइएको कारणले नै परमेश्‍वरले देहको मानिसलाई आफ्नो कामको पात्र बनाउनुभयो; यसका साथै, मानिस भ्रष्टताको पात्र भएकोले परमेश्‍वरले उसलाई नै आफ्नो मुक्तिको कार्यका सबै चरणहरूको एक मात्र पात्र बनाउनुभयो। मानिस मरणशील प्राणी हो, ऊ देह र रगतले बनिएको छ र उसलाई मुक्त गर्न सक्ने परमेश्‍वर मात्रै हुनुहुन्छ। यसरी, आफ्नो काम गर्नको लागि परमेश्‍वर मानिसका जस्तै गुणहरू भएको देह बन्नुपर्छ, ताकि उहाँको कामले अझै उत्तम प्रभावहरू हासिल गर्न सकोस्। मानिस देहको हो र ऊ पापमाथि विजय प्राप्त गर्न र आफैलाई देहबाट मुक्त गर्न असक्षम छ, ठीक यही कारणले गर्दा आफ्नो काम गर्नको लागि परमेश्‍वर देह बन्नैपर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

२५. मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ र ऊ परमेश्‍वरका प्राणीहरूमध्ये सबैभन्दा उच्च छ, त्यसकारण मानिसलाई परमेश्‍वरको मुक्तिको खाँचो छ। परमेश्‍वरको मुक्तिको पात्र मानिस नै हो, शैतान होइन र मुक्त गरिने भनेको मानिसको देह र मानिसको प्राण नै हो, दियाबलस होइन। शैतान परमेश्‍वरको विनाशको पात्र हो, मानिस परमेश्‍वरको मुक्तिको पात्र हो र मानिसको देहलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण सुरुमा मुक्त गरिने मानिसको देह नै हुनुपर्छ। मानिसको देहलाई अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएको छ र यो परमेश्‍वरलाई विरोध गर्ने कुरा बनेको छ, यति हदसम्म कि यसले खुलेआम परमेश्‍वरको अस्तित्वको विरोध र इन्कार गर्छ। यो भ्रष्ट देह अत्यन्तै हठी छ र देहको भ्रष्ट स्वभावलाई निराकरण गर्न वा परिवर्तन गर्न जत्तिको कठिन अरू केही छैन। बाधाहरू पैदा गर्नको लागि शैतान मानिसको देहमा आउँछ र परमेश्‍वरको काममा बाधा ल्याउन र परमेश्‍वरको योजनामा हानि गर्न यसले मानिसको देह प्रयोग गर्छ, यसरी मानिस शैतान नै बनेको छ र परमेश्‍वरको शत्रु बनेको छ। मानिसलाई मुक्त गर्नको लागि, उसलाई पहिले विजय गरिनैपर्छ। यही कारणले गर्दा नै परमेश्‍वर चुनौतीमा उठ्नुहुन्छ र आफ्‍नो अभिप्रायको काम गर्न र शैतानसँग लडाइँ गर्न देहमा आउनुहुन्छ। उहाँको उद्देश्य भनेको भ्रष्ट तुल्याइएको मानिसलाई मुक्ति दिनु र उहाँको विरुद्धमा विद्रोह गर्ने शैतानलाई हराउनु र नष्ट गर्नु हो। मानिसलाई विजय गर्ने आफ्नो कामद्वारा उहाँले शैतानलाई पराजित गर्नुहुन्छ, जबकि यही क्रममा उहाँले भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्छ। यसरी, यो एकै पटकमा दुईवटा उद्देश्यहरू हासिल गर्ने काम हो।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

२६. मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ र यसलाई सबैभन्दा गहन रूपमा अन्धा तुल्याइएको र अत्यन्तै उल्‍लेखनीय रूपमा हानि गरिएको छ। परमेश्‍वरले किन देहमा व्यक्तिगत रूपमा काम गर्नुहुन्छ त्यसको सबैभन्दा आधारभूत कारण उहाँको मुक्तिको पात्र मानिस भएकोले गर्दा नै हो, जो देह हो र किनभने परमेश्‍वरको काममा बाधा दिनको लागि शैतानले पनि मानिसकै देहलाई प्रयोग गर्छ। शैतानसँगको युद्ध भनेको वास्तवमा मानिसलाई विजय गर्ने काम नै हो र यसको साथै, मानिस पनि परमेश्‍वरको मुक्तिको पात्र हो। यसरी, देहधारी परमेश्‍वरको काम अत्यावश्यक छ। शैतानले मानिसको देहलाई भ्रष्ट तुल्यायो र मानिस शैतानको मूर्तरूप बन्यो अनि परमेश्‍वरद्वारा हराउने पात्र बन्यो। यसरी, शैतानसँग युद्ध गर्ने र मानिसलाई मुक्त गर्ने काम पृथ्वीमा हुन्छ र शैतानसँग युद्ध गर्नको लागि परमेश्‍वर मानव बन्नैपर्छ। यो सबैभन्दा बढी व्यवहारिकता भएको काम हो। जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग युद्ध गरिरहनुभएको हुन्छ। जब उहाँले देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रमा आफ्‍नो काम गरिरहनुभएको हुन्छ र उहाँले आफ्नो सम्पूर्ण कार्यलाई पृथ्वीमा आत्मिक क्षेत्रमा वास्तविक बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति अनाज्ञाकारी रहेको मानिस नै हो र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँप्रति शत्रुतामा छ र आखिरमा मुक्त गरिने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृष्टिको बाहिरी भेष भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँले शैतानसँग वास्तविक लडाइ गर्न, उहाँप्रति अनाज्ञाकारी हुने र उहाँको जस्तै बाहिरी भेष भएको मानिसलाई विजय गर्न र उहाँको जस्तै बाहिरी भेष भएको र शैतानद्वारा हानी गरिएको मानिसलाई मुक्त गर्न सक्नुभएको होस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र मानिस हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्‍नपर्छ र यसरी उहाँको काम निकै सहज बन्छ। उहाँले शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, यसका साथै, उहाँले मानवजातिलाई मुक्त गर्न सक्नुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

२७. एक हिसाबमा, आखिरी दिनहरूका परमेश्‍वरको देहधारणले मानिसका धारणाहरूमा अस्पष्ट परमेश्‍वरले ओगटेको ठाउँ हटाउनुहुन्छ, ताकि मानिसका हृदयमा अबउप्रान्त अस्पष्ट परमेश्‍वरको प्रतिरूप नरहोस्। उहाँका यथार्थ वचनहरू र यथार्थ काम, सबै ठाउँहरूमा उहाँको गतिविधि, र उहाँले मानिसमाझ गर्नुहुने अत्यन्तै यथार्थ र सामान्य कामद्वारा, उहाँले मानिसलाई परमेश्‍वरको वास्तविकता बुझाउनुहुन्छ, र मानिसको हृदयबाट अस्पष्ट परमेश्‍वरको स्थान हटाउनुहुन्छ। अर्को हिसाबमा, मानिसलाई पूर्ण पार्न, र सबै कामकुराहरू पूरा गर्न परमेश्‍वरले उहाँको देहले बोलेका वचनहरू प्रयोग गर्नुहुन्छ। आखिरी दिनहरूमा परमेश्‍वरले पूरा गर्नुहुने काम यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “आज परमेश्‍वरको कामलाई बुझ्‍नु” बाट उद्धृत गरिएको

२८. देहमा जिउने सबैका लागि, तिनीहरूको स्वभावलाई परिवर्तन गर्न लक्ष्यहरूको पछि लाग्न आवश्यकता पर्छ र परमेश्‍वरलाई चिन्नको लागि परमेश्‍वरका वास्तविक कार्यहरू र वास्तविक मुहारलाई हेर्नु आवश्यक हुन्छ। यी दुवै कुरा परमेश्‍वरको देहधारी शरीरले मात्रै हासिल गर्न सक्नुहुन्छ र यी दुवै कुरा सामान्य र वास्तविक देहले मात्रै पूरा गर्न सक्नुहुन्छ। यही कारणले देहधारण अत्यावश्यक छ र यसै कारणले सारा भ्रष्ट मानवजातिलाई यसको खाँचो छ। मानिसहरूले परमेश्‍वरलाई जान्नु आवश्यक भएकोले, तिनीहरूका हृदयबाट अस्पष्ट र अलौकिक ईश्‍वरहरूका स्वरूपहरूलाई हटाइनैपर्छ अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावलाई त्याग्नु आवश्यक भएकोले, तिनीहरूले सुरुमा आफ्ना भ्रष्ट स्वभावलाई चिन्नैपर्छ। यदि मानिसले मानिसहरूका हृदयबाट अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई हटाउने काम मात्रै गऱ्यो भने, ऊ उचित प्रभाव हासिल गर्न असफल हुनेछ। मानिसहरूको हृदयमा भएको अस्पष्ट ईश्‍वरहरूका स्वरूपहरूलाई वचनहरूले मात्रै खुलासा गर्न, हटाउन वा पूर्ण रूपमा निकाल्न सक्दैन। यसो गर्ने क्रममा, आखिरमा अझै मानिसहरूका हृदयबाट जरा गाडेर बसेका यी कुराहरूलाई हटाउन सम्भव हुनेछैन। यी अस्पष्ट र अलौकिक कुराहरूलाई व्यवहारिक परमेश्‍वर र परमेश्‍वरको साँचो स्वरूपले प्रतिस्थापन गरेर अनि मानिसहरूलाई बिस्तारै ती चिनाएर मात्रै, उचित प्रभाव हासिल गर्न सकिन्छ। विगतमा उसले खोजेको परमेश्‍वर अस्पष्ट र अलौकिक छ भन्ने कुरालाई मानिसले पहिचान गर्छ। यो प्रभाव हासिल गर्न सक्ने आत्माको प्रत्यक्ष नेतृत्व होइन, निश्चित व्यक्तिका शिक्षाहरूको त कुरै छाडौं, तर यो त देहधारी परमेश्‍वर नै हुनुहुन्छ। जब देहधारी परमेश्‍वरले आधिकारिक रूपमा आफ्नो काम गर्नुहुन्छ तब मानिसका धारणाहरूलाई नाङ्गेझार पारिन्छ, किनभने देहधारी परमेश्‍वरको सामान्यता र वास्तविकता नै मानिसको कल्पनामा भएको अस्पष्ट र अलौकिक ईश्‍वरलाई हटाउने प्रतिपक्ष हो। मानिसको मूल धारणाहरूलाई देहधारी परमेश्‍वरको विरुद्धमा तुलना गरियो भने मात्रै खुलासा गर्न सकिन्छ। देहधारी परमेश्‍वरसँगको तुलनाविना, मानिसका धारणाहरूलाई खुलासा गर्न सकिँदैन; अर्को शब्दमा भन्दा, प्रतिभारको रूपमा रहेको वास्तविकताविना, अस्पष्ट कुराहरूलाई प्रकट गर्न सकिँदैन। यो कार्य गर्नको लागि वचनहरूको प्रयोग गर्न सक्ने कोही छैन र वचनहरूको प्रयोग गरी यो स्पष्ट पार्न सक्ने कोही पनि छैन। परमेश्‍वर स्वयमले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्छ, र कसैले पनि उहाँको तर्फबाट यो काम गर्न सक्दैन। मानिसको भाषा जति नै सम्पन्न भए तापनि, परमेश्‍वरको वास्तविकता र सामान्यतालाई स्पष्ट रूपमा व्यक्त गर्न ऊ सक्षम छैन। यदि परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको बीचमा काम गर्नुभयो र आफ्नो स्वरूप र आफ्नो अस्तित्वलाई पूर्ण रूपमा देखाउनुभयो भने मात्रै, मानिसले अझै व्यवहारिक रूपमा परमेश्‍वरलाई चिन्न सक्छ र उहाँलाई अझै स्पष्ट रूपमा चिन्न सक्छ। यो प्रभावलाई देहका कुनै पनि मानिसले हासिल गर्न सक्दैन। अवश्य नै, यो प्रभाव हासिल गर्न परमेश्‍वरका आत्मा असमर्थ हुनुहुन्छ। परमेश्‍वरले भ्रष्ट मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्नुहुन्छ, तर यो काम परमेश्‍वरका आत्माले प्रत्यक्ष रूपमा पूरा गर्न सक्नुहुन्न; बरु, यो परमेश्‍वरका आत्माले धारण गर्नुहुने देहले, अर्थात् परमेश्‍वरको देहधारी शरीरले मात्रै पूरा गर्न सक्छ। यो देह मानिस हो र परमेश्‍वर पनि हुनुहुन्छ, यो सामान्य मानवता भएको मानिस अनि पूर्ण ईश्‍वरीयता भएको परमेश्‍वर पनि हुनुहुन्छ। त्यसकारण, यो देह परमेश्‍वरका आत्मा हुनुहुन्न र आत्माभन्दा निकै फरक हुनुहुन्छ, तैपनि मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्‍वर स्वयम् नै हुनुहुन्छ, जो आत्मा हुनुहुन्छ र देह पनि हुनुहुन्छ। उहाँलाई जसरी कहलाइए तापनि, आखिरमा मानवजातिलाई मुक्ति दिनुहुने परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। परमेश्‍वरका आत्मा देहबाट अविभाज्य छ र देहको काम परमेश्‍वरका आत्माको काम पनि हो; यति मात्रै हो कि यो काम आत्माको पहिचान प्रयोग गरेर गरिँदैन, तर देहको पहिचान प्रयोग गरेर गरिन्छ। आत्माले प्रत्यक्ष रूपमा गर्नुपर्ने कामको लागि देहधारणको आवश्यकता पर्दैन र देहले गर्नु पर्ने कामलाई आत्माले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न र देहधारी परमेश्‍वरले मात्रै यो गर्न सक्नुहुन्छ। यो कामको लागि आवश्यक पर्ने कुरा यही हो र भ्रष्ट मानवजातिलाई आवश्यक पर्ने कुरा यही नै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

२९. देहमा गरिने उहाँको कार्यको सबैभन्दा उत्तम कुरा भनेको उहाँले यथार्थ वचनहरू र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँको निश्‍चित इच्छालाई उहाँको पछि लाग्‍नेहरूमा छोड्न सक्‍नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै यथार्थ रूपमा र अझै ठोस रूपमा देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रति उहाँको इच्‍छालाई यो मार्ग स्वीकार गर्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसको बीचमा देहमा गरिने परमेश्‍वरको कामले मात्रै परमेश्‍वर मानिससँगै रहनु र सँगै बस्नुको तथ्यलाई साँचो रूपमा पूरा गर्न सक्छ। यो कार्यले मात्रै परमेश्‍वरको मुहारलाई हेर्ने, उहाँको कामलाई अवलोकन गर्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको इच्छालाई पूरा गर्न सक्छ। यहोवाको फर्काइ मानवजातिकहाँ देखा परेको बेला मात्रै देहधारी परमेश्‍वरले त्यो युगलाई समाप्त गर्नुहुन्छ र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि उहाँले समाप्त गर्नुहुन्छ। निश्चित रूपमा, अन्तिम देहधारी परमेश्‍वरको कार्यले सारा मानवजातिलाई त्यो युगमा ल्याउँछ जुन अझै वास्तविक, अझै व्यवहारिक र अझै सुन्दर हुन्छ। उहाँले व्यवस्था र धर्मसिद्धान्तको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँले मानवजातिको निम्ति त्यो परमेश्‍वरलाई प्रकट गर्नुहुन्छ जो वास्तविक र सामान्य हुनुहुन्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको कार्य खुल्ला पार्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्यलाई प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापन कार्यलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौं वर्षसम्म गुप्त बस्नुभयो। उहाँले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्नुहुन्छ, उहाँले त्यो युगलाई अन्त्य गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले परमेश्‍वरको मुहारलाई हेर्ने इच्छा गर्छन् तर त्यसो गर्न सक्दैनन्, उहाँले त्यो युगलाई समाप्त गर्नुहुन्छ जुन युगमा सारा मानवजातिले शैतानको सेवा गरे अनि उहाँले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउनुहुन्छ। यी सबै परमेश्‍वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हो। जब परमेश्‍वरले देहमा काम गर्नुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उप्रान्त त्यस्ता कुराहरूलाई खोजी गर्ने र छामछुम गर्ने गर्दैनन्, जुन अस्तित्वमा छ र अस्तित्वमा छैन जस्तो देखिन्छ र तिनीहरूले अस्पष्ट परमेश्‍वरको इच्छाबारे अनुमान गर्न छोड्छन्। जब परमेश्‍वरले देहमा गर्ने आफ्नो कामलाई फैलाउनुहुन्छ, उहाँलाई पछ्याउनेहरूले उहाँले देहमा गर्नुभएको कामलाई सारा धर्महरू र सम्प्रदायहरूमा फैलाउँछन् र तिनीहरूले उहाँका सबै वचनहरूलाई सारा मानवजातिको कानमा सुनाउनेछन्। उहाँको सुसमाचारलाई ग्रहण गरेकाहरूले सुनेका सबै कुरा उहाँका कार्यका तथ्यहरू हुनेछन्, मानिसले व्यक्तिगत रूपमा देखेका र सुनेका कुराहरू हुनेछन् र तथ्यहरू हुनेछन्, हल्‍ला मात्र होइन। यी तथ्यहरू त्यो सबुत हो जसद्वारा उहाँले काम फैलाउनुहुन्छ र ती उहाँले काम फैलाउने क्रममा प्रयोग गर्नुहुने औजारहरू पनि हुन्। तथ्यहरूको अस्तित्वविना, उहाँको सुसमाचार सारा देशहरू र सबै स्थानहरूमा फैलने थिएन; तथ्यहरूविना तर मानिसहरूको कल्पनाहरूद्वारा मात्रै, उहाँले सारा ब्रह्माण्डलाई विजय गर्ने काम कहिल्यै गर्न सक्नुहुनेथिएन। आत्मा मानिसको लागि छुन नसकिने छ र मानिसको लागि अदृश्य छ र मानिसको लागि गरिने परमेश्‍वरको कामको थप प्रमाण वा तथ्यहरूलाई छोड्न आत्माको काम असमर्थ छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरूलाई नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्तो छन् र यीद्वारा परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सकिँदैन; परमेश्‍वरको अन्तर्निहित स्वभाव र परमेश्‍वर स्वयंको कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कार्यलाई देहधारी परमेश्‍वरले मात्रै पृथ्वीमा ल्याउन सक्नुहुन्छ जसले व्यक्तिगत रूपमै मानिसहरूको बीचमा आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वर मानिसको बीचमा प्रकट हुने सबैभन्दा उत्तम तरिका यही नै हो, जसमा मानिसले परमेश्‍वरलाई देख्छ र परमेश्‍वरको साँचो मुहारलाई चिन्दछ र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्नुहुन्न। आफ्नो कामलाई यो चरणसम्म अघि बढाइसकेपछि, परमेश्‍वरको कार्यले पहिले नै अधिकतम प्रभाव हासिल गरिसकेको छ र यो पूर्ण रूपमा सफल भएको छ। देहमा परमेश्‍वरको व्यक्तिगत कामले उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको नब्बे प्रतिशत काम पहिले नै पूरा गरिसकेको छ। यो देहले उहाँको सम्पूर्ण कामको निम्ति उत्तम सुरुवात र उहाँको सम्पूर्ण कार्यको सारांश प्रदान गरेको छ र उहाँले आफ्ना सारा कार्यलाई प्रकट गर्नुभएको छ र यो सम्पूर्ण कार्यलाई अन्तिम रूपमा पूर्णता दिनुभएको छ। यसपछि, परमेश्‍वरको कार्यको चौथो चरण गर्नको लागि अर्का देहधारी परमेश्‍वर हुनुहुनेछैन र परमेश्‍वरको तेस्रो देहधारणको कुनै पनि आश्चर्यजनक काम कहिल्यै हुनेछैन।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

३०. देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्नका लागि भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर हो। देहमा परमेश्‍वरले गर्नुहुने कार्यमा विभिन्न अकल्पनीय कठिनाइहरू समावेश भए तापनि, यसले आखिरमा हासिल गर्ने प्रभावहरू आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामभन्दा बढी हुन्छ। देहको कार्यमा धेरै कठिनाइ समावेश छन् र देहले आत्माले जस्तै महान् पहिचान प्राप्त गर्न सक्दैन, उहाँले आत्माले जस्तै अलौकिक कार्यहरू गर्न सक्नुहुन्न, उहाँले आत्माको जस्तै अख्तियार पाउन सक्ने कुरा त परै जाओस्। तैपनि उहाँको साधारण देहले गर्ने कार्यको सार आत्माले प्रत्यक्ष रूपमा गर्ने कामभन्दा धेरै नै श्रेष्ठ हुन्छ र सारा मानवजातिका आवश्यकताहरूको उत्तर यही देह स्वयम् नै हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

३१. यो देहले मानिसले गर्न नसक्ने काम गर्न सक्नुको कारण के हो भने, उहाँको भित्री सार कुनै पनि मानवको जस्तो छैन र उहाँले मानिसलाई मुक्त गर्न सक्नुको कारण के हो भने, उहाँको पहिचान कुनै पनि मानिसको भन्दा फरक छ। यो देह मानवजातिको निम्ति महत्त्वपूर्ण छ किनभने उहाँ मानिस हुनुहुन्छ र त्योभन्दा पनि बढी, उहाँ परमेश्‍वर हुनुहुन्छ, किनभने देहको साधारण मानिसले गर्न नसक्ने काम उहाँले गर्न सक्नुहुन्छ, किनभने उहाँले पृथ्वीमा उहाँसँग बस्ने भ्रष्ट मानिसलाई मुक्त गर्न सक्नुहुन्छ। उहाँ मानिस समान हुनुभए तापनि, देहधारी परमेश्‍वर मानवजातिको लागि कुनै पनि मूल्यवान् मानिसभन्दा बढी महत्त्वपूर्ण छ, किनभने उहाँले परमेश्‍वरका आत्माले गर्न नसक्ने काम गर्न सक्नुहुन्छ, परमेश्‍वर स्वयमको गवाही दिनको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ र मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्नको लागि परमेश्‍वरका आत्माभन्दा बढी सक्षम हुनुहुन्छ। परिणामस्वरूप, यो देह सामान्य र साधारण भए तापनि, मानवजातिप्रति उहाँको योगदान र मानवजातिको अस्तित्वप्रति उहाँको महत्त्वले उहाँलाई अत्यन्तै बहुमूल्य तुल्याउँछ र यो देहको वास्तविक मूल्य र महत्त्वलाई कुनै पनि मानवले नाप्न सक्दैन। यो देहले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्न नसके तापनि, उहाँले मानवजातिलाई विजय गर्न र शैतानलाई हराउन, र शैतानलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा समर्पित हुने तुल्याउनको लागि आफ्‍नो काम प्रयोग गर्न सक्‍नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभएकोले उहाँले शैतानलाई हराउन सक्नुहुन्छ र मानवजातिलाई मुक्त गर्न सक्नुहुन्छ। उहाँले प्रत्यक्ष रूपमा शैतानलाई नष्ट गर्नुहुन्‍न, बरु शैतानद्वारा भ्रष्ट तुल्याइएका मानवजातिलाई विजय गर्ने काम गर्नको लागि उहाँ देह बन्नुहुन्छ। यसरी, उहाँ आफ्ना प्राणीहरूका माझ आफ्नो लागि गवाही दिन अझै बढी सक्षम हुनुहुन्छ र भ्रष्ट मानिसलाई मुक्त गर्न उहाँ अझै सक्षम हुनुहुन्छ। परमेश्‍वरका आत्माद्वारा शैतानलाई प्रत्यक्ष रूपमा नष्ट गर्ने कार्यले भन्दा, देहधारी परमेश्‍वरको शैतानमाथिको विजयले अझै ठूलो गवाही दिन्छ र यो अझै विश्‍वास दिलाउने हुन्छ। देहमा हुनुहुने परमेश्‍वर मानिसलाई सृष्टिकर्ता चिन्न सहायता गर्न अझै बढी सक्षम हुनुहुन्छ र उहाँका प्राणीहरूका बीचमा आफ्नो गवाही दिनको लागि अझै बढी सक्षम हुनुहुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

३२. परमेश्‍वरको कार्यका तीन चरणहरूमा, एउटै चरणलाई मात्रै पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभयो र बाँकी दुई वटा चरणहरूलाई देहधारी परमेश्‍वरले गर्नुहुन्छ, प्रत्यक्ष रूपमा आत्माले होइन। आत्माले गर्नुभएको व्यवस्थाको युगको कार्यमा मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गर्ने कार्य समावेश थिएन, न त परमेश्‍वरसँग सम्बन्धित मानिसको ज्ञानसँग नै यसको कुनै सम्बन्ध थियो। अनुग्रहको युग र राज्यको युगको परमेश्‍वरको देहको काममा मानिसको भ्रष्ट स्वभाव र परमेश्‍वरसम्बन्धी उसको ज्ञान संलग्न छ र यो मुक्तिको कामको महत्त्वपूर्ण र निर्णायक भाग हो। त्यसकारण, भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ र देहधारी परमेश्‍वरको प्रत्यक्ष कार्यको अझै बढी खाँचोमा छ। उसलाई गोठाला गर्न, उसलाई सहयोग गर्न, उसलाई पानी दिन, उसलाई खुवाउन, उसलाई न्याय गर्न र सजाय दिनको लागि मानवजातिलाई देहधारी परमेश्‍वर चाहिन्छ र देहधारी परमेश्‍वरबाट उसलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको सहयोगी, मानिसको गोठालो, सधैँ उपलब्ध हुने सहयोग हुन सक्नुहुन्छ र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

३३. देहमा हुनुहुने परमेश्‍वरसँगको आफ्नो सम्बन्धमा, मानिस विरोधबाट आज्ञापालनमा, सतावटबाट स्वीकारमा, धारणाहरूबाट ज्ञानमा अनि इन्कारबाट प्रेममा उन्नत हुन्छन्—यी देहधारी परमेश्‍वरको कामका प्रभावहरू हुन्। उहाँको न्यायलाई स्वीकार गरेर मात्रै मानिस मुक्त हुन सक्छ, उहाँको मुखका वचनहरूद्वारा मात्रै मानिसले बिस्तारै उहाँलाई चिन्दै जान्छ, उहाँप्रतिको उसको विरोधको अवधिमा उहाँले मानिसलाई विजय गर्नुहुन्छ र उहाँको सजायको स्वीकारको अवधिमा उसले उहाँबाट जीवनको आपूर्ति प्राप्त गर्छ। यी सबै काम देहमा हुनुहुने परमेश्‍वरको काम हो र आत्माको रूपमा आफ्ना पहिचानमा हुनुभएका परमेश्‍वरको काम होइन। देहधारी परमेश्‍वरले गर्नुभएको काम नै सबैभन्दा ठूलो र सबैभन्दा उल्लेखनीय काम हो र परमेश्‍वरको कार्यका तीन वटा चरणहरूको मुख्य भाग भनेको देहधारणको कार्यका दुई वटा चरणहरू हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको

३४. येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्‍ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, र यो कुरा देहधारी येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्‍ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्‍नुहुन्छ” भन्‍ने वाक्यांशको भित्री अर्थ सटीक रूपमा पूरा गर्छ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो” भन्‍ने वाक्यांशमा अझ गहिरो अर्थ थप्छ र तँलाई “प्रारम्भमा वचन हुनुहुन्थ्यो” भन्‍ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ। भन्‍नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू हेर्न—उहाँका सबै वचनहरू सुन्‍न लगाउनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। … यो दोस्रो देहधारणको काम हो—र यो परमेश्‍वर देह बन्‍नुहुने अन्तिमपटक हो—यसकारण यसले देहधारणको महत्त्वलाई पूर्ण रूपमा पूरा गर्छ, र देहमा परमेश्‍वरका सम्पूर्ण कामहरूलाई अघि बढाउँछ र प्रस्तुत गर्छ, र परमेश्‍वर देहमा हुनुहुने युगलाई समाप्त गर्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यास (४)” बाट उद्धृत गरिएको

३५. यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई बुझ्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको नसुने पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता नदेखे पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र उहाँलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?

— वचन देहमा देखा पर्नुहुन्छको “के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ” बाट उद्धृत गरिएको

३६. आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्ता व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई ल्याउनुहुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब कुन कुराले तिमीहरूलाई उहाँप्रति घृणा गर्न र उहाँलाई टाढा फाल्न र पर-परै गर्न लगाउँछ? यी नै मानिस हुनुहुन्छ जसले सत्य अभिव्यक्त गर्नुहुन्छ, यी नै मानिस हुनुहुन्छ जसले सत्यता प्रदान गर्नुहुन्छ र यी नै मानिस हुनुहुन्छ जसले तिमीहरूलाई पछ्याउने मार्ग दिनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेथिएनन्। यी साधारण मानिसको आगमनविना तिमीहरूले परमेश्‍वरको सही रूप देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। यसका बाबजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नैपर्ने वचनहरू अझै यी छन्ः यी साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्त्वको हुनुहुन्छ। यो, परमेश्‍वरले मानिसहरूमाझ पहिले नै गरिसक्नुभएको महान् कुरा हो।

— वचन देहमा देखा पर्नुहुन्छको “के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ” बाट उद्धृत गरिएको

३७. परमेश्‍वर एउटा नयाँ युग सुरु गर्ने स्पष्ट उद्देश्यसहित देह बन्नुभयो, र निश्चय, जब उहाँ एउटा नयाँ युगमा प्रवेश गर्नुहुन्छ, त्यसको साथमा उहाँले पहिलेको युगको अन्त्य गर्नुभएको हुनेछ। परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँ आफैले आफ्नो कामलाई गति दिनुहुन्छ, त्यसैले यो पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई जित्नुभएको र संसारमा उहाँको विजयको प्रमाण हो। प्रत्येक चोटि जब उहाँले मानिसको माझमा काम गर्नुहुन्छ, त्यो एक नयाँ लडाइँको सुरुवात हुन्छ। नयाँ कार्यको सुरुवातविना स्वाभाविक रूपले पुरानोको अन्त्य भएको हुँदैन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त भएको छैन भन्‍ने कुराको प्रमाण हुन्छ। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ कामहरू गर्नुहुन्छ भने मात्र, मानिसले शैतानको अधीनताबाट छुटकारा पाएर नयाँ जीवन प्राप्त गरी नयाँ सुरुवात गर्न सक्दछ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। … परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुपर्छ। उहाँ नै हुनुहुन्छ जसले आफ्नो कामलाई गति दिनुहुन्छ, र उहाँ नै हुनुहुन्छ, जसले आफ्नो काम समाप्त गर्नुहुन्छ। उहाँले कामको योजना बनाउनुहुन्छ, र उहाँ यसलाई प्रबन्ध गर्नुहुन्छ, र अझ बढी, उहाँ नै हुनुहुन्छ, जसले कामलाई फलदायी बनाउनुहुन्छ। जसरी बाइबलमा भनिएको छ “आदि र अन्त्य म नै हुँ; म बीउ छर्ने र कटनी गर्ने हुँ।” उहाँको व्यवस्थापन कार्यसित सम्बन्धित सबै कुरा परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाको शासक हुनुहुन्छ; उहाँको स्थानमा रहेर कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्त गर्न सक्दैन, किनकि उहाँ नै हुनुहुन्छ, जसले सबै थोक आफ्नो हातले समात्नुहुन्छ। संसार सृष्टि गर्नुभएपछि, उहाँले सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुन्छ, र उहाँले सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुन्छ, त्यसरी आफ्नो सम्पूर्ण योजनालाई सफल तुल्याउनुहुनेछ!

— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको

अघिल्लो: १. कुन ठूलो: परमेश्‍वर कि बाइबल? परमेश्‍वर र बाइबलबीचको सम्‍बन्ध के हो?

अर्को: ३. परमेश्‍वरको नामको सत्यता सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा,...

परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै...

जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्