४. अनुग्रहको युगको मुक्ति र राज्यको युगको मुक्तिको सत्यता सम्बन्धमा
१. त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्वास गर्थिस् भने तँ उप्रान्त पापको वसमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो। मुक्तिको अर्थ येशूद्वारा पूर्ण रूपमा प्राप्त गरिएको थियो भन्ने होइन, तर मानिस अब पापको अधीनमा थिएन, उसका पापहरू क्षमा गरिएका थिए भन्ने हुन्थ्यो। तैँले विश्वास गर्दा तँ कहिल्यै पापको अधीनमा हुनेथिइनस्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको कामको दर्शन (२)” बाट उद्धृत गरिएको
२. मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्वरको अघि आउनको लागि उसको पापहरू त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्नुभएको थियो, र परमेश्वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो।
— वचन देहमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट उद्धृत गरिएको
३. मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको मनोरञ्जनको अति नै लोभ गर्दछन् र देहका प्रकटीकरणहरू धेरै छन्; यसैकारण परमेश्वरले मानिसको देहलाई केही हदसम्म तुच्छ ठान्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरूले अझै आफूलाई फोहोर र भ्रष्टताबाट अलग गर्दैनन् भने, तिनीहरू अझै पनि शैतानको अधिकार क्षेत्रमा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने गुप्त सहायता, छलकपट र कुटिलपन सबै शैतानका कुराहरू हुन्। परमेश्वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तैँले एक निश्चित बिन्दुसम्म विश्वास गरेको छस् र आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र अब उप्रान्त यो भ्रष्टताको बन्धनमा रहँदैनस्, तब के तैँले मुक्ति पाएको हुँदैनस् र? जब तँ शैतानको अधिकार क्षेत्रमा जिउँछस् तब तँ परमेश्वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ कुनै फोहोर वस्तु हुन्छस् र परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध पारिएपछि र सिद्ध बनाइएपछि, तँ पवित्र हुनेछस्, तँ एक सामान्य मानिस हुनेछस्, र तैँले परमेश्वरबाट आशिष् पाउनेछस् र तँ परमेश्वरका निम्ति आनन्दको मानिस बन्नेछस्।
— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यास (२)” बाट उद्धृत गरिएको
४. जसले परमेश्वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूले परमेश्वरका इच्छा र मापदण्डहरू बुझ्छन्, र तिनीहरूले परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्वरलाई वास्ता गर्न र परमेश्वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट उद्धृत गरिएको
५. यदि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दै परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना शब्दहरू र कार्यहरूमा सिद्धान्त केन्द्रित छ भने, र ऊ सत्य वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ त्यस्तो व्यक्ति हो जसलाई परमेश्वरले सिद्ध तुल्याउनुहुन्छ। यो भन्न सकिन्छ कि परमेश्वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्वरका वचनहरूलाई तिनीहरूका जीवनको रूपमा धारण गरेपछि, तिनीहरू नयाँ मानिसहरू बन्नेछन्। यदि परमेश्वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्वरको कामको दर्शन, मानवजातिको लागि उहाँका आवश्यक मापदण्डहरू, मानिसहरूलाई उहाँले दिनुभएका प्रकाशहरू परमेश्वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्नुभएको सच्चा जीवनका मापदण्डहरू तिनीहरूको जीवन बन्छ भने, यदि तिनीहरू यी वचनहरू र सत्यताहरू अनुरूप जिउँछन् भने तिनीहरू परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्।
— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने” बाट उद्धृत गरिएको
६. येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।
— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको
७. जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्वासले सम्पूर्ण परिवारमा आशिष् ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्वरको विरोध गर्न सक्छ, र परमेश्वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
८. किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्वरले मानिसका अपराधहरू सम्झनुहुन्न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
९. भर्खरै छुटकारा पाएको, र परमेश्वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्वरको हृदय अनुसारको बन्न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्वरको हृदय अनुसारको बन्नको लागि, परमेश्वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्नेछैनस्। यसरी तँ परमेश्वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।
— वचन देहमा देखा पर्नुहुन्छको “पद र पहिचानको सम्बन्धमा” बाट उद्धृत गरिएको
१०. रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
११. आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको
१२. जब परमेश्वरले मानिसहरूलाई हासिल गर्नुहुन्छ, तब उहाँले मुख्यगरी मानिसहरूका कमजोरीहरू निराकरण गर्ने र तिनीहरूको विद्रोही स्वभावको न्याय गर्ने र प्रकाश गर्ने शैलीको रूपमा व्यावहारिक परमेश्वरका वचनहरू र उच्चारणहरूलाई प्रयोग गर्दै, तिनीहरूलाई खाँचो परेका कुरा हासिल गराउँदै र परमेश्वर मानिसमाझ आउनुभएको छ भन्ने कुरा देखाउँदै त्यसो गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो, व्यावहारिक परमेश्वरद्वारा गरिएको काम भनेको प्रत्येक व्यक्तिलाई शैतानको प्रभावबाट मुक्ति दिने, तिनीहरूलाई फोहोरको स्थानबाट बाहिर ल्याउने, तिनीहरूको भ्रष्ट स्वभावलाई हटाउने हो। व्यावहारिक परमेश्वरद्वारा हासिल गरिनुको सबैभन्दा गहिरो महत्त्व भनेको व्यावहारिक परमेश्वरसँग एक उदाहरण र एक नमुनाको रूपमा सामान्य मानवताको जीवन जिउन सक्षम बन्नु, उहाँले भन्नुभएका जस्तोसुकै कुराहरू व्यवहारमा लागू गर्दै, अलिकति पनि विचलित वा निर्गमन नभईकन, व्यावहारिक परमेश्वरका वचन र आवश्यक मापदण्डहरूअनुसार अभ्यास गर्न सक्षम बन्नु, र उहाँले भन्नुभएका जस्तोसुकै कुरा प्राप्त गर्न सक्षम बन्नु हो। यसरी, तँ परमेश्वरद्वारा हासिल गरिएको हुनेछस्।
— वचन देहमा देखा पर्नुहुन्छको “व्यावहारिक परमेश्वर स्वयम् परमेश्वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ” बाट उद्धृत गरिएको
१३. परमेश्वरले प्राप्त गर्नुभएकाहरू उहाँमा पूर्ण रूपमा समर्पित हुनेहरू हुन्; तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका तर परमेश्वरको हालको कामद्वारा मुक्त भएका र विजय गरिएका, सङ्कष्टहरू सामना गरेका, र आखिरमा परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त गरिएका, त्यस उप्रान्त शैतानको राज्यक्षेत्रको अधीनमा नरहने, अधार्मिकताबाट स्वतन्त्र भएका, अनि पवित्रतामा जिउन इच्छा गर्नेहरू हुन्—त्यस्ताहरू सबैभन्दा पवित्र मानिसहरू हुन्; तिनीहरू वास्तवमा नै पवित्र जनहरू हुन्।
— वचन देहमा देखा पर्नुहुन्छको “तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्नुपर्छ” बाट उद्धृत गरिएको
१४. जब परमेश्वरले मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ, र उहाँले तिनीहरूलाई शुद्ध बनाउनुहुन्छ, अनि तिनीहरू जति धेरै शुद्ध बन्छन् परमेश्वरद्वारा तिनीहरूलाई उत्ति नै बढी सिद्ध बनाइन्छन्। जब तँभित्रका अशुद्धता, विद्रोहीपन, विरोध र देहका कुराहरू हटाइन्छन्, जब तँ शुद्ध पारिएको हुन्छस्, तब तँ परमेश्वरद्वारा प्रेम गरिएको हुन्छस् (अर्को शब्दमा भन्नुपर्दा, तँ सन्त बन्नेछस्); जब तँ परमेश्वरद्वारा सिद्ध पारिएको र सन्त बनेको हुन्छस्, तब तँ सहस्राब्दीय राज्यमा हुनेछस्।
— वचन देहमा देखा पर्नुहुन्छको “‘सहस्राब्दीय राज्यको आगमन भएको छ’ भन्ने विषयमा संक्षिप्त चर्चा” बाट उद्धृत गरिएको
१५. मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ।
— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको
१६. आखिरी दिनहरूको अवधिमा परमेश्वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्नेहरू नै परमेश्वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; यस्तो शुद्धीकरणविना, कुनै पनि मानवजाति किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती अनाज्ञाकारी तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशानाहरू हुन् र दुष्ट र अधर्मी मानिसहरू हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरको सेवा पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूका दुष्टताको कारण साथै मुक्त गरिनलाई तिनीहरूको अनाज्ञाकारीता र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्” बाट उद्धृत गरिएको
१७. परमेश्वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ, त्यसअनुसार हुन्छ। … मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन तर मानिसको मुक्ति, मानिसको जीवनको काम र मानिसको स्वभाव परिवर्तन गर्नु हो, ताकि उसले परमेश्वरको गवाही दिन सकोस्। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको अधिकार-क्षेत्रबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानलाई त्याग्नेछ र पूर्ण रूपमा परमेश्वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति परमेश्वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ अर्थात् मानिसलाई शैतानको कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यसप्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।
— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको
१८. पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (४)” बाट उद्धृत गरिएको