हृदयको छुटकारा

13 डिसेम्बर 2020

By Zheng Xin, United States

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानिसको भ्रष्ट आचरण र मानिसको स्वभावको तत्वको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्” (वचन शरीरमा देखा पर्नुहुन्छको “आज परमेश्‍वरको कामलाई बुझ्‍नु”)। “यदि मानिसहरूले परमेश्‍वरलाई आफ्नो वास्तविक जीवनमा, र तिनीहरूका सामान्य मानव जीवनमा ल्याउँछन् भने मात्र तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्न सक्दछन्। परमेश्‍वरका वचनहरूले नै आज तिमीहरूलाई डोऱ्याउँछ; विगतको समयमा जस्तो खोज्नु र छामछाम-छुमछुम गर्नु कुनै आवश्यक छैन। जब तैँले परमेश्‍वरका वचनहरू बमोजिम अभ्यास गर्न सक्छस्, र आफैलाई मानवीय स्थितिहरू बमोजिम जाँच्न र नाप्न सक्छस्, तब तैँले परिवर्तन हासिल गर्न सक्नेछस्। यो कुनै धर्मसिद्धान्त होइन, तर परमेश्‍वरले मानिसबाट जे चाहनुहुन्छ त्यो हो। आज, म तँलाई अवस्थाहरू कस्ता छन् सो बताउँछु: तैँले मेरा वचनहरू अनुसार कार्य गर्नमा मात्र ध्यान दे। तँलाई मैले गरेका मेरा मागहरू एक सामान्य व्यक्तिका आवश्यकताहरूमा आधारित छन्। मैले तँलाई पहिले नै मेरा वचनहरू भनिसकेको छु; जबसम्म तैँले ती अभ्यास गर्ने कुरामा ध्यान दिन्छस्, तँ परमेश्‍वरको अभिप्रायहरूसँग अनुरूप हुनेछस्। परमेश्‍वरका वचनहरूभित्र जिउने समय अहिले नै हो। परमेश्‍वरका वचनहरूले सबै कुराको वर्णन गरेका छन्, सबै कुरा स्पष्ट पारिएको छ, र जबसम्म तँ परमेश्‍वरका वचनहरू अनुसार जिउँछस्, तब तैँले पूर्ण रूपमा स्वतन्त्र र मुक्त जीवन जिउनेछस्” (वचन शरीरमा देखा पर्नुहुन्छ)। एक समय थियो म लगातार ईर्ष्यालु, भ्रष्ट स्वभाव लिएर बाँचिरहेको थिएँ। यो निकै पीडादायक थियो। मैले यसलाई जित्न वा छोड्न सकिनँ। मलाई मेरो खिल्ली उडाउँछन् भन्ने ठूलो डर हुन्थ्यो। यो दबाबपूर्ण अत्याचार थियो। ती साँच्चिकै थकाइ लाग्दो, कठिन समयहरू थिए। मलाई मेरो शैतानिक स्वभावको बन्धनबाट उम्कन अगुवाइ गर्ने परमेश्‍वरको वचन थियो। र यसले मेरो आत्मालाई स्वतन्त्र तुल्यायो।

हृदयको छुटकारा

२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही महिना पछिको कुरा हो, बहिनी वाङ्ग, जसले मसँगै परमेश्‍वरको काम ग्रहण गर्नुभएको थियो, उहाँले छिटो प्रगति गरिरहनुभएको थियो। मलाई याद छ, त्यसबेला सबै जनाले उनलाई राम्रो क्षमताको निम्ति प्रशंसा गरिरहेका थिए। मलाई यो पनि याद छ, कसरी एउटा भेलापछि, मैले बहिनी लीनले यसो भनेको सुनें, “बहिनी वाङ्गले आज सङ्गतिमा गर्नुभएको सबै कुरा, परमेश्‍वरको वचनको स्वीकार र बुझाइको बारेमा भन्नुभएको सबै कुरा, हृदयबाट नै बोलिएको थियो। र यसमा केही प्रकाश छ, मेरो लागि यो धेरै उपयोगी भयो।” वास्तवमा, सुरुमा, सबैले भनेको कुरा सुन्दा, यसले मेरो मनमा उनीप्रति ईर्ष्या उत्पन्न गरेको थियो। तर एकैछिन पछि, मैले असन्तुष्ट महसुस गर्न थालेँ: कसरी सबैले उनको प्रशंसा गरिरहेका थिए, र मलाई होइन? के म वृद्धि भएकै थिइनँ त? के मेरो सङ्गतिमा कुनै त्रुटि थियो? उनी मभन्दा उत्तम थिइन् भनेर स्वीकार गर्न म तयार थिइनँ, र गोप्य रूपले उनको विरुद्धमा आफैँलाई उभ्याएँ। मलाई लाग्यो, तिमी सङ्गति गर्न सक्छौ, तर म पनि गर्न सक्छु। मैले तिमीलाई उछिन्ने दिन आउनेछ। म परमेश्‍वरको वचनबाट पाएको ज्ञान सञ्चय गर्नेछु अनि म यो केवल भेलाहरूमा मात्रै बाँड्नेछु। त्यसरी, मेरो सङ्‍गति राम्रो छ र व्यावहारिक पनि छ भन्‍ने सबैले देख्‍नेछन्।

त्यसको केही समयपछि, मैले एउटा नोटबुकमा परमेश्‍वरको वचनबाट बुझेको र पाएको सबै कुरा लेखेँ। जब सभाको लागि भेला हुने समय भयो, मैले ध्यानपूर्वक मेरो हृदयमा त्यसबारे गहिरो विचार गर्नु पर्नेथियो, कि मैले सङ्गतिमा ती कुराहरू कसरी बहिनी वाङ्गले जस्तै स्पष्ट, व्यवस्थित, र विधिवत् रूपमा बाँड्न सक्छु। तर कुनै कारणवश, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूको सामुन्ने धाक देखाउने जति धेरै कोसिस गरेँ, त्यति नै मैले आफूले आफैँलाई मूर्ख बनाएँ। सङ्गतिमा मेरो पालो अउनेबित्तिकै, कि त मेरो दिमाग खाली हुन्थ्यो कि त मेरा शब्दहरू पूरै गडबड भएर आउथ्यो। मैले भन्न चाहेको मेरा विचारहरू स्पष्ट रूपमा व्यक्त गर्न सकिन। उक्त सभा मेरो लागि एकदमै लाजमर्दो बन्‍नपुग्यो। एक दिन म घर पुगेपछि, मैले आफ्नो श्रीमानलाई भनेँ, “जब म भेलाको समयमा परमेश्‍वरको वचनको बारेमा बहिनी वाङ्गले गरेकी सङ्गतिमा प्रकाश हुन्छ भन्ने कुरा सुन्छु, मलाई साँच्चै असहज महसुस हुन्छ—” तर मैले बोलिसक्नुभन्दा पहिले नै, मेरो श्रीमानले मलाई हेर्नुभयो र सम्पूर्ण उत्साहका साथ मलाई भन्नुभयो, “बहिनी वाङ्गको सङ्गतिमा प्रकाश छ, र हाम्रो लागि उपयोगी छ। हामीले यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुपर्दछ।” “तिमीले महसुस गर्ने यो असहजपन—के यो ईर्ष्या मात्र होइन र?” उहाँका शब्‍दहरू मेरो लागि अनुहारमा थप्पडले हाने झैँ भयो। मैले तुरुन्तै इन्कारमा मेरो टाउको हल्लाएँ: “होइन, यो त्यस्तो होइन। म त्यस्तो छैन।” मेरो श्रीमानले भन्दै जानुभयो, “हाम्रा सबै दाजुभाइ-दिदीबहिनीहरूले बहिनी वाङ्गको सङ्गतिबाट आनन्द प्राप्त गरेका छन्, तर यो कुरा सुन्दा तिमीलाई अप्ठ्यारो महसुस हुन्छ। यसको मतलब तिमीलाई ईर्ष्या लाग्यो किनकि ऊ तिमीभन्दा बढी सक्षम छिन्, होइन र?” यो सुनेर मलाई झन् रीस उठ्यो। के साँच्चै म यति ईर्ष्यालु व्यक्ति हुनसक्छु त? मैले उहाँलाई भने, “अब चुप लाग्नुहोस्। मलाई शान्त हुन दिनुहोस्, र म आफै यसबारे केही सोच्नेछु।” त्यसपछि, मेरो श्रीमानले चर्चकी बहिनी लीयूलाई मैले भोगिरहेको कुरा बताइदिनुभयो, यो आशामा कि तिनले मलाई सहायता गर्नेछिन्। जब मैले यस बारेमा सुनेँ, मैले उहाँलाई गाली गरेँ: “पहिले मलाई नसोधी तपाईंले कसरी तिनीसँग कुरा गर्न सक्नुभयो? यदि तिनले सबैलाई यस बारे बताइदिइन् भने, उनीहरूले मलाई कस्तो दृष्टिकोणले हेर्लान्?” मैले जति धेरै यस बारे सोचेँ, त्यति नै धेरै मलाई रीस उठ्यो। मैले परमेश्‍वरलाई मनमनै प्रार्थना गरें: “हे परमेश्‍वर! कृपया मलाई मार्गनिर्देशन दिनुहोस्। कृपया मलाई सहायता गर्नुहोस्।”

भोलिपल्ट, मैले त्यस समयावधिमा गरेको कामप्रति विचार गरें। मलाई यस्तो हुन आयो, कि सामान्यतया जब म परमेश्‍वरको वचन पढ्थें, म आफूले पाएको प्रकाश साँचेर राख्थें, अनि म यसलाई भेलाको समयमा बाँड्थें। यस तरिकाले म अरू मानिसहरूले नजानेको कुराहरू गर्न सक्थेँ, ताकि मेरा दाजुभाइ-दिदीबहिनीहरूले मप्रति उच्च विचार राख्नेछन्। जब बहिनी वाङ्गको सङ्गतिमा प्रकाश भएको देख्थें, मलाई सधैँ असहज महसुस हुन्थ्यो भन्‍ने मैले देखेँ अनि म उनलाई उछिन्न चाहन्थेँ। म अरूहरूसँग साँच्चै सहज महसुस गर्छु भन्ठान्थेँ। अनि कहिल्यैपनि स-साना चीजहरूलाई ठूलो बनाउन चाहन्नथें, किनकि म हृदयमा साधारण मान्छे थिएँ। तर अब थाहा भयो कि म कसैप्रति ईर्ष्यालु हुनसक्छु, र त्यसरी म आफैलाई गोप्य रूपमा उनीहरूको विरुद्ध उभाएर र उनीहरूसँग प्रतिस्पर्धा गर्न तयार हुनसक्छु। म कसरी त्यस्तो व्यक्ति हुन सक्छु? मैले एक जना बहिनीलाई फोन गरेँ, र सोधेँ, “बहिनी, अरूले परमेश्‍वरको वचनको बारेमा सङ्गति गर्दा प्रकाश पाएको कुरा सुनेपछि के तपाईं कहिल्यै ईर्ष्यालु भएको महसुस गर्नुहुन्छ?” उनले जवाफ दिइन्, “अहँ, मलाई त्यस्तो हुँदैन। यदि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूको सङ्गतिमा प्रकाश पाए भने, यो मेरो लागि उपयोगी नै हुन्छ। यसले मलाई साँच्चिकै खुसी बनाउँछ, र म धेरै आनन्द लिन्छु!” उनको कुरा सुनेर मलाई झन् नरमाइलो लाग्यो। मैले कति धेरै ईर्ष्या गरिरहेको रहेछु भनेर मलाई थाहा भयो। अरू कसैले पनि त्यो बहिनीको ईर्ष्या गर्दैन रहेछन्, केवल म मात्र रहेछु। यस अवस्थामा हुँदा मैले परमेश्‍वरसित प्रार्थना गरें, मैले उहाँलाई भने, “हे परमेश्‍वर, म एक ईर्ष्यालु व्यक्ति हुन चाहन्नँ, तर हरेक पल्ट जब मैले यी बहिनीको राम्रो सङ्गतिलाई सुन्छु, म अन्जानमै उनको ईर्ष्या गर्नपुग्छु। हे परमेश्‍वर! म के गरुँ मलाई थाहा छैन। कृपया, तपाईं मलाई ईर्ष्याको बन्धनबाट बाहिर निस्कन अगुवाइ गर्नुहोस्…।”

पछि, हाम्रो चर्चबाट बहिनी लीयू मलाई भेट्न आइन्। मेरो अवस्था बुझेर मसँग सङ्गति गरिन्। अनि परमेश्‍वरको वचनको खण्डबाट पढिन् पनि। यहाँ, म तपाईंको लागि यो पढिदिनेछु। “केही मानिसहरू अरूले तिनीहरूको प्रसिद्धि चोरेर लैजानेछन्, तिनीहरूलाई उछिन्नेछन्, तिनीहरू स्वयमलाई भने बेवास्ता गरिएको बेला अरूले पहिचान प्राप्त गर्नेछन् भनेर सँधै डराउँछन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्नो बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको कर्तव्यहरूको बारेमा कुनै सोचविचार नराख्ने, अनि आफ्नो हितको बारेमा मात्र सोच्ने तर परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। जब मैले परमेश्‍वरको यो वचन सुनेँ, मलाई यस्तो लाग्यो कि म ठ्याक्कै यहि अवस्थाबाट गुज्रेकी थिएँ। बहिनी वाङ्गको परमेश्‍वरको वचनको सङ्गतिले ज्ञानको प्रकाश दिइरहेको थियो, तर उनले भनेको कुराबाट मैले सत्यता बुझ्ने वा अभ्यास गर्ने मार्ग खोज्ने कोसिस गरिन। यसको विपरीत, मैले उनको ईर्ष्या गरें। जब मेरो आफ्नै सङ्गति राम्रो थिएन, र जब मैले धाक देखाउन सकिन, अनि यसको सट्टा, म आफैँ झन् लज्जित भएँ, मेरो दिमागमा आँधीबेहरी चल्थ्यो, अनि म धेरै नकारात्मक र उदास हुन्थें। मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई तुच्छ नजरले हेर्नेछन् भन्ने सोचले म साह्रै डराउथें। म अति स्वार्थी र तुच्छ थिएँ, मैले केवल मेरो बारेमा मात्रै सोचेँ, तर अरूले मैले भन्दा राम्रो गरेको बिलकुलै देख्न सकिन। के त्यो डाह र ईर्ष्या थिएन र? त्यहाँ सामान्य मानवताको टुक्रा पनि थिएन! पछाडि फर्केर हेर्दा, परमेश्‍वरमा विश्‍वास गर्नुअघि त्यस्तै थिएँ। जब म मेरा साथीभाई र इष्टमित्र, छर-छिमेकी, अनि सहकर्मीहरूसँग अन्तरक्रिया गरिरहेको हुन्थें, अरूले मेरो बारेमा राम्रो कुरा गरून् भनेर मैले निरन्तर चाहिरहेको हुन्थें। कहिलेकाहीँ, जब मेरो सहकर्मीले मेरो अगाडि अरू कसैको कामको प्रशंसा गर्थे, मलाई असहज महसुस हुन्थ्यो, र अरूले मेरो बारेमा राम्रो भनोस् भनेर, म आफ्नो काम राम्ररी गर्न लागिपर्थें, अनि जतिसुकै गाह्रो वा थकित तुल्याउने काम किन नहोस् तर म खुशीसाथ त्यो काम गर्थेँ। मलाई त्यसको कुनै चेतना थिएन, तर त्यसलाई केवल प्रगतिको चाहनाको रूपमा मात्रै सोच्थें। बल्ल मैले बुझेँ कि ती त शैतानको भ्रष्ट स्वभावका अभिव्यक्तिहरू थिए। त्यसपछि, म परमेश्‍वरको सामु बारम्बार आएँ र आफ्ना कठिनाइहरूको बारेमा उहाँसँग प्रार्थना गरेँ। भेलाको समयमा मैले आफ्नो हृदय शान्त पार्ने र अरूको सङ्गतिलाई सुन्ने कुरामा ध्यान केन्द्रित गरेँ। जब सङ्गतिमा मेरो पालो आउथ्यो, मैले अबदेखि बहिनी वाङ्गभन्दा राम्रो सङ्गति कसरी गर्ने भनेर सोच्न छोडेँ। बरु यसको सट्टामा, मैले शान्तपूर्वक परमेश्‍वरको वचनमा चिन्तन गर्ने र तीबारे मैले बुझेको कुरा सङ्गतिमा बाँड्ने काम गरेँ। मैले यो तरिकाले अभ्यास गर्दा, वास्तवमै धेरै सहज र स्वतन्त्र भएको महसुस गरें।

केही समय अवधिपछि, मैले साँच्चै महसुस गरेँ कि मेरो ईर्ष्या पहिलेको तुलनामा कम भइसकेको थियो। तर शैतानिक भ्रष्ट स्वभावले साँच्चिकै गहिरो जरा गाडको रहेछ, अनि जब उपयुक्त परिस्थिति खडा हुन्छ यसले आफैलाई प्रकट गर्दछ। पछि, केही भेलाहरूको समयमा, जब-जब मैले अन्य दाजुभाइ-दिदीबहिनीहरूले बहिनी वाङ्गको सङ्गतिको प्रशंसा गरिरहेको देख्थें, मलाई फेरि के ईर्ष्या लाग्न थाल्यो। त्यसपछि, म र उनीबीच केही दूरीको महसुस गरेँ। तथापि, त्यस अवस्थामा रहँदा, मैले अरूसँग यसबारे कुराकानी गर्ने हिम्मत गरिन। यदि मैले त्यसो गरें भने उनीहरूले मलाई हेला गर्छन् कि भनेर मलाई डर लागेको थियो। त्यसैले, धेरैजसो भेलाहरूको समयमा मैले धेरै बाधा भएको महसुस गरें।

एक साँझ, बहिनी लीयूले मलाई फोन गरिन्। मैले हालसालै कुनै कठिनाइ अनुभव गरिरहेको छु कि भनेर चिन्तित भावमा उनले मलाई सोधिन्। मैले अस्पष्ट रूपमा जवाफ दिएँ, “के म अति भ्रष्ट छु? के परमेश्‍वरले म जस्तो व्यक्तिलाई बचाउन चाहनुहुनेछैन?” उनले मलाई हेलाको नजरले हेर्छिन् कि भन्ने डरले गर्दा मैले अरू बढ्ता कुरा केही भनिनँ। तब बहिनी लीयूले मेरो लागी परमेश्‍वरको वचनको खण्डबाट पढ्नुभयो: “इमान्दार व्यक्ति हुनको लागि व्यक्ति खुल्नुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ भन्ने भनाइ जब केही मानिसहरूले सुन्छन् तब तिनीहरू भन्छन्, ‘इमान्दार हुन एकदमै कठिन छ। के मैले सोच्ने सबै कुरा मैले अरूहरूलाई भन्नु जरुरी छ? सकारात्मक कुराहरू बताउनु नै पर्याप्त छैन र? मैले अरूलाई मेरो अँध्यारो वा भ्रष्ट पक्षको बारेमा बताउनु जरुरी छैन, छ र?’ यदि तैँले यी कुराहरू अरूलाई बताउँदैनस् भने, र आफूले आफैलाई चिरफार गर्दैनस् भने, तैँले आफूलाई कहिल्यै चिन्नेछैनस्; तैँले आफू के चीज होस् भनेर कहिल्यै पहिचान गर्नेछैनस्, अनि अन्य मानिसहरूले तँलाई कहिल्यै पनि भरोसा गर्न सक्नेछैनन्। यो तथ्य हो। यदि अरूले तँलाई विश्‍वास गरून् भन्ने तँ चाहन्छस् भने, सर्वप्रथम तँ इमान्दार हुनुपर्छ। एक इमान्दार व्यक्तिको रूपमा, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहारको झलक पाउन सकून्; तैँले भेष बदल्ने वा आफूले आफूलाई राम्रो भएको भनी प्रस्तुत गर्नु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार मान्नेछन्। यही नै इमान्दार व्यक्तिको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वावश्यकता हो” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। परमेश्‍वरको वचनको त्यो खण्ड पढिसकेपछि ती बहिनीले मसँग सङ्गति गर्नुभयो, “सत्य खोज्नको लागि हामीले खुलेर भन्नुपर्छ र सङ्गति गर्नुपर्दछ; आत्मिक रिहाइ प्राप्त गर्ने एउटा तरिका यही हो। सत्यको अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने तरिका पनि यही हो। यसो गर्दा हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूबाट मदत पाउन सक्छौं। यसले हाम्रो भ्रष्ट स्वभावलाई झन् छिटो समाधान गर्न मदत गर्छ, र हामीलाई छुटकाराको अनुभूति गराउँछ। यदि हामी हाम्रा कठिनाइहरूलाई उदाङ्गो पार्न तयार छैनौं भने, हामी सजिलै शैतानको छलमा फस्नेछौं, र हाम्रो जीवन नोक्सानी भोग्न योग्य हुनेछ।” तब बहिनी लीयूले परमेश्‍वरको वचनको अर्को खण्ड पढिदिनुभयो: “परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू तिनीहरू हुन् जो शैतानद्वारा भ्रष्ट पारिएका छन्, जसले गर्दा भ्रष्ट स्वभावका छन्। तिनीहरू एउटै पनि दाग नभएका सिद्ध मानिसहरू होइनन्, न त तिनीहरू शून्यतामै जिउँछन्। केही व्यक्तिहरूको हकमा, तिनीहरूको भ्रष्टता उदाङ्गो हुनेबित्तिकै तिनीहरूले सोच्छन्, ‘फेरि पनि, मैले परमेश्‍वरको प्रतिरोध गरेँ; मैले उहाँमाथि यतिका वर्षदेखि विश्‍वास गरेको छु, तर पनि म परिवर्तन भएको छैन। परमेश्‍वरले अवश्य पनि मलाई अब उप्रान्त चाहनुहुन्न!’ यो कस्तो प्रकारको आचरण हो? तिनीहरूले आफूमाथिको आशा मारिसकेका छन् र परमेश्‍वरले तिनीहरूलाई अब उप्रान्त चाहनुहुन्न भन्‍ने सोच्छन्। के यो परमेश्‍वरलाई गलत बुझेको अवस्था होइन र? यदि तँ यति धेरै नकारात्मक छस् भने, शैतानलाई तेरो कमजोरी पत्ता लगाउन सबैभन्दा सजिलो हुन्छ, अनि त्यो त्यसो गर्न सफल भयो भने, त्यसका परिणामहरू अकल्पनीय हुन्छन्। त्यसकारण, तँ जतिसुकै धेरै कठिनाइमा भए पनि वा तैँले जतिसुकै नकारात्मकता अनुभव गरे पनि, तैँले कहिल्यै पनि हरेस खानु हुँदैन! मानिसहरूको जीवन विकास हुँदै गर्दा र तिनीहरूलाई मुक्ति दिँदै गर्दा, तिनीहरूले कहिलेकाहीँ गलत बाटो लिन्छन् वा बाटो बिराउँछन्। तिनीहरूले जीवनमा केही समय केही अपरिपक्व मनस्थिति र व्यवहार प्रदर्शन गर्छन् वा कहिलेकाहीँ कमजोर र नकारात्मक बन्छन्, गलत कुराहरू बोल्छन्, चिप्लन्छन् र लड्छन् वा असफलता भोग्छन्। परमेश्‍वरको दृष्टिकोणमा, ती सबै कुराहरू सामान्य हुन् र उहाँले ती कुराहरू उपर रडाको मचाउनुहुन्‍न” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)।

बहिनीले यो सङ्गतिको कुरा मसँग बाँड्नुभयो: “हामी सबैलाई शैतानले अत्यन्तै भ्रष्ट पारेको छ। हामी अहङ्कारी, धूर्त, दुष्ट, र क्रूर छौं। यी शैतानिक स्वभावहरूले हामी सबै भित्र गहिरोसँग जरा गाडेको छ, अनि यो हाम्रै प्रकृति नै बनिसकेको छ। यसै कारण, हाम्रो व्यवहार र आचरणले हरेक पटक भ्रष्टता प्रकट गर्दछ। यसले मलाई वास्तवमै दुःख दिन्थ्यो: मलाई मेरो भ्रष्ट स्वभावको बारेमा केही ज्ञान थियो र यो प्रकट गरेपछि पछुताएँ, त्यसो भए म फेरि अर्को पटक किन त्यसै गर्छु? परमेश्‍वरको वचनहरू पढिसकेपछि, अन्ततः मैले बुझेँ कि मेरो शैतानिक स्वभाव साँच्चै गम्भीर थियो, र मैले यो बुझ्न सकेँ कि स्वभावमा आउने परिवर्तन भनेको एकै रातमा हुँदैन। मानिसहरू आफैले केही आत्म-ज्ञान प्राप्त गरेर त्यसै परिवर्तन हुन सक्दैनन्। दीर्घकालीन न्याय र परमेश्वरको वचनको सजायविना, काटछाँट र निराकरण नगरिकन, अनि परीक्षा र शोधन बिना, साँचो परिवर्तन असम्भव छ। न्याय र सजाय दिनको लागि परमेश्‍वरको आगमन हुनुको उद्देश्य हामीलाई शुद्धीकरण र परिवर्तन गर्नु हो। शैतानले हामीलाई कत्ति गम्भीर रूपमा भ्रष्ट बनाएको छ भनेर उहाँलाई थाहा छ, र हामीले हाम्रो स्वभाव बदल्ने कोसिस गर्दा हामीले सामना गर्ने कठिनाइहरू अनि हाम्रो कदबारे जान्नुहुन्छ, तसर्थ सत्यलाई पछ्याउनेहरूसँग उहाँ क्षमाशील र धीरज हुनुहुन्छ। हामीसँग सत्यको पछि लाग्ने अठोट छ, र हामी पूर्ण हृदयले आफ्नो स्वभाव बदल्न कोसिस गर्छौं भन्‍ने आशा परमेश्‍वर गर्नुहुन्छ। त्यसकारण हामी आफैले आफैलाई सही व्यवहार गर्नुपर्छ। हामीले अझै बढी परमेश्‍वरको वचन खानु र पिउनु पर्छ, उहाँको न्याय र सजाय स्वीकार गर्नुपर्छ, शरीरलाई इन्कार गर्नुपर्छ, र सत्यको अभ्यास गर्नुपर्छ। तब एक दिन हाम्रो भ्रष्ट स्वभावहरू पक्कै बदलिनेछन्।”

त्यसपछि हामीले परमेश्‍वरको वचनको अर्को खण्ड पढ्यौं: “यसमा ओहदा, मुहार, वा प्रतिष्ठाको कुरा उठ्नेबित्तिकै, हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक सधैँ अरूभन्दा माथि हुन, प्रसिद्ध हुन र सम्मानित हुन चाहन्छौं। परमेश्‍वरको घरमा प्रतिस्पर्धा गर्नु लाजमर्दो कुरो भए पनि र त्यहाँ प्रतिस्पर्धा गर्न अनुमति नदिइएको भए पनि, हरेक व्यक्ति सधैँ प्रतिस्पर्धा गर्ने चाहना गर्दै समर्पित हुन अनिच्‍छुक हुन्छ। तथापि, प्रतिस्पर्धा नगरिकन तिमीहरू सन्तुष्ट हुँदैनौ। जब तिमीहरूले कसैलाई माथि उठेको देख्छौ, तब तिमीहरू ईर्ष्या, घृणाको महसुस गर्छौ, अनि अन्याय भयो भन्ने ठान्छौ। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ त्यो व्यक्ति मात्र माथि उठ्छ, अनि मेरो पालोचाहिँ कहिल्यै आउँदैन?’ अनि तिमीहरूले केही असन्तोष महसुस गर्छौ। तिमीहरूले यसलाई दबाउन कोसिस त गर्छौ तर सक्दैनौ। तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छौ र केही समय अलि राम्रो महसुस गर्छौ, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्नेबित्तिकै तिमीहरूले यसलाई काबूमा राख्न सक्दैनौं। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? के व्यक्ति त्यस्तो अवस्थामा जानु भनेको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ। … तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले पछि हट्न सिक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ठाउँ खुला हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्‍वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको अवस्थालाई बदल्न चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सर्वप्रथम तिनलाई एकातिर पन्छाउनुपर्छ र तिनलाई परित्याग गर्नुपर्छ। होइन भने, तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले अझ कम मात्र प्राप्त गरेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्‍बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै हटाइनेछ” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)।

परमेश्‍वरको वचन सम्बन्धी बहिनी सँगको सङ्गतिले मलाई के महसुस गरायो भने नाम र प्रतिष्ठाको लागि धेरै तीव्र इच्छा भएको कारण ममा ईर्ष्या उत्पन्न भएको थियो, र मेरो स्वभाव पनि ज्यादै अहङ्कारी भएको थियो। म सानो छँदादेखि नै चिनियाँ कम्युनिस्ट पार्टीको शिक्षा र शैतानिक जीवनको सबै प्रकारका दर्शन र विषले भरिएको थिएँ, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “मानिस उभोतिर जानखोज्छ, तर खोला तलतिर बग्छ,” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख।” यी शैतानिक विषहरू मेरो हृदय भित्र गहिरोसँग गाडेर राखिएको थियो, जसले मलाई अहङ्कारी, आत्म-अभिमानी, स्वार्थी, र मतलबी बनायो। म विशेष रूपमा महत्वाकांक्षी र आक्रामक भएको थिएँ; म सधैँ अरूलाई जित्‍नैपर्छ भन्‍ने महसुस गर्थेँ। म समाजमा त्यस्तै थिएँ, र म चर्चमा पनि त्यस्तै नै थिएँ। सभाहरूमा प्रार्थना गर्दा र सङ्गति गर्दा समेत, म अझै पनि अरू मान्छेहरू भन्दा राम्रो हुन चाहन्थें, र केवल त्यति बेला खुशी हुन्थें जति बेला अरूले मेरो प्रशंसा गर्थे। कसैले आफूलाई म भन्दा राम्रो प्रमाणित गर्ने बित्तिकै, म त्यो स्वीकार गर्न सक्दिनथेँ, र ईर्ष्यालु बन्थें। भित्रैदेखि, म त्यसको प्रतिरोध गर्थें र त्यस व्यक्तिको विरुद्धमा काम गर्थें। जब म वास्तवमै तिनीहरूलाई जित्न सक्दिनथेँ, तब म केवल नकारात्मकता र गलत बुझाइको बीचमा जिउथें, आफैलाई ठीकसँग व्यवहार गर्न सक्दिनथेँ। मैले परमेश्‍वरलाई समेत गलत अर्थमा बुझेँ र उहाँले म जस्तो मानिसलाई उद्धार गर्नुहुन्न भन्‍ने ठान्थें। शैतानको भ्रष्टताले मलाई अहङ्कारी र नाजुक, स्वार्थी र तुच्छ बनाएको छ भन्‍ने मैले देखेँ, अनि मेरो जीवन अत्यन्तै दयनीय बन्‍नपुग्यो। पछिबाट, मैले परमेश्‍वरको वचन भित्रैबाट अभ्यास गर्ने मार्ग भेट्टाएँ। मैले कति कुरा जान दिन, कति चीजहरू अलग गर्न, र परमेश्‍वरको वचन अनुसार अभ्यास गर्न सिक्‍नैपर्छ। मैले आफ्नो देहलाई त्याग्न र मेरो अहङ्कार र हैसियतलाई दबाउन सिक्‍नैपर्छ, र बहिनी वाङ्गको राम्रा पक्षहरूबाट सिक्‍नैपर्छ, अनि मेरो आफ्नै कमजोरीहरूलाई सुधार्नैपर्छ। अझै धेरै सत्यताहरू बुझ्ने र प्राप्त गर्ने एक मात्र तरिका यही थियो।

पछि, मैले परमेश्‍वरको वचनबाट यो खण्ड पढेँ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ-प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ र जीवनमा परिपक्वता फैलाउँदछ। यसो गरेमा म सन्तुष्ट हुनेछु” (वचन शरीरमा देखा पर्नुहुन्छको प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको अध्याय २१)। एक चोटि मैले परमेश्‍वरको वचनबाट यी खण्डहरू पढेपछि, मैले यो बुझेँ कि परमेश्‍वरले दिनुहुने क्षमता र वरदानहरू प्रत्येक व्यक्तिको लागि फरक-फरक हुने भएकोले प्रत्येक व्यक्तिको लागि उहाँको आवश्यकता फरक-फरक हुन्छ। वास्तवमा, जबसम्म हामी हाम्रा कर्तव्यहरू पूरा गर्न हाम्रो शक्तिले भ्याउने सबै गर्छौं, परमेश्‍वरको हृदय प्रसन्‍न हुनेछ। बहिनी वाङ्ग राम्रो क्षमता भएको व्यक्ति हुनुहुन्छ र सत्यता बुझ्नको लागि उहाँ अति छिटो हुनुहुन्छ। आज परमेश्‍वरले हामीलाई भेला हुने प्रबन्ध मिलाउनुहुन्छ, र हाम्रो लागि उहाँको उद्देश्य भनेको, हामी एक-अर्काको सबल पक्षहरूबाट पाठ सिक्नु र आफ्नै कमी-कमजोरीहरू सुधार्नु हो ताकि हामीले सत्य बुझ्न सकौं अनि परमेश्‍वरको वचनको वास्तविकताभित्र प्रवेश गर्न सकौं। मैले मेरो आफ्नै सबल पक्षहरू र कमजोर पक्षहरूलाई ठीकसँग चलाउनुपर्छ। परमेश्‍वरले मलाई जस्तो-सुकै किसिमको क्षमताको लागि नियुक्त गर्नुभएको भए तापनि, मैले आफूलाई उहाँको नियम र व्यवस्थाको अधीनमा समर्पण गर्नैपर्छ, मेरो मनसाय सुधार्नुपर्छ, र मेरो सम्पूर्ण हृदयले सत्यको खोजी गर्नुपर्छ। मैले जति धेरै कुरा बुझेको भए तापनि मैले सङ्गति गर्नैपर्छ, र जति धेरै कुरा जानेको भए तापनि मैले अभ्यास गर्नैपर्छ। मैले यथासक्दो गर्नुपर्दछ, र यस प्रकारले, परमेश्‍वरले मलाई अन्तर्ज्ञान र मार्गदर्शन दिनुहुनेछ। अन्त्यमा, मैले परमेश्‍वरसामु निम्न संकल्पहरू गरें: अबदेखि उसो, म सत्यको खोजीमा कडा परिश्रम गर्न तयार छु, सङ्कुचित विचारको हुन र मभन्दा बढी सक्षम मान्छेको ईर्ष्या गर्ने हुनबाट आफूलाई रोक्‍नेछु, र एक साँचो मानिसको जस्तै जीवन बिताउनेछु ताकि परमेश्‍वरको इच्छा पूरा होस्।

मण्डलीको अर्को भेला एकदम चाँडै आयो। म आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई बहिनी वाङ्गप्रति म कति ईर्ष्यालु भएकी थिएँ, अनि मैले देखाएको मेरो भ्रष्ट स्वभावका के-कस्ता पक्षहरू थिए सो खुलस्त बताउन चाहन्थेँ, तर मैले यो विषयमा सोच्ने बित्तिकै, उनीहरूले मलाई कस्तो नजरले हेर्लान् भनेर म डराएँ, अनि यदि बहिनी वाङ्प्रति म कति ईर्ष्यालु बनेकी थिएँ भनेर बहिनी वाङ्गले थाहा पाउनुभयो भने उहाँले मेरो बारेमा के सोच्नुहोला भनि म डराएँ। हृदयको भित्री तहमा, मैले त्यो परिस्थितिको सामना गर्न अलि अप्ठेरो महसुस गरें। मैले मनमनै परमेश्‍वरसँग प्रार्थना गरें। मैले भने, “हे परमेश्‍वर! मलाई विश्‍वास र साहस दिनुहोस्। म मेरो घमण्ड र प्रतिष्ठालाई पन्छाउन चाहन्छु, मेरा दाजुभाइ तथा दिदीबहिनीहरूसँग सङ्गतिमा खुलेर कुराकानी गर्न चाहन्छु, र हाम्रो बीचको बाधा हटाउन चाहन्छु। तपाईं, परमेश्‍वर, मेरो मार्गदर्शक हुनुहोस्।” प्रार्थना गरिसकेपछि मलाई धेरै शान्ति भएको महसुस गरेँ। र त्यसैले म कुन अवस्थामा थिएँ र कस्तो परिस्थितिबाट गुज्रिरहेको थिएँ भनेर मैले सबै कुरा भनेँ। मेरो कुरा सबै सुनेपछि, मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले तुच्छ नजरले हर्नुभएन र त्यति मात्र होइन, तर इमानदारीताको अभ्यास गर्न सक्षम भएकोमा उहाँहरू सबैले वास्तवमै मेरो साहसको प्रशंसा गर्नुभयो। उहाँहरूले भन्नुभयो कि मेरो अनुभवले उहाँहरूलाई यो अनुभूति गरायो केवल परमेश्‍वरको वचनको अभ्यास गरेर मात्र आफ्नो शैतानिक भ्रष्ट स्वभावलाई त्याग्न सकिन्छ अनि छुटकारा र स्वतन्त्रता पाउन सकिन्छ। उहाँहरूले अब त्यस्तो अवस्था सामना गर्नु पर्दा के गर्नुपर्ने रहेछ सो पनि उहाँहरूलाई थाहा छ भनेर पनि उहाँहरूले भन्‍नुभयो। त्यसपछिका भेलाहरूमा मैले बहिनी वाङ्गको धेरै सबल पक्षहरू पत्ता लगाएँ: परमेश्‍वरको वचन खाँदा र पिउँदा, उहाँले आफ्नो अवस्थालाई आफ्नो सङ्गतिमा समाहित गर्न सक्षम हुनुहुन्थ्यो। जब-जब उहाँले कुनै समस्याको सामना गर्नुहुन्थ्यो, उहाँ परमेश्‍वरको अघि आउने र उहाँको अभिप्रायको खोजी गर्ने कुरामा ध्यान केन्द्रित गर्न सक्षम हुनुहुन्थ्यो, अनि उहाँको वचन भित्रैबाट अभ्यासको लागि बाटो पत्ता लगाउन सक्नुहुन्थ्यो। उहाँमा भएका ती सबल पक्षहरू देखेपछि मात्र मैले बुझ्न सकेँ कि उहाँ मेरो प्रतिद्वन्द्वी होइन, तर मलाई मदत गर्नसक्ने एक सहायक हुनुहुन्छ। तब मात्र मैले मेरो हृदयको भित्री तहबाट महसुस गरें, कि हाम्रो लागि उहाँको बन्दोबस्त भनेकै हामी एक-अर्काका कमी-कमजोरीहरू सुधार्न एक-अर्काका सबल पक्षहरूबाट पाठ सिक्नु हो। जब मैले त्यस्तो तरिकाले सोचेँ, तब मैले पूर्ण रूपले स्वतन्त्र भएको महसुस गरेँ। अब मलाई यस्तो लाग्छ कि हरेक भेला एक प्रकारको रमाइलो नै हो। म अब अलिकति पनि ईर्ष्याबाट प्रभावित छैन, तर म मेरो आफ्नै कमजोरीहरूलाई हटाउन अरूको सबल पक्षहरूबाट लिन, उनीहरूसँग मिलापमा बस्न, र आत्मामा स्वतन्त्र महसुस गर्न सक्छु।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परीक्षाहरूद्वारा शुद्ध पारिएको

यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो;

Leave a Reply