९. परमेश्वरको काम र मानिसको कामबीचको भिन्नता
१. परमेश्वर स्वयम्को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व गर्छ, अर्थात् परमेश्वर स्वयम्को कामले पवित्र आत्माको प्रत्येक गतिशीलता र प्रचलनलाई प्रतिनिधित्व गर्छ, भने प्रेरितहरूको काम परमेश्वरको आफ्नो काम पछि आउँछ र त्यसबाट अघि बढ्छ, र त्यसले युगलाई अगुवाइ गर्दैन, न त त्यसले सारा युगमा पवित्र आत्माको कामको प्रचलनलाई नै प्रतिनिधित्व गर्छ। मानिसले गर्नुपर्ने काम मात्र तिनीहरूले गर्छन्, जसमा व्यवस्थापन कार्यसँग कुनै सम्बन्ध हुँदैन। परमेश्वर स्वयम्ले गर्नुहुने काम व्यवस्थापन कार्यभित्रकै एउटा परियोजना हो। मानिसको काम चाहिँ प्रयोग गरिएका मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य मात्र हो, र यो व्यवस्थापन कार्यसँग सम्बन्धित छैन। यथार्थमा ती दुवै पवित्र आत्माको काम भए तापनि, कामका पहिचानहरू र प्रतिनिधित्वहरूमा भिन्नताहरू भएको कारण परमेश्वर स्वयम्को काम र मानिसको कामको बीचमा स्पष्ट र ठोस भिन्नताहरू छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
२. देहधारी परमेश्वरको कार्यले नयाँ युग सुरु गर्छ र उहाँको कार्यलाई जारी राक्नेहरू उहाँद्वारा प्रयोग गरिनेहरू नै हुन्। मानिसले गर्ने कार्य सबै देहमा परमेश्वरको सेवकाइभित्र पर्छ र यो क्षेत्रभन्दा बाहिर जानु यो असमर्थ छ। यदि देहधारी परमेश्वर आफ्नो काम गर्नको लागि नआउनुभएको भए, मानिसले पुरानो युगलाई समाप्त गर्न सक्ने थिएन र नयाँ युगलाई प्रारम्भ गर्न सक्ने थिएन। मानिसले गर्ने कार्य मानिसले गर्न सम्भव रहेको उसको कर्तव्यको कार्यक्षेत्रभित्र मात्रै हुन्छ र यसले परमेश्वरको कार्यलाई प्रतिनिधित्व गर्दैन। देहधारी परमेश्वर मात्रै आउन र आफूले गर्ने कामलाई पूरा गर्न सक्नुहुन्छ र उहाँबाहेक, कसैले पनि उहाँको खातिर यो काम गर्न सक्दैन। अवश्य नै, म जे बोल्छु त्यो देहधारणको कामसँग सम्बन्धित छ।
— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको
३. यसो भन्नुको तात्पर्य, देहधारी परमेश्वरचाहिँ परमेश्वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्वरले ईश्वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्वरत्वभित्रको परमेश्वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्वर र परमेश्वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको
४. परमेश्वरको काम परमेश्वर आफैले गर्नुपर्छ। उहाँ नै हुनुहुन्छ जसले आफ्नो कामलाई गति दिनुहुन्छ, र उहाँ नै हुनुहुन्छ, जसले आफ्नो काम समाप्त गर्नुहुन्छ। उहाँले कामको योजना बनाउनुहुन्छ, र उहाँ यसलाई प्रबन्ध गर्नुहुन्छ, र अझ बढी, उहाँ नै हुनुहुन्छ, जसले कामलाई फलदायी बनाउनुहुन्छ। जसरी बाइबलमा भनिएको छ “आदि र अन्त्य म नै हुँ; म बीउ छर्ने र कटनी गर्ने हुँ।” उहाँको व्यवस्थापन कार्यसित सम्बन्धित सबै कुरा परमेश्वर आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाको शासक हुनुहुन्छ; उहाँको स्थानमा रहेर कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्त गर्न सक्दैन, किनकि उहाँ नै हुनुहुन्छ, जसले सबै थोक आफ्नो हातले समात्नुहुन्छ। संसार सृष्टि गर्नुभएपछि, उहाँले सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुन्छ, र उहाँले सम्पूर्ण युगलाई पनि समाप्त गर्नुहुन्छ, त्यसरी आफ्नो सम्पूर्ण योजनालाई सफल तुल्याउनुहुनेछ!
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको
५. परमेश्वर आफैले गर्ने काम पूर्ण रूपमा त्यो काम हो जुन उहाँले आफ्नै व्यवस्थापन योजनामा गर्न चाहनुहुन्छ र यो महान् व्यवस्थापनसँग सम्बन्धित छ। मानिसले गर्ने काममा तिनीहरूको व्यक्तिगत अनुभव मिसिएको हुन्छ। यसमा पहिलेबाटै गइसकेकाहरूले टेकेका भन्दा उता अनुभवको एउटा नयाँ बाटो खोजिन्छ, अनि पवित्र आत्माको अगुवाइमा आफ्ना भाइ-बहिनीहरूलाई डोऱ्याइन्छ। यी मानिसहरूले आफ्ना अनुभवहरू वा आत्मिक मानिसहरूको आत्मिक लेखनहरू प्रदान गर्छन्। यी मानिसहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भए पनि, उनीहरूले गर्ने काम छ हजार वर्षको महान् योजनाको व्यवस्थापन कार्यसित सम्बन्धित हुँदैनन्। उनीहरू केवल ती हुन्, जो उनीहरूले गर्न सक्ने कामहरू समाप्त नभएसम्म वा उनीहरूका जीवन समाप्त नभएसम्मका निम्ति पवित्र आत्माले विभिन्न कालखण्डमा पवित्र आत्माको प्रवाहमा मानिसहरूलाई अगुवाइ गर्नका निम्ति खडा गर्नुभएको हुन्छ। उनीहरूले गर्ने काम परमेश्वर स्वयम्का निम्ति बाटो तयार पार्नु वा पृथ्वीमा परमेश्वर स्वयम्को व्यवस्थापनको एक खास पक्षलाई निरन्तरता दिनु मात्र हो। उनीहरू आफैमा, यी मानिसहरू उहाँको व्यवस्थापनको ठूलो काम गर्न असमर्थ हुन्छन्, न त उनीहरूले नयाँ तरिकाहरू निकाल्न सक्छन्, अझ थोरैले मात्र परमेश्वरको पहिलेका युगका सबै कार्यहरूलाई टुङ्गोमा पुर्याउन सक्छन्। यसैले, उनीहरूले गर्ने कार्यले केवल सृष्टि गरिएको प्राणीले आफ्नो कार्य पूरा गर्नुलाई मात्र प्रतिनिधित्व गर्दछ र परमेश्वर आफैले आफ्नो सेवकाइ गर्नुहुने कुरालाई प्रतिनिधित्व गर्न सक्दैन। किनकि उनीहरूले गर्ने काम परमेश्वर आफैले गर्नुहुने कामजस्तो हुँदैन। नयाँ युगमा प्रवेश गर्ने काम भनेको परमेश्वरको स्थानमा रहेर मानिसले गर्न सक्ने काम होइन। यो काम परमेश्वर स्वयम्ले बाहेक अरू कसैले गर्न सक्दैन। मानिसले गर्ने सबै कामहरू सृष्टि गरिएको प्राणीको रूपमा उसले निभाउने आफ्नो कर्तव्य मात्र हुन् र पवित्र आत्माद्वारा प्रेरित भएर वा अन्तर्ज्ञान प्राप्त गरेपछि मात्र यो गरिन्छ। यी मानिसहरूले प्रदान गर्ने मार्गनिर्देशनमा पूर्ण रूपमा मानिसलाई दैनिक जीवनमा अभ्यास गर्ने, र उसले कसरी परमेश्वरको इच्छा अनुरूप व्यवहार गर्नुपर्छ भन्ने देखाउनु हो। मानिसको कामले न त परमेश्वरको व्यवस्थापनलाई सम्मिलित गर्दछ, न आत्माको कामलाई प्रतिनिधित्व गर्दछ। … त्यसकारण, पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिको काम परमेश्वर आफैले गर्नुभएको कामजस्तो हुँदैन, उनीहरूका पहिचानहरू र उनीहरूले जसको लागि काम गर्छन् ती पनि त्यस्तै फरक हुन्छन्। किनभने पवित्र आत्माले गर्न चाहनुभएको काम फरक हुन्छ, र काम गर्ने अरूलाई फरक-फरक पहिचान र दर्जाहरू दिइन्छ। पवित्र आत्माले प्रयोग गर्नुहुने मानिसहरूले पनि केही नयाँ काम गर्न सक्दछन्, र पहिलेको युगमा गरिएका केही कामहरूलाई हटाउन सक्दछन्, तर उनीहरूले जे गर्छन् त्यसले नयाँ युगमा परमेश्वरको भित्री स्वभाव र इच्छा प्रकट गर्न सक्दैनन्। उनीहरू केवल पहिलेको युगको कामलाई हटाउनका लागि मात्र काम गर्दछन्, अनि परमेश्वर स्वयम्को स्वरूपको सिधा प्रतिनिधित्व गर्ने उद्देश्यले काम गर्दैनन्। यसैले, उनीहरूले जति नै पुराना अभ्यासहरू रद्द गरे पनि वा जति नयाँ अभ्यासहरू लागू गरे पनि तिनीहरूले मानिसको र सृष्टि गरिएका प्राणीहरूको नै प्रतिनिधित्व गर्दछन्। तापनि, जब परमेश्वर आफैले काम गर्नुहुन्छ, उहाँले खुल्लमखुल्ला पुरानो समयका अभ्यासहरू रद्द भएको घोषणा गर्नुहुन्न वा नयाँ युगको सुरुवात भएको भनी प्रत्यक्ष रूपमा घोषणा गर्नुहुन्न। उहाँ आफ्नो काममा प्रत्यक्ष र स्पष्ट हुनुहुन्छ। आफूले गर्न चाहेको काम गर्न उहाँ स्पष्ट हुनुहुन्छ; अर्थात् उहाँले गर्नुभएको काम उहाँले प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ, उहाँले सुरुमा चाहनुभएको जस्तै आफ्नो अस्तित्व र स्वभाव प्रकट गर्दै आफ्नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। जब मानिसहरूले यसलाई हेर्छन्, उहाँको स्वभाव र त्यसरी उहाँको काम पनि विगतका युगहरूको भन्दा फरक हुन्छ। तापनि, परमेश्वर स्वयम्को दृष्टिकोणबाट, यो केवल उहाँको कार्यको निरन्तरता र थप विकास मात्रै हो। जब परमेश्वर आफैले काम गर्नुहुन्छ, उहाँले आफ्नो वचन प्रकट गर्नुहुन्छ र सीधै नयाँ काम ल्याउनुहुन्छ। यसको विपरीत, जब मानिसले काम गर्दछ, यो जानी-जानी र अध्ययन मार्फत हुन्छ, वा यो ज्ञानको विस्तार हो र अरूको काममा आधारित अभ्यासको प्रणालीबद्धता हो। भन्नुको अर्थ, मानिसले गरेको कामको सार भनेको स्थापित व्यवस्था पालन गर्नु हो र “नयाँ जुत्ता लगाएर पुरानो बाटोमा हिँड्नु” हो। यसको अर्थ पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू हिँड्ने बाटो पनि परमेश्वर आफैले सुरु गर्नुभएको कुरामा निर्मित हुन्छ भन्ने हो। त्यसैले, यी सबै कुरालाई विचार गर्दा, मानिस अझै मानिस नै हो, र परमेश्वर पनि परमेश्वर नै हुनुहुन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको
६. जब पवित्र आत्माद्वारा प्रयोग गरिएका यी अगमवक्ताहरू र मानिसहरूले बोले र कार्य गरे, यो मानिसका दायित्वहरूलाई अघि बढाउनको लागि थियो, सृष्टि गरिएको प्राणीको प्रकार्यलाई पूरा गर्नको लागि थियो, र यो मानिसले गर्नुपर्ने कार्य थियो। तैपनि, देहधारी परमेश्वरका वचनहरू र कार्य भनेको उहाँको सेवकाइलाई अघि बढाउनु थियो। उहाँको बाहिरी रूप सृष्टि गरिएको प्राणीको जस्तो थियो, तैपनि उहाँको कार्य भनेको आफ्नो प्रकार्यलाई होइन तर आफ्नो सेवकाइलाई अघि बढाउनु थियो। सृष्टि गरिएका प्राणीहरूको हकमा “दायित्व” भन्ने शब्दको प्रयोग गरिन्छ, तर देहधारी परमेश्वरको देहको हकमा भने “सेवकाइ” भन्ने शब्दको प्रयोग गरिन्छ। यी दुईको बीचमा एउटा अपरिहार्य भिन्नता रहेको छ; यिनलाई एक-अर्कासँग प्रतिस्थापन गर्न सकिँदैन। मानिसको कार्य भनेको केवल आफ्नो दायित्वलाई पूरा गर्नु हो भने, परमेश्वरको कार्य भनेको आफ्नो सेवकाइलाई व्यवस्थापन गर्नु, र अघि बढाउनु हो। त्यसकारण, धेरै प्रेरितहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भएतापनि र धेरै अगमवक्ताहरू उहाँद्वारा भरिएका भएतापनि, तिनीहरूको कार्य र वचनहरू भनेका सृष्टि गरिएका प्राणीहरूका रूपमा रहेको आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै थियो। तिनीहरूका अगमवाणीहरूले देहधारी परमेश्वरद्वारा बोलिएको जीवनको मार्गलाई नाघेका हुन सक्थे, र तिनीहरूको मानवत्वले देहधारी परमेश्वरको मानवत्वलाई अझै नाघेको हुन सक्थ्यो, तर तिनीहरूले अझै आफ्नो दायित्व पूरा गर्दै थिए, र सेवकाइलाई पूरा गर्दै थिएनन्। मानिसको दायित्वले मानिसको प्रकार्यलाई जनाउन सक्छ; मानिसद्वारा प्राप्त गरिने कुरा पनि यही नै हो। तैपनि, देहधारी परमेश्वरद्वारा अघि बढाइएको सेवकाइ उहाँको व्यवस्थापनसँग सम्बन्धित छ, र यो मानवद्वारा प्राप्त गरिँदैन। देहधारी परमेश्वरले चाहे बोल्नुहुन्छ, चाहे कार्य गर्नुहुन्छ, वा चाहे जे-जस्ता आश्चर्यका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले आफ्नो व्यवस्थापनभित्र रहेर नै महान् कार्य गर्दै हुनुहुन्छ, र उहाँको सट्टामा त्यस किसिमको कार्य मानिसद्वारा गर्न सकिँदैन। मानिसको कार्य भनेको परमेश्वरको व्यवस्थापनको कार्यको निश्चित चरणमा रहेर सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै हो। परमेश्वरको व्यवस्थापन नभएको भए, अर्थात्, यदि देहधारी परमेश्वरको सेवकाइ हराएको भए, सृष्टि गरिएको प्राणीको दायित्व हराउने थियो। आफ्नो सेवकाइलाई अघि बढाउनको लागि परमेश्वरले गर्ने कार्य मानिसलाई व्यवस्थापन गर्नको लागि हो, जबकी मानिसले निभाउने आफ्नो दायित्व भनेको सृष्टिकर्ताका मागहरूलाई पूरा गर्न उसको दायित्व निभाउनु हो, र आफ्नै सेवकाइलाई अघि बढाउने विचार गर्ने कुरा कुनै पनि हालतमा हुन सक्दैन। परमेश्वरको अन्तर्निहित सारतत्त्वको लागि—उहाँको आत्माको लागि—परमेश्वरको कार्य भनेको उहाँको व्यवस्थापन नै हो, तर सृष्टि गरिएको प्राणीको बाहिरी रूपलाई धारण गर्नुहुने देहधारी परमेश्वरको लागि, उहाँको कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनु हो। उहाँले गर्नुहुने जेसुकै कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनको लागि हो; मानिसले गर्न सक्ने भनेको परमेश्वरको व्यवस्थापनको क्षेत्राधिकारभित्र र उहाँको मार्गदर्शनको अन्तर्गत रही सक्दो प्रयास गर्नु मात्रै हो।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता” बाट उद्धृत गरिएको
७. येशूले परमेश्वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र प्रत्यक्ष रूपमा काम गर्ने परमेश्वरका आत्मा नै हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम गर्नुभयो, जुन कार्यलाई पहिले कसैले पनि गरेको थिएन। उहाँले नयाँ मार्ग खोल्नुभयो, यहोवालाई प्रतिनिधित्व गर्नुभयो, र परमेश्वर स्वयमलाई प्रतिनिधित्व गर्नुभयो, तैपनि पत्रुस, पावल, र दाऊदको हकमा, तिनीहरूलाई जेसुकै भनेर भनिए तापनि, तिनीहरूले परमेश्वरको एक सृष्टिको पहिचानलाई मात्रै प्रतिनिधित्व गरे, र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसकारण तिनीहरूले जति नै धेरै काम गरेका भए तापनि, तिनीहरूले जति नै ठूला-ठूला आश्चर्यकर्महरू गरेका भए तापनि, तिनीहरू केवल परमेश्वरका सृष्टिहरू मात्रै थिए, र तिनीहरूले परमेश्वरका आत्मालाई प्रतिनिधित्व गर्न सक्दैनथिए। तिनीहरूले परमेश्वरको नाउँमा काम गरे वा परमेश्वरले पठाउनुभएपछि काम गरे; यसको साथै, तिनीहरूले येशू वा यहोवाले सुरु गर्नुभएका युगहरूमा काम गरे, र तिनीहरूले अरू कुनै काम गरेनन्। आखिरमा, तिनीहरू परमेश्वरका सृष्टिहरू मात्रै थिए।
— वचन देहमा देखा पर्नुहुन्छको “पद र पहिचानको सम्बन्धमा” बाट उद्धृत गरिएको
८. यूहन्नाले कामको सुरुको भाग मात्रै गरे; त्यो नयाँ कामको धेरैजसो भाग येशूले नै गर्नुभयो। यूहन्नाले पनि नयाँ काम त गरे, तर नयाँ युग सुरुवात गर्ने व्यक्ति तिनी थिएनन्। … यूहन्नाले पनि “पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ,” भनेर भनेको भए पनि र तिनले पनि स्वर्गको राज्यको सुसमाचार प्रचार गरेको भए पनि, तिनको काम त्योभन्दा अघि बढेन, तिनले केवल सुरुवात मात्र गरे। यसको विपरीत, येशूले नयाँ युगको थालनी गर्नुभयो र पुरानोलाई अन्त्य गर्नुभयो, तर उहाँले पुरानो करारको व्यवस्था पनि पूरा गर्नुभयो। उहाँले गर्नुभएको काम यूहन्नाको भन्दा महान् थियो, र त्यति मात्र होइन, उहाँ सारा मानव जातिलाई उद्धार गर्न आउनुभयो—उहाँले त्यो चरणको काम पूरा गर्नुभयो। यूहन्नाको कुरा गर्ने हो भने तिनले बाटो मात्र तयार पारे। तिनको काम महान् थियो, तिनका वचनहरू धेरै थिए र तिनको पछि लाग्ने चेलाहरू धेरै थिए, तैपनि तिनको कामले मानिसलाई एउटा नयाँ सुरुवातमा ल्याउनुभन्दा बढी केही गरेन। मानिसले तिनीबाट कहिले पनि जीवन वा बाटो वा गहिरा सत्यताहरू प्राप्त गरेन, न मानिसले तिनीबाट परमेश्वरको इच्छाको बुझाइलाई नै प्राप्त गर्न सक्यो। यूहन्ना एक महान् अगमवक्ता (एलिया) थिए, जसले येशूको कामका लागि नयाँ आधार खोलिदियो, र चुनिएकाहरूलाई तयार गरे; तिनी अनुग्रहको युगका अग्रदूत थिए। त्यस्ता मामिलाहरूलाई तिनीहरूको सामान्य मानवीय उपस्थितिलाई हेरेर मात्र बुझ्न सकिँदैन। यो अझ बढी उपयुक्त पनि छ, किनकि यूहन्नाले पनि धेरै काम गरे, अनि त्यसबाहेक तिनी पवित्र आत्माद्वारा प्रतिज्ञा गरिएका थिए, र तिनको कामलाई पवित्र आत्माले समर्थन गर्नुभएको थियो। त्यस्तो भएकोले, उनीहरूले गरेका कामद्वारा मात्र कसैले पनि उनीहरूका विशेष पहिचानको भिन्नतालाई छुट्याउन सक्दछ, किनकि कुनै व्यक्तिको बाहिरी रूप हेरेर उसको सार बताउन सक्ने कुनै उपाय छैन, न त मानिसले पवित्र आत्माको गवाही निश्चित गर्ने कुनै उपाय नै छ। यूहन्नाले गरेका काम र येशूले गर्नुभएको काम फरक र भिन्नाभिन्नै प्रकृतिका थिए। यसैबाट नै कसैले पनि यूहन्ना परमेश्वर थिए कि थिएनन् भनी निश्चित गर्न सक्दछ। येशूको कामको थालनी गर्नु, जारी राख्नु, निष्कर्षमा पुऱ्याउनु र त्यसलाई सफल तुल्याउनु पर्नेथियो। उहाँले यी सबै चरणहरू पूरा गर्नुभयो, तर यूहन्नाको काम सुरुवात गर्नुभन्दा बाहेक अरू केही थिएन। सुरुमा, येशूले सुसमाचार प्रचार गर्नुभयो र पश्चात्तापको बाटो प्रचार गर्नुभयो, र त्यसपछि मानिसलाई बप्तिस्मा दिन, बिरामीहरूलाई निको पार्न र भूतात्माहरू निकाल्न थाल्नुभयो। अन्त्यमा, उहाँले मानव जातिलाई पापबाट छुटाउनुभयो र सम्पूर्ण युगका लागि आफ्नो काम पूरा गर्नुभयो। उहाँ मानिसलाई प्रचार गर्दै र स्वर्गको राज्यको सुसमाचार फैलाउँदै सबै ठाउँमा जानुभयो। यस सन्दर्भमा उहाँ र यूहन्ना एक समान हुनुहुन्थ्यो, भिन्नता यति मात्र थियो कि येशूले नयाँ युग सुरु गर्नुभयो र मानिसका निम्ति अनुग्रहको युग ल्याउनुभयो। उहाँको मुखबाट मानिसले अभ्यास गर्नुपर्ने वचनहरू र अनुग्रहको युगमा मानिसले हिँड्नुपर्ने बाटो आयो र अन्त्यमा उहाँले छुटकाराको काम समाप्त गर्नुभयो। यूहन्नाले यो काम कहिल्यै गर्न सक्दैनथियो। अनि यसरी येशूले परमेश्वर स्वयम्ले गर्नुहुने काम गर्नुभयो, र उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, जसले प्रत्यक्ष रूपमा परमेश्वरको प्रतिनिधित्व गर्नुहुन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारणको रहस्य (१)” बाट उद्धृत गरिएको
९. देहधारी परमेश्वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हुन्। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। आखिर, परमेश्वर परमेश्वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्वरसित परमेश्वरको सार छ, र मानिससित मानिसको सार छ।
— वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावनाबाट उद्धृत गरिएको
१०. मानिसहरूले भन्ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्न पुग्न सक्ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्ने कुरा हुन्। तिनीहरूले सङ्गति गर्न सक्ने कुरा यही हो। परमेश्वरको देहधारी शरीरले बोल्नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्न सक्छन्। परमेश्वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
११. पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विचलनहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थियो र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्वरका आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थियो, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएनन्, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। … उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्वरका आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता” बाट उद्धृत गरिएको
१२. तिमीहरूले परमेश्वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्नैपर्छ। तैँले मानिसको काममा के देख्न सक्छस्? मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्वरको आफ्नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्नो जीवनमा जे अनुभव गर्छ वा जे कुराको सामना गर्छ, वा जिउनको लागि उसँग जे-जस्ता दर्शनहरू छन् त्यसलाई) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्न सकिन्छ, जबकि देहधारी परमेश्वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्न नसक्ने र मानिसको कानले सुन्न नसक्ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन जीवन जिउने दर्शन अनि मानिसहरूले बुझ्न नसक्ने आश्चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्न तर यसको सबै कुरा जान्नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको स्वभावलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको अवज्ञाको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधार्मिकता सम्बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्ने कुरा होइन। उहाँको कामबाट मानिसले उहाँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ भनेर भन्न सक्दैन। उहाँको कामको आधारमा पनि मानिसले उहाँलाई सृष्टि गरिएको प्राणीको रूपमा वर्गीकरण गर्न सक्दैन। उहाँको सारत्वले पनि उहाँलाई सृष्टि गरिएको व्यक्तिको रूपमा वर्गीकरण गर्न नसकिने तुल्याउँछ। मानिसले उहाँलाई गैर-मानव मात्रै ठान्छ, तर उहाँलाई कुन वर्गमा राख्ने हो सो कुरा जान्दैन, त्यसकारण मानिस उहाँलाई परमेश्वरको वर्गमा राख्न बाध्य हुन्छ। मानिसले त्यसो गर्नु अतार्किक छैन, किनभने परमेश्वरले मानिसहरूका बीचमा मानिसले गर्न नसक्ने धेरै काम गर्नुभएको छ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
१३. परमेश्वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरू र विभिन्न दृष्टिकोणहरूद्वारा आफ्ना वाणीहरूमा आवाज दिनुभई पूरै देशमा बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्नु हो। अर्थात्, परमेश्वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्वरीय काम गर्न सक्दैन, परमेश्वरले मानवीय कार्यमा भाग लिनुहुन्न।
— वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्वर र परमेश्वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता” बाट उद्धृत गरिएको
१४. देहमा हुनुहुने परमेश्वरले मानिसको भ्रष्टतालाई न्याय गर्नुभयो भने मात्रै शैतान पूर्ण रूपमा हार्न सक्छ। मानिसजस्तै सामान्य मानवता धारण गर्नुभएको हुनाले, देहमा हुनुहुने परमेश्वरले मानिसको अधार्मिकतालाई प्रत्यक्ष रूपमा न्याय गर्न सक्नुहुन्छ; यो उहाँको अन्तर्निहित पवित्रता, र उहाँको असाधारणताको चिन्ह हो। मानिसलाई न्याय गर्नको लागि परमेश्वर मात्रै योग्य र यसो गर्ने स्थानमा हुनुहुन्छ, किनभने उहाँमा सत्यता र धार्मिकता छ, त्यसैले उहाँले मानिसलाई न्याय गर्न सक्नुहुन्छ। सत्यता र धार्मिकताविहीनहरू अरूलाई न्याय गर्न योग्य छैनन्।
— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको
१५. मानिसले गर्ने कामले सीमित क्षेत्रलाई मात्रै प्रतिनिधित्व गर्छ र जब परमेश्वरले आफ्नो काम गर्नुहुन्छ उहाँ निश्चित व्यक्तिसँग बोल्नुहुन्न तर सारा मानवजाति र उहाँको वचनलाई पालन गर्नेहरू सबैसँग बोल्नुहुन्छ। उहाँले घोषणा गर्नुहुने अन्त्य नै सारा मानवजातिको अन्त्य हो, निश्चित व्यक्तिको मात्रै अन्त्य होइन। उहाँले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्न, न त उहाँले कसैलाई पीडित नै तुल्याउनुहुन्छ र उहाँले सारा मानवजातिको लागि काम गर्नुहुन्छ र बोल्नुहुन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट उद्धृत गरिएको
१६. परमेश्वरको कामका कुनै पनि नियमहरू छैनन् र यो समय वा भौगोलिक सीमाहरूमा सीमित छैन। उहाँ जे हुनुहुन्छ सो उहाँले कुनै पनि समय, कुनै पनि स्थानमा व्यक्त गर्न सक्नुहुन्छ। उहाँले आफ्नो इच्छाअनुसार काम गर्नुहुन्छ। मानिसको कामका अवस्था र प्रसंग हुन्छन्; तीविना उसले काम गर्न सक्दैन र परमेश्वरसम्बन्धी आफ्नो ज्ञान वा सत्यतासम्बन्धी आफ्नो अनुभवलाई व्यक्त गर्न सक्दैन। कुनै कुरा परमेश्वरको आफ्नै काम हो कि मानिसको काम हो भनेर बताउनको लागि, तैँले ती दुई बीचको भिन्नतालाई तुलना मात्रै गर्नुपर्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
१७. मानिसको काम एक निश्चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न सक्दैन—अन्यथा, उसले मानिसहरूलाई नीतिनियमहरूमा डोर्याउनेछ। मानिसको काम एक निश्चित समय वा चरणमा मात्र लागू हुन्छ। किनकि मानिसको अनुभवको आफ्नो क्षेत्र हुन्छ। कसैले पनि मानिसको कामलाई परमेश्वरको कामसँग तुलना गर्न सक्दैन। मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्चित क्षेत्रमा लागू हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको इच्छा हो भनी भन्न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्न सक्दैन। अनुभवको सत्यता वास्तविकतामा जिउन सक्नेहरू यही दायराभित्र पर्छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
१८. मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माको इच्छालाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्वरको इच्छासँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्वरको सेवक मात्र बन्न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्वरको काम हो भन्ने अधिकार उसलाई दिइएको छैन। मानिससँग मानिसको काम गर्ने सिद्धान्तहरू छन्, र सबै मानिसहरूसँग फरक-फरक अनुभवहरू हुन्छन् र फरक-फरक सर्तहरू हुन्छन्। मानिसको काममा पवित्र आत्माद्वारा प्रकाश दिइएको उसका सबै अनुभवहरू पनि समावेश हुन्छन्। यी अनुभवहरूले मानिसको अस्तित्वलाई मात्रै प्रतिनिधित्व गर्छन् र यसले परमेश्वरको अस्तित्व वा पवित्र आत्माको इच्छालाई प्रतिनिधित्व गर्दैन। त्यसैले, मानिसले हिँड्ने मार्गलाई पवित्र आत्माले हिँड्नुहुने मार्ग भनेर भन्न सकिँदैन, किनकि मानिसको कामले परमेश्वरको कामलाई प्रतिनिधित्व गर्दैन, र मानिसको काम र मानिसको अनुभव पवित्र आत्माको पूर्ण इच्छा होइनन्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
१९. मानिसको काम नीतिनियममा पतन हुन सक्ने सम्भावना रहन्छ, र उसको कामको पद्धति सजिलै सीमित क्षेत्रमा बन्धित हुन्छ, र त्यसले मानिसहरूलाई स्वतन्त्र मार्गमा अगुवाइ गर्न सक्दैन। अधिकांश अनुयायीहरू सीमित क्षेत्रमा जिउँछन्, र उनीहरूको अनुभवको क्षेत्र पनि सीमित हुन्छ। मानिसको अनुभव सधैँ सीमित रहेको छ; उसको कामको पद्धति पनि थोरै प्रकारमा सीमित रहेको छ र त्यसलाई पवित्र आत्माको काम वा परमेश्वर स्वयम्को कामसँग तुलना गर्न सकिँदैन। किनकि आखिरमा मानिसको अनुभव सीमित हुन्छ। तैपनि परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, यो नीतिनियमबाट बाँधिएको हुँदैन; जसरी गरिए पनि यो कुनै एउटा पद्धतिमा सीमित हुँदैन। परमेश्वरको काममा कुनै पनि नीतिनियम हुँदैन—उहाँका सबै काम मुक्त छन् र स्वतन्त्र छन्। मानिसले उहाँलाई पछ्याउन जति नै धेरै समय खर्च गरे तापनि उसले परमेश्वरको काम गर्ने तरिकालाई शासन गर्ने नियमहरू बुझ्न सक्दैन। उहाँको काम सैद्धान्तिक हुने भए तापनि, यो सधैँ नयाँ तरिकाबाट गरिन्छ र त्यसमा नयाँ विकासहरू हुन्छन्, र यो मानिसको पहुँचभन्दा बाहिर हुन्छ। एउटै समयावधिमा परमेश्वरले फरक-फरक किसिमका थुप्रै काम गर्न सक्नुहुन्छ र मानिसहरूलाई अगुवाइ गर्ने फरक तरिकाहरू अपनाउन सक्नुहुन्छ, ताकि मानिसहरूले सधैँ नयाँ प्रवेश पाऊन् र परिवर्तित होऊन्। तैँले उहाँको कामको नियम पत्ता लगाउन सक्दैनस् किनकि उहाँले सधैँ नयाँ तरिकाले काम गरिरहनुहुन्छ, र यसरी मात्रै परमेश्वरका अनुयायीहरू नीतिनियमबाट बाँधिएका हुँदैनन्। परमेश्वर स्वयम्को कामले सधैँ मानिसहरूको धारणालाई इन्कार गर्छ र त्यसको विपरीत काम गर्छ। उहाँलाई साँचो हृदयले पछ्याउने र अनुसरण गर्ने मानिसहरूले मात्र आफ्नो स्वभाव रूपान्तरण भएको पाउन सक्छन् र स्वतन्त्र भएर जिउन सक्छन्, यसैले उनीहरू कुनै नियमद्वारा बाँधिएका हुँदैनन् वा धार्मिक धारणाहरूद्वारा बाँधिएका हुँदैनन्। मानिसको आफ्नो अनुभव र आफूले हासिल गर्न सक्ने कुराको आधारमा उसको कामले मानिसहरूबाट मागहरू गरेको हुन्छ। यी आवश्यकताहरूको मापदण्ड एक निश्चित क्षेत्रभित्र सीमित भएको हुन्छ, र अभ्यासका पद्धतिहरू पनि अत्यन्तै सीमित हुन्छन्। यसरी अनुयायीहरू अजानमा यो सीमित क्षेत्रभित्रै जिउँछन्; समय बित्दै जाने क्रममा, यी कुराहरू नीतिनियम र धर्मविधिहरू बन्छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
२०. जब मानिसहरूले काम गर्छन्, तिनीहरूले थप गहिराइ हासिल गर्न अरूले बसालेको जगको आधारमा सधैँ अनुकरण गर्दै र सोचविचार गर्दै खोज्छन् र छामछाम-छुमछुम गर्छन्। परमेश्वरको काम उहाँ जो हुनुहुन्छ त्यसको प्रबन्ध हो र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ। उहाँले कुनै पनि मानिसको ज्ञानलाई प्रयोग गरेर मण्डलीलाई भरण-पोषण प्रदान गर्नुहुन्न। बरु, उहाँले मानिसहरूको अवस्थामा आधारित भएर वर्तमान काम गर्नुहुन्छ। तसर्थ, यस तरिकाले काम गर्नु मानिसहरूले गर्ने कामभन्दा हजारौं गुणा बढी स्वतन्त्र हुन्छ। मानिसहरूलाई परमेश्वरले आफ्नो कर्तव्य पूरा गर्नुहुन्न र उहाँलाई जसरी मन लाग्छ त्यसरी काम गर्नुहुन्छ जस्तो पनि लाग्न सक्छ—तर उहाँले गर्नुहुने सबै काम नयाँ छ। तैपनि, तैंले देहधारी परमेश्वरको काम कहिल्यै पनि भावनाहरूमा आधारित हुँदैन भन्ने जान्नुपर्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “अभ्यास (५)” बाट उद्धृत गरिएको
२१. मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि, मानिसको तार्किक क्षमता, मानिसको तर्क, र उसको प्रचुर कल्पना-शक्ति यी सबै कुरा उसको काममा समावेश भएका हुन्छन्। मानिसको अनुभवले विशेष रूपमा उसको कामलाई दर्शाउन सक्षम हुन्छ, र व्यक्तिका अनुभवहरू उसको कामको भागहरू बन्छन्। मानिसको कामले उसको अनुभव अभिव्यक्त गर्न सक्छ…, र पवित्र आत्माको काम प्रायजसो मानिसको स्थितिसँगै परिवर्तन हुन्छ। उहाँले मानिसहरूको अनुभव अनुसार काम गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दबाब दिनुहुन्न, तर मानिसहरूबाट तिनीहरूको अनुभवको सामान्य गति अनुसार माग गर्नुहुन्छ। अर्थात् मानिसको सङ्गत परमेश्वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्वरको कामको आधारमा आफ्ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छन्। तिनीहरूको जिम्मेवारी परमेश्वरले काम गर्नुहुन्छ वा बोल्नुहुन्छ, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने वा प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। … मानिसले व्यक्त गर्ने कुरा उसले देख्ने, अनुभव गर्ने र कल्पना गर्न सक्ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्ने कुरा, मानिसले सोच्ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्वयम् को हुनुहुन्छ भन्ने कुरा नै हो, र यो मानिसले प्राप्त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सारतत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्वरले व्यक्त गर्नुभएको उहाँको सारतत्त्वको आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सारतत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सारतत्त्व भनिन्छ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
२२. मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्नो काम गर्नका लागि आफ्ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ। के परमेश्वरको छ हजार वर्षको काममा तैँले कुनै नियमहरू पत्ता लगाउन सक्छस्? मानिसले गर्ने काममा धेरै नियम र बन्देजहरू हुन्छन्, र मानव मष्तिष्क अत्यन्तै कट्टरपन्थी हुन्छ। त्यसकारण, मानिसले व्यक्त गर्ने भनेका उसको अनुभवको क्षेत्र भित्रका ज्ञान र अनुभूतिहरू नै हुन्। मानिसले यसभन्दा बाहेकको कुनै पनि कुरा व्यक्त गर्न सक्दैन। मानिसको अनुभव वा ज्ञान उसका अन्तर्निहित वरदान वा उसको जन्मजात क्षमताबाट आउँदैनन्; ती परमेश्वरको अगुवाइ र प्रत्यक्ष गोठालोपनको कारण आउँछन्। मानिससँग यस गोठालोपनलाई स्वीकार गर्ने क्षमता मात्रै हुन्छ र ईश्वरत्व के हो त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्न सक्ने क्षमता हुँदैन। मानिस स्रोत हुन सक्दैन; ऊ स्रोतबाट आउने पानीलाई स्वीकार गर्ने भाँडो मात्रै बन्न सक्छ। मानवको जन्मजात क्षमता अर्थात मानवको रूपमा व्यक्तिमा हुनुपर्ने गुण नै यही हो। यदि व्यक्तिले परमेश्वरको वचनलाई स्वीकार गर्ने क्षमतालाई गुमाउँछ र मानवको जन्मजात क्षमतालाई गुमाउँछ भने, त्यस व्यक्तिले सबैभन्दा बहुमूल्य कुरालाई पनि गुमाउँछ, र सृष्टि गरिएको मानिसको कर्तव्यलाई पनि गुमाउँछ। यदि व्यक्तिमा परमेश्वरको वचनको वा उहाँको कामको कुनै ज्ञान वा अनुभव छैन भने, त्यस व्यक्तिले सृष्टि गरिएको प्राणीको रूपमा आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई गुमाउँछ, र उसले सृष्टि गरिएको प्राणीको गरिमालाई पनि गुमाउँछ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
२३. आखिर, परमेश्वरको काम मानिसको कामभन्दा फरक छ, र यसअलावा, उहाँका अभिव्यक्तिहरू कसरी तिनीहरूका जस्तै हुन सक्छन्? परमेश्वरसँग उहाँको आफ्नै विशेष स्वभाव छ, जबकि मानिससँग उसले पूरा गर्नुपर्ने कर्तव्यहरू हुन्छन्। परमेश्वरको स्वभाव उहाँका कामहरूमा व्यक्त हुन्छ, जबकि मानिसको कर्तव्य उसको अनुभवहरूमा समाविष्ट हुन्छ र उसको खोजहरूमा व्यक्त हुन्छ। यसैले कुनै कुरा परमेश्वरको अभिव्यक्ति हो कि मानिसको अभिव्यक्ति हो भन्ने कुरा गरिएको कामद्वारा नै स्पष्ट हुन्छ। परमेश्वर स्वयम्द्वारा यसको व्याख्या गरिनु आवश्यक छैन, न त यसमा मानिसले गवाही बन्ने प्रयास गर्नु नै आवश्यक छ; यसअतिरिक्त, यसको लागि परमेश्वर स्वयम्ले कुनै मानिसलाई दमन गर्न आवश्यक पर्दैन। यो सबै प्राकृतिक प्रकाशको रूपमा आउँछ; न त यो जबरजस्ती हुने कुरा हो न त यो मानिसले हस्तक्षेप गर्न सक्ने कुरा नै हो। मानिसको कर्तव्यलाई तिनीहरूका अनुभवहरूद्वारा जान्न सकिन्छ र यसको निम्ति मानिसहरूले कुनै पनि थप अनुभवको काम गर्नु जरुरत छैन। मानिसको सारा सार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रकट हुन्छ, जबकि परमेश्वरले आफ्नो काम गर्दा आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्न सक्नुहुन्छ। यदि यो मानिसको काम हो भने यसलाई ढाकछोप गर्न सकिँदैन। यदि यो परमेश्वरको काम हो भने, परमेश्वरको स्वभावलाई जोकोहीद्वारा लुकाउन झन् असम्भव हुन्छ, मानिसले नियन्त्रण गर्ने कुरा त परै जाओस्। कुनै पनि मानिसलाई परमेश्वर भन्न सकिँदैन, न त तिनीहरूको काम र वचनहरूलाई पवित्र भनेर हेर्न वा अपरिवर्तनीय ठान्न सकिन्छ। परमेश्वरलाई मानव भन्न सकिन्छ किनकि उहाँले देह धारण गर्नुभयो, तर उहाँको कामलाई मानिसको काम वा मानिसको कर्तव्यको रूपमा लिन सकिँदैन। यसअतिरिक्त, परमेश्वरका वाणीहरू र पावलका पत्रहरूलाई समान रूपमा हेर्न सकिँदैन, न त परमेश्वरको न्याय र सजाय अनि मानिसका निर्देशनका वचनहरूलाई समान रूपमा लिन सकिन्छ। यसैले परमेश्वरका कामलाई मानिसका कामदेखि फरक छुट्याउने सिद्धान्तहरू छन्। यिनीहरूलाई कामको क्षेत्र वा यसको अस्थायी प्रभावकारिताअनुसार नभई तिनीहरूका सारहरूअनुसार छुट्याइन्छ। यस विषयमा, धेरै मानिसहरूले सिद्धान्तहरूको गल्ती गर्छन्।
— वचन देहमा देखा पर्नुहुन्छको “तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?” बाट उद्धृत गरिएको
२४. किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको धारणा यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्ने परिधिभित्र पर्दछ। जब परमेश्वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनुभएको स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट उद्धृत गरिएको
२५. शायद आफ्नो कामप्रतिको व्यक्तिको अनुभव निश्चित रूपमा उच्च हुनसक्छ, वा उसको कल्पना र तर्क निश्चित रूपमा उच्च हुनसक्छ, र उसको मानवता निश्चित रूपमा असल हुनसक्छ; त्यस्ता गुणहरूले मानिसहरूको सराहना मात्रै प्राप्त गर्न सक्छ, तर तिनीहरूमा विस्मय र डर जागृत गर्न सक्दैन। जसले राम्ररी काम गर्न सक्छन्, जोसँग निश्चित रूपमा गहन अनुभव छ, र जसले सत्यताको अभ्यास गर्न सक्छन् तिनीहरूलाई मानिसहरूले सराहना गर्छन्, तर त्यस्ता मानिसहरूले कहिल्यै पनि विस्मय जागृत गर्न सक्दैनन्, सराहना र ईर्ष्या मात्रै जागृत गर्न सक्छन्। तर परमेश्वरको कार्यलाई अनुभव गरेका मानिसहरूले परमेश्वरलाई सराहना गर्दैनन्; बरु, तिनीहरूले ठान्छन् कि उहाँको काम मानव पहुँचभन्दा बाहिर छ र मानिसको लागि बुझ्न नसकिने छ, अर्थात् यो ताजा अनि आश्चर्यको छ। जब मानिसहरूले परमेश्वरको कामलाई अनुभव गर्छन्, तब उहाँ सम्बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्ने हुन्छ, र तिनीहरूले अचेत रूपमा उहाँलाई आदर गर्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका इच्छाहरूलाई सन्तुष्ट तुल्याउन सकौं भन्ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको विस्मय र प्रेम हो; तिनीहरूले परमेश्वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्ने काम गर्नुहुन्छ र मानिसले भन्न नसक्ने कुराहरू भन्नुहुन्छ। परमेश्वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्वरको प्रेमलाई बुझ्न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो डर वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्न भन्ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्न सक्दैनन्; उहाँलाई साँचो रूपमा आदर गर्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरू अनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो श्रद्धा र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँप्रति साँचो श्रद्धाको अनुभूति गर्छन्, जुन सराहनाभन्दा उच्च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूले आफ्नो हृदयमा उहाँलाई आदर गर्छन्। परमेश्वरको आदर गरिनुपर्छ र उहाँको आज्ञा पालना गरिनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्च छन्। परमेश्वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र श्रद्धा र आज्ञापालनको योग्य परमेश्वर मात्रै हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँप्रति श्रद्धाको अनुभूति गर्छन्। तैपनि, उहाँसँग सम्बन्धित आफ्ना धारणाहरूलाई त्याग्न नसक्नेहरूसँग—उहाँलाई परमेश्वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँप्रति कुनै श्रद्धा हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै अनाज्ञाकारी हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको लागि श्रद्धा गर्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो।
— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरको काम र मानिसको काम” बाट उद्धृत गरिएको
२६. यदि मानिसले यो काम गर्नुथियो भने, यो अति नै सीमित हुनेथियो: यसले मानिसलाई एउटा निश्चित बिन्दुमा लानेथियो तर यसले मानिसलाई अनन्त गन्तव्यमा ल्याउन सक्नेथिएन। मानिसले मानिसको नियति निर्धारण गर्न सक्दैन, यसबाहेक, न त उसले मानिसको भावी अपेक्षा र भावी गन्तव्यलाई सुरक्षित गर्न सक्छ। तथापि, परमेश्वरद्वारा गरिने काम फरक हुन्छ। परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको कारण, उहाँले उसलाई डोऱ्याउनुहुन्छ, उहाँले मानिसलाई मुक्ति दिनुहुने कारणले उहाँले उसलाई पूरै मुक्ति दिनुहुनेछ र उसलाई पूर्ण रूपले प्राप्त गर्नुहुनेछ उहाँले मानिसलाई अगुवाइ गर्नुहुने हुनाले, उहाँले उसलाई उचित गन्तव्यमा ल्याउनुहुनेछ; अनि उहाँले मानिसलाई सृष्टि गर्नुभएको र व्यवस्थित गर्नुभएको कारण उहाँले मानिसको भाग्य तथा भावी अपेक्षाको जिम्मेवारी पनि लिनुपर्छ। सृष्टिकर्ताद्वारा गरिने काम यही नै हो।
— वचन देहमा देखा पर्नुहुन्छको “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट उद्धृत गरिएको