जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

13 डिसेम्बर 2020

By Xinxin, United States

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो; कुनै पनि छोटो बाटो छैन। तिमीहरूलाई कल्‍पना नगर भनेर अनुरोध गर्नु भनेको तिमीहरूलाई सर्वनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्‍न लगाउनु, वा तिमीहरूलाई कुनै कुरा गर्नबाट रोक्‍नु भन्‍ने होइन। विचार गर्न र कल्‍पना गर्नको लागि तिमीहरूले आफ्‍नो मस्तिष्कको प्रयोग नगर्नु भनेको अनुमान गर्न तर्कको प्रयोग नगर्नु, विश्‍लेषण गर्न ज्ञानको प्रयोग नगर्नु, विज्ञानलाई आधारको रूपमा प्रयोग नगर्नु तर यसको सट्टा, परमेश्‍वरका वचनहरूद्वारा, सत्यताद्वारा, तैँले जीवनमा भोग्‍ने सबै कुराद्वारा नै तैँले विश्‍वास गर्ने परमेश्‍वरसँग अख्‍तियार छ भन्‍ने कुरालाई बुझ्‍नु, पुष्टि गर्नु, र प्रमाणित गर्नु, तेरो भाग्यमाथि उहाँको सार्वभौमिकता छ, र सबै समयको उहाँको शक्तिले उहाँ साँचो परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ भनी पुष्टि गर्नु हो। कुनै पनि व्यक्तिले परमेश्‍वरको बुझाइ हासिल गर्ने एक मात्र तरिका यही नै हो” (वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १”)। म सोच्ने गर्थेँ कि कुनै महत्वपूर्ण कुराको अनुभव गर्न वा आश्‍चर्यकर्मलाई प्रत्यक्ष रूपमा देख्‍न पाउनु नै परमेश्‍वरको अख्तियारी थाहा पाउने केबल एक मार्ग थियो। परमेश्‍वरको अख्तियारका बारेमा मेरो बुझाई साँच्चिकै सीमित थियो। मैले परमेश्‍वरका वचनबाट देखेको छु कि उहाँको अख्तियार थाहा पाउनको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो नियमित जीवनमा उहाँका वचनहरूको अनुभूति गर्नु नै हो, र उहाँका वचनहरूको अनुभूति गरेर, हामी हरेक चिजमाथिको उहाँको अख्तियार र सार्वभौमिकता देख्नेछौं। परमेश्‍वरमाथिको हाम्रो विश्‍वास यसरी नै बढ्नेछ।

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

पोहोर साल हाम्रो एक चौथाई जमिनमा एक्कासी धेरै किराहरूको प्रकोप लाग्यो जहाँ मेरो परिवारले गोलभेडा खेती गरेको थियो र ती किराहरूले सबै सखाप गरे—फल, फूल र पातहरू। म यस विषयमा निकै चिन्तित थिएँ र यिनीहरूबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर मेरो परिवारसँग छलफल गरें। कीटनाशक औषधि प्रयोग गर्दा माटो विगार्ने र कार्सिनोजिन छोड्न सक्थ्यो, जसले त्यहाँ रोपेको कुनै पनि उत्पादन खान हानीकारक हुनसक्थ्यो। हामीले तिनीहरूलाई हातैले समात्ने प्रयत्न गर्‍यौं तर तिनीहरु द्रूत रूपले फैलिरहेका थिए। हामीले तीन-चार दिनसम्म काम गर्‍यौं तर केही पार लागेन। तिनीहरूको संख्या बढ्दै गयो। तिनीहरूबाट छुटकरा पाउन मैले हतासिँदै अन्य उपायहरू अपनाउने प्रयत्न गरें। यसो हुँदा मैले परमेश्‍वरलाई प्रार्थना गरेता पनि, मैले परमेश्‍वरको अख्तियारी र शासन बुझेको थिइन, त्यसकारण मेरो हृदयमा उहाँको निम्ति ठाउँ थिएन। परमेश्‍वरमा वास्तवमा कसरी भरोसा राख्ने र उहाँको इच्छा खोज्ने सो कुरा मलाई थाहा थिएन। मैले त्यो विशेष खालको किराको पहिला कहिल्यै सामना गरेको थिइन तर दशकौंदेखि मैले अन्नबाली लगाउँदै आएको छु र किराहरू नियन्त्रण गर्न सफल भएको धेरै अनुभव छ। यदि यसको नियन्त्रण गर्न लागें भने मैले गर्न सक्छु भन्ने मलाई लाग्यो। एक-एक गरी मैले जाने जतिका सबै जुक्ति लगाउने प्रयत्न गरें तर मैले प्रयत्न गरेका छ-सात जुक्तिबाट कुनै प्रतिफल प्राप्त भएन। दशकौंदेखि मैले गर्दै आएको किसानी काममा, छुटकारा पाउनै नसकिने यस्तो कठिन किरा आजसम्म कहिल्यै देखेको थिइन। विगतमा यस्ता किराहरूको आक्रमणबाट सधैं बालीनालीको सुरक्षा गर्न सक्षम थिएँ तर यस पटक भने मैले कडा मिहिनेत गरी विकसित गरेका कुनै पनि विधिहरूले काम गरेनन्। पछि मेरो एक जना मित्रले भने कि कृषि विश्‍वविद्यालयका एक प्राध्यापकले बताएअनुसार नीमको तेलले किटनाशकको रूपमा राम्रो काम गर्दछ, त्यसकारण मैले तत्कालै त्यसै गरें, तर त्यसले पनि केही काम गरेन। म विकल्परहित भैसकेको थिएँ र मैले अझै समाधानको कुनै उपाय पाइरहेको थिइन। केही दिनसम्म म हरेक विहान हेर्न जान्थें र ती गोलभेडाका विरूवाहरू किराले सबै सखाप गरेका देख्‍थेँ। केही विरूवाका फूलहरु झर्दै थिए, केही पातका टुप्पाहरु ओइलाउँदै गइरहेका थिए र केही गोलभेडा कुहिँदै गइरहेका थिए। म निकै दुःखी थिएँ। मेरा भाईबहिनीहरूले ती गोलभेडाका विरुवा रोप्न हरेक दिन सहयोग गरेका थिए। तिनीहरूले टनेल बनाउन, गोड्न र विरूवालाई आड दिने खाँबो बनाउन कडा मिहिनेत गरेका थिए, तर जब गोलभेडा फल्न थाले र प्रशस्त फसल उत्पादन हुने देखियो, यी किराहरूले अकस्मात् आक्रमण गरे। त्यो बर्षको मिहिनेत सबै खेर जाने भयो भन्ने मैले महशुस गरें। सबै विरूवाभरि किरा भरिएको देख्दा, म पूर्ण रुपमा घाटामा थिएँ। मेरो छिमेकी वाङसँग बालीनालीसम्बन्धी धेरै अनुभव थियो र उसलाई किराहरूका बारेमा धेरै ज्ञान थियो, त्यसकारण उसँग केही समाधानका उपायहरू होलान् भन्ने मैले सोचें। म उसलाई सोध्न गएँ, तर उसले भन्यो, “मैले मेरो ३० बर्षे खेती किसानी जीवनमा यस्तो कहिल्यै देखेको छैन। मैले दिनमा तीन पटकसम्म किटनाशक औषधि छर्कंदै आएको छु र यसले केवल मेरो खेतका गोलभेंडा मात्र नष्ट गर्‍यो, किरा ज्यूँका त्युँ।” निरिह हुँदै अर्को छिमेकी झाङले भनिन्, “मैले तीन-चार थरिका किटनाशक औषधि मिसाएर पनि हालें, तर कुनै चिजले पनि तिनलाई मार्न सकेन!” यस्तो सुन्दा मलाई साँच्चिकै निराश बनायो। यो किराहरूको महामारी थियो, र तिनीहरूबाट छुटकरा पाउने कुनै उपाय थिएन। मेरो खेतका सबै गोलभेडा सखाप हुन्छन् जस्तो लाग्थ्यो। असहाय महशुस गर्न थालेँ, म परमेश्‍वरलाई प्रार्थना गर्न लागें: “हे परमेश्‍वर! यो महामारीमा के गर्ने मलाई थाहा छैन। म घाटामा छु। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र निर्देश गर्नुहोस् ता कि यसको अनुभव कसरी गर्ने र मैले कुन पाठ सिक्नु पर्दछ भन्ने थाहा पाऊँ।”

मैले एक पटक भेलामा परमेश्‍वरका यी वचनहरू पढेको थिएँ: “परमेश्‍वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरूअनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्‍न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्‍वरको अख्‍तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्‍वरको सोच र परमेश्‍वरको वचनहरूले गर्दा भएको हो; परमेश्‍वर स्वयम्‌को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्‍न गर्ने परमेश्‍वरको अख्‍तियार र परमेश्‍वरको मन हुन्, जुन उहाँका सोचहरूअनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्। उदाहरणको लागि, महामारीलाई लिऊँ। कुनै पनि चेतावनीविना नै ती फैलिन्छन्। तिनको उत्पत्ति कहाँ भयो वा त्यसो हुनुको कारण के हो सो कसैलाई थाहा हुँदैन, र जब महामारी कुनै निश्‍चित स्थानमा पुग्छ, अभिशप्त भइसकेकाहरू त्यो विपत्तीबाट उम्कन सक्दैनन्। महामारीहरू घातक वा हानिकारक जीवाणुहरूको फैलावटको कारण पैदा हुन्छन् भन्‍ने मानव विज्ञानले बुझ्छ, र तिनीहरूको गति, सर्ने क्षेत्र, र विधिलाई मानव विज्ञानले अनुमान वा नियन्त्रण गर्न सक्दैन। मानिसहरूले सम्‍भव भएको हरेक माध्यमद्वारा महामारीलाई रोक्‍ने भए तापनि, यो फैलिएपछि कुन-कुन मानिसहरू वा पशु-प्राणीलाई निश्चित रूपमा प्रभाव पार्छ भन्‍ने कुरालाई तिनीहरूले नियन्त्रण गर्न सक्दैनन्। मानिसहरूले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको, त्यसको रोकथाम गर्ने, प्रतिरोध गर्ने र त्यसको अनुसन्धान गर्ने मात्रै हो। तर कुनै पनि व्यक्तिगत महामारीको शुरूवात वा अन्त्यको मूल कारण कसैलाई पनि थाहा हुँदैन, र कसैले पनि तिनलाई नियन्त्रण गर्न सक्दैन। महामारीको शुरूवात र फैलावटको सामना गर्न थालेपछि, मानिसहरूले अपनाउने शुरूवाती उपाय खोपको विकास गर्नु हो, तर खोप तयार हुनुभन्दा पहिले नै महामारी प्रायजसो आफै हराएर जान्छ। महामारीहरू किन आफै हराएर जान्छन्? कतिपयले किटाणुहरूलाई नियन्त्रणमा ल्याइयो भनेर भन्छन्, अरूले मौसम परिवर्तनको कारण ती मरेर जान्छन् भनेर भन्छन्…। यी अनेक किसिमका अनुमानहरू न्यायसङ्गत भए पनि नभए पनि, विज्ञानले कुनै व्याख्या दिन सक्दैन र कुनै सटीक उत्तर दिन सक्दैन। मानवजातिले यी अनुमानहरूलाई मात्रै होइन, तर महामारीहरू सम्‍बन्धी मानवजातिको बुझाइको कमी र डरलाई पनि महत्त्वपूर्ण ठान्‍नुपर्छ। अन्तिम विश्‍लेषणमा, किन महामारीहरू शुरू हुन्छन् वा ती किन अन्त्य हुन्छन् भन्‍ने कसैलाई थाहा हुँदैन। मानवजातिले विज्ञानमा मात्रै विश्‍वास गर्ने, यसमा मात्रै पूर्ण रूपमा भरोसा गर्ने, र सृष्टिकर्ताको अख्‍तियारलाई पहिचान नगर्ने वा उहाँको सार्वभौमिकतालाई स्वीकार नगर्ने भएकाले, तिनीहरूले कहिल्यै पनि कुनै उत्तर पाउने छैनन्” (वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। हरेक चिजमा परमेश्‍वरले शासन गर्नुहुन्छ। हरेक चिज उहाँकै हातमा छ। कुनै पनि चिज ठूलो होस् वा सानो, देखिने होस् वा नदेखिने, त्यो जिवित होस् वा निर्जीव, परमेश्‍वरको इच्छा परिवर्तनसँगै ती सबै अस्तित्वमा रहन्छन् वा हराउँछन्। हरेक विपत्तिहरू परमेश्‍वरको शासनको अधिनमा हुन्छन्। मानिसहरू कसैलाई थाहा छैन कि यो महामारी र किराहरूको आतंक कहाँबाट आयो वा यसको रोकथाम कसरी गर्ने। तिनीहरू कहिले हराउनेछन् हामीलाई केही थाहा छैन। यो सबै परमेश्‍वरद्वारा शासित छ। तर परमेश्‍वरको अख्तियारी र सार्वभौमिकताबारे मैले साँच्चिकै बुझेको थिइन, अतः जब ती किराहरूले मेरा गोलभेडा सखाप पारे सर्बप्रथम परमेश्‍वरसँग गुहार माग्‍न र निर्भर हुन म उहाँ सामु गइन तर समाधानका विधिहरू आफै खोज्ने प्रयन्त गर्न थालें त्यो निरर्थक थियो, तर अझै म परमेश्‍वरतर्फ फर्किन वा मैले उहाँमा भरोसा राखिन। जब किटनाशक औषधिले पनि काम गरिरहेको थिएन तब मैले निराश र असहाय महशुस गरें। मलाई परमेश्‍वरमा विश्‍वास थियो र उहाँलाई प्रार्थना गरें, तर मेरो हृदयमा उहाँको स्थान थिएन। यी किराहरूबाट म आफै छुटकरा पाउन सक्छु भन्ने मैले सोचें। म कति अहंकारी र बेमतलबी थिएँ! त्यसपछि मैले अनुभूति गरें कि तिनीहरू कहिले देखिन्छन् र कहिले जान्छन् भन्ने कुरा परमेश्‍वरले निर्णय गर्नुहुन्छ। यो हाम्रो नियन्त्रणभन्दा बाहिर छ। किराहरूको त्यो विनाशमा परमेश्‍वरको इच्छा थियो भन्‍ने मैले अहिलेसम्म बुझ्न सकेको थिइनँ तर आफूले गर्नुपर्ने कार्य मैले गर्नै पर्दथ्यो र ती किराहरू परमेश्‍वरसामु छाडिदिनु पर्दछ भन्‍ने मलाई थाहा भयो। म परमेश्‍वरको प्रबन्धको अधिनमा रहनुपर्थ्यो। त्यो अनुभूतिले मलाई शान्ति दिलायो। मैले परमेश्‍वरलाई प्रार्थना गरें, उहाँको अधिनका रहने इच्छा व्यक्त गरें र उहाँको प्रवन्धको अनुभूति गरें।

दुई दिनपछि म खेतमा गएँ र गोलभेंडाका बोटहरूमा माकुराले धेरै जालो लगाएको देखें। तिनीहरू कहाँबाट आएका होलान् भनेर म छक्क परें। मैले अझ नजिकबाट हेरें र जालोभरि साना किराहरू धेरै देखें: र माकुराले ती किराहरू खान मन पराउँछन् भन्ने मैले सम्झिएँ। किराहरू नहुँदा तिनीहरूका कुनै फूल पनि हुने छैनन्, फलस्वरुप प्राकृतिक रूपमा नै किराहरु कम हुनेछन्। दुई दिन पहिलेको भन्दा त्यहाँ धेरै कम किराहरू भएको मैले महशुस गरें। यो सबै परमेश्‍वरले गरिरहनुभएको हो भन्ने मलाई थाहा थियो, कि किराहरूलाई खान उहाँले नै माकुरा पठाउनुभएको थियो। म परमेश्‍वरप्रति कृतज्ञ थिएँ! सात वा आठ दिनपश्चात् मैले देखें कि गोलभेंडाको बोटैभरि भएका सबै किराहरू सकिए। म एकदमै उत्साहित भएँ। मैले परिकल्पना पनि गरेको थिइँन कि केवल केही दिनमा नै माकुराहरूले सबै किराहरू खाई दिनेछन्। परमेश्‍वर साँच्चिकै सर्वशक्तिमान् हुनुहुन्छ। यदि यो सबै मैले मेरा आफ्‍नै आँखाले नदेखेको भए त्यो सत्यमा म विरलै विश्‍वास गर्थे। म कृतज्ञ थिएँ र परमेश्‍वरलाई प्रशंसा गरें। हो। अविश्‍वासीहरूले परमेश्‍वरको शासन र अख्तियारीका बारेमा बुझ्दैनन्। तिनीहरू केवल विश्‍वास गर्छन् र विपद्हरूको वारेमा जान्न तथा तिनको निराकरणका लागि विज्ञानमा निर्भर हुन्छन् तर तिनीहरूले तिनीहरूलाई पूर्ण रुपमा बुझेका हुँदैनन्। तिनीहरूले भर पर्ने कुरा केही छैन, विपद्को अगाडि तिनीहरू निरिह हुन्छन्, त्यसकारण तिनीहरू बालीनाली उत्पादनमा निकै पीडा व्यहोर्छन्। तर परमेश्‍वरका सामू आफूलाई पेश गर्ने र सिक्ने इच्छाले जब म परमेश्‍वरतर्फ फर्कें, सबै किराहरूलाई खानका लागि उहाँले तीं सहयोगी माकुराहरूको प्रयोग गर्नुभयो, किराहरूको आक्रमणको समस्यालाई सहजै समाधान गर्नुभयो। यसले वास्तवमै मलाई के देखायो भने सबै कुराहरूमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ र हरेक कुरा उहाँले नै सञ्चालन गर्नुहुन्छ। उहाँ निकै ज्ञानवान् र सर्वशक्तिमान हुनुहुन्छ! जब गोलभेडा पाक्ने समय भयो, किरा लागेको कारणले राम्रो फसल हुँदैन होला भन्ने मैले सोचेको थिएँ, तर निकै धेरै उत्पादन भएको देख्दा म चकित भएँ। परमेश्‍वरले अनौठो तरिकाले काम गर्नुहुन्छ। यो सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा भनिए जस्तै छ: “उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्‍प दिँदैन” (वचन शरीरमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ”)। परमेश्‍वरलाई धन्यवाद! मैले यो घटनाबाट साँच्चिकै परमेश्‍वरको अख्तियारी र बुद्धी सर्वत्र छ भन्‍ने अनुभव प्राप्त गरेँ। यो मौसम, सूर्य, वर्षा, आदि सबै परमेश्‍वरद्धारा शासित छन् र सबै प्रकारका किराहरू पनि उहाँकै शासनमा छन्। मानव निर्मित कुनै पनि चिजले तीमध्ये कसैलाई पनि नियन्त्रण गर्न सक्दैनथ्यो। परमेश्‍वरले गर्नुभएको सबै चिजको सिर्जना र व्यवस्थापनको हरेक स-साना विवरणमा हामी परमेश्‍वरको अद्वित्तीय अख्तियारी वास्तवमै देख्न सक्छौं। उहाँ निकै ज्ञानवान् र सर्वशक्तिमान् हुनुहुन्छ। मैले सोचें कि भविष्यमा जेसुकै होस्, मैले परमेश्‍वरमा भरोसा गर्नुपर्छ, र उहाँका कार्यहरू राम्ररी बुझ्नुपर्दछ।

दुई महिनापछि हामीले लट्टेको एक बाली लगायौं, र केही हप्ता पश्चात् एक सुन्दर हरियो बाली देखा पर्‍यो। हाम्रो मनग्य फसल हुन्छ भन्ने मैले महशुस गरें। तर एक दिन बिहान, मेरी श्रीमतीले बताइन् कि सबै बोटहरूमा हिराझैं टल्किने पिठ्यूँ भएका किराका लार्भा छन् र मलाई त्यसको समाधान गर्न भनिन्। यो सुन्दा म डराएँ। ती लार्भाहरू साँच्चिकै सक्रिय थिए र हातले समात्न कठिन थियो र तिनीहरू द्रुतगतिमा बढिरहेका थिए। केवल एक वा दुई दिनमै तिनीहरू वयस्क हुन्थे। हामीले पहिल्यै रोपेका केही खरभुजाका बोटहरूमा समेत ती किराहरू फैलँदै गए र मैले एक दर्जनभन्दा बढी उपाय प्रयत्न गरें, तर कुनै उपायले काम गरेन। तिनीहरूले दुई-तीन दिनमै सबै तरकारी सखाप पार्‍यो र हाम्रो हराभरा बगैँचा उजाड भूमिमा परिणत भयो। म अलि चिन्तित थिएँ, यदि ती किराहरूले दुई-तीन दिनमा नै हाम्रा सबै लट्टे खाएर सखाप पार्लान् कि। के गर्ने भन्ने मलाई थाहा थिएन। मैले तत्कालै परमेश्‍वरलाई प्रार्थना गरें र उहाँको इच्छा बुझ्न मलाई अगुवाइ गर्न उहाँसँग आग्रह गरें।

मैले पछि परमेश्‍वरका यी वचनहरू पढेको थिएँ: “परमेश्‍वरलाई देख्न वा परमेश्‍वरका वचनहरू सुन्न नसकेका बेला अय्यूबमा यी कुराहरू थिए र तिनी ती कुराका पछि लागे। तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि, तिनले ती साधनहरू जानेका थिए जसद्वारा परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र तिनले त्यो बुद्धिलाई पनि बुझेका थिए जसद्वारा परमेश्‍वरले त्यसो गर्नुहुन्छ। तिनले परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै पनि सुनेका थिएनन्, तापनि मानिसलाई इनाम दिने र मानिसबाट फिर्ता लिने सबै काम परमेश्‍वरबाटै हुँदछ भनी अय्यूबले जानेका थिए। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा फरक थिएनन्, तापनि तिनले आफ्नो जीवनको सामान्यताद्वारा सबै कुरामाथि भएको परमेश्‍वरको सार्वभौमिकता सम्बन्धी तिनको ज्ञानलाई असर पार्न दिएनन्, वा उहाँको भय मान्ने र खराबीबाट अलग रहने मार्गको अनुसरण गर्ने कुरालाई प्रभावित हुन दिएनन्। तिनको नजरमा सबै थोकका नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र परमेश्‍वरको सार्वभौमिकतालाई व्यक्तिको जीवनको कुनै पनि भागमा देख्न सकिन्छ। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनले परमेश्‍वरका कामहरू जताततै छन् भनी बुझ्न सके र पृथ्वीमा तिनको सामान्य समयमा तिनले आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कामहरू देख्न र महसुस गर्न सके, र तिनले परमेश्‍वरको अचम्मका प्रबन्धहरू देख्न सके। परमेश्‍वरको गोप्यता र मौनताले अय्यूबलाई परमेश्‍वरको काम बुझ्न बाधा दिएन, न त ती कुराले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्ने तिनको ज्ञानलाई नै प्रभावित गर्‍यो। तिनको जीवन, तिनको दैनिक जीवनको अवधिमा, परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थाहरूको पूर्णता थियो, जो सबै थोकहरूमा लुक्नुभएको छ। तिनको दैनिक जीवनमा तिनले परमेश्‍वरको हृदयको आवाज र परमेश्‍वरका वचनहरू पनि सुने र बुझे, जो सबै कुराको बीचमा मौन हुनुहुन्छ, तापनि उहाँले सबै कुराका नियमहरू संचालन गर्दै आफ्नो हृदयको आवाज र बोल्नुभएका वचनहरू व्यक्त गर्नुहुन्छ। यसैले तिमीहरू देख्‍न सक्छौ कि, यदि अय्यूबको जस्तै मानिसहरूमा मानवता र खोजी छ भने, उनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि सबै थोकहरूमाथि भएको परमेश्‍वरको सार्वभौमिकताको बारेमा अय्यूबले जस्तै समझ र ज्ञान प्राप्त गर्न सक्छन्” (वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। मैले परमेश्‍वरका वचनहरूमा देखेको थिएँ कि अय्यूब आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरको अख्तियारी बुझ्‍न र परमेश्‍वरको शासन तथा सर्वशक्तिमान्‌ताको अनुभव गर्नमा केन्द्रित थियो। यसैमार्फत, हरेक चिज परमेश्‍वरबाट आउँछ, र हरेक चिज तथा मानवको भाग्यमाथि परमेश्‍वरले शासन र नियन्त्रण गर्नुहुन्छ भन्‍ने उसले देख्यो। अय्यूबले कुनै शङ्काविना थाहा पायो कि परमेश्‍वरको आशिष र शासनका कारण ऊसँग त्यो सबै सम्पत्ति थियो। र यो सबै उसको कडा परिश्रमबाट प्राप्त भएको थिएन। जब उसको सबै सम्पत्तिलगियो, यो सबै परमेश्‍वरको अनुमतिमा भएको थियो भन्ने पनि उसले विश्‍वास गर्‍यो। के लिइन्छ र के दिइन्छ भन्ने कुरा परमेश्‍वरद्वारा शासित र निर्धारित छ। त्यसकारण उसले गुनासो गरेन, तर उसले परमेश्‍वरको प्रशंसा गर्‍यो। तर जब कठिन वा मलाई मन नपर्ने कुरा केही हुन्छ भने, म त्यो स्वीकार गर्न र परमेश्‍वरमा समर्पित हुन असमर्थ हुन्थेँ। मेरो हृदयमा परमेश्‍वरको स्थान नभएको मैले देखें र ममा विश्‍वासको कमी थियो। यो सोचले मलाई लज्जाबोध गरायो र यो सबै हुन परमेश्‍वरले अनुमति दिइरहनुभएको कुरा मैले बुझें। परमेश्‍वरले मलाई उहाँको सर्वशक्तिमान्‌ता र शासन थाहा पाओस् भन्ने र मेरो दैनिक जीवनमा उहाँमा समर्पित हुन सकूँ भन्‍ने चाहना गर्नुहुन्थ्यो। किराहरूबाट छुटकरा पाउने र लट्टेको फसल राम्रो हुने नहुने सबै परमेश्‍वरको हातमा छ। यो एक पुरानो भनाई जस्तै छ, “मानिसले बीउ छर्छ, तर फसल तय गर्ने स्वर्ग नै हो।” मलाई थाहा थियो कि यो अनुभवलाई मैले आत्मसात गर्नु पर्दछ, परमेश्‍वरको इच्छाको खोजी गर्न र उहाँको व्यवस्थापनको अधिनमा रहनुपर्दछ। मैले त्यस्तो सोच्दा अझ राम्रो अनुभूति गरें र मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गरें, “हे परमेश्‍वर, मलाई विश्‍वास छ कि तपाईंको हातमा लट्टे अझ राम्ररी फल्नेछ। म मेरा योजना र चिन्ता छोडिदिन्छु, यस वातावरणमा तपाईंका वचनहरूको अनुभव गर्छु र तपाईंको आज्ञाको पालना गर्छु।” त्यसपछि लार्भाबाट छुटकरा पाउन हामीले केही उपाय अपनाउने प्रयत्न गर्‍यौं, तर कुनै काम भएन। यद्धपि म शान्त थिएँ। मलाई थाहा थियो कि यो सबै परमेश्‍वरको हातमा थियो र यदि हाम्रो फसल उत्पादन राम्रो नभए पनि, त्यो परमेश्‍वरको इच्छामा निर्भर हुन्छ। उहाँले जे बन्दोबस्त गर्नुभएको थियो म त्यसैमा समर्पित भएँ। दुई-तीन दिनपछि म तरकारी बारीमा गएँ जहाँ लट्टेको बोटमा लागेका किराहरूलाई भँगेराको बगालले खाइरहेको मैले देखें। यो देख्दा म छक्क परें परमेश्‍वरले एक पटक फेरी मेरो लागि बाटो खोल्नुभयो र मैले समाधान गर्न नसक्ने समस्या समाधान गरिदिनुभयो। म परमेश्‍वरप्रति धेरै कृतज्ञ थिएँ! अर्को दुई दिनमा भँगेराहरूले किराका सबै लार्भा खाइसकेका थिए। हामी उत्साहित भयौं, र पटक-पटक परमेश्‍वरलाई धन्यवाद दियौं र उहाँको प्रशंसा गर्‍यौं। परमेश्‍वर साँच्चिकै सर्वशक्तिमान् हुनुहुन्छ!

पछि मैले परमेश्‍वरका वचनमा यो पढेँ: “परमेश्‍वरले सबै थोक सृजनुभयो उहाँले तिनीहरूलाई सन्तुलनमा ल्याउनको निम्ति अर्थात् पहाड-पर्वत र ताल-तलैयाको, बोट बिरुवा र सबै किसिमका जीवजन्तु, चरा-चुरुङ्गी र कीरा-फट्याङ्ग्राहरूको जीवनको अवस्थालाई सन्तुलनमा राख्‍नको निम्ति सबै किसिमका विधि र तरिकाहरूको प्रयोग गर्नुभयो। उहाँले स्थापना गर्नुभएको व्यवस्थाको अधीनमा रहेर सबै किसिमका जीवित प्राणीहरूलाई जिउन र वृद्धि हुन दिनु उहाँको लक्ष्य थियो। सृष्टिका कुनै पनि थोकहरू यी व्यवस्था बाहिर जान सक्दैनन् र व्यवस्थालाई तोड्न सकिँदैन। यस आधारभूत किसिमको वातावरणमा मात्र मानव पुस्तादेखि पुस्तासम्म सुरक्षितसाथ बाँच्‍न र वृद्धि हुन सक्छन्” (वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ९”)। मैले परमेश्‍वरका वचनबाट देखें कि जब उहाँले सबै कुराको सिर्जना गर्नुभयो, उहाँले तिनीहरूको बाँच्ने अवस्था हरेक प्रकारले सन्तुलित गर्नुभयो ता कि उहाँको शासनमा हरेक जीवित प्राणीले पूर्ण व्यवस्थित तवरले बाँच्न र प्रजनन् गर्न सकोस्, परमेश्‍वरले निर्धारण गर्नुभए झैँ, एक-अर्कालाई सहयोग गर्दै र एक अर्कोलाई सन्तुलनमा राख्दै। कुनै पनि चिज परमेश्‍वरले तय गर्नुभएका नियमहरूका विरूद्ध जान सक्दैन। परमेश्‍वरले सम्पूर्ण जीव-जनावर, बोटविरूवा र किराफट्याग्राहरू जैविक सन्तुलनका लागि हाम्रो सजिव वातावरणको संरक्षण गर्न र दिगोपना प्रदान गर्न सिर्जना गर्नुभएको हो। परमेश्‍वरद्धारा गरिएको यो बन्दोबस्तीविना, उहाँले तय गर्नुभएका नियमहरूविना, जीव-जनावर तथा किराफट्याग्राहरू अस्तव्यस्ततामा डुब्नेथिए र त्यसले हाम्रो जीवन पनि अस्तव्यस्त बनाउनेथियो। हामी बाँच्न सक्दैनथियौं। परमेश्‍वरका विचारहरू अति सावधान छन्। हरेक चिजहरूले उहाँको महान् शक्ति, विवेक र चमत्कारिकता प्रदर्शन गर्दछन्, र योभन्दा पनि बढी, उहाँले मानवजातिलाई माया गर्नुहुन्छ। हो। हामीले दख्यौं कि, हाम्रो तरकारी बारीमा देखा परेका किराहरू निराकरण गर्ने कुनै समाधानको उपाय थिएन, तर परमेश्‍वरले ती किराहरू खान भँगेरा र माकुराको प्रयोग गर्नुभयो यसकारण हामीले परमेश्‍वरद्वारा प्रदान गरिएको खाना खान पायौं। परमेश्‍वरद्धारा सिर्जित हरेक चिजको आफ्नै उद्देश्य छ, यद्धपि ती सहयोगी माकुरा र भँगेराहरूको पनि आफ्नै लक्ष्य छ। वातावरणमा संन्तुलन कायम गर्न परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले बनाउनुभएका हरेक चिज अन्तर्सम्बन्धित छन्। यो सबैको कारणले हामी अझ उत्तम तवरले बाँच्न सक्छौं। हामीले पछि रोपेका तरकारीमा पनि केही साना काला किराहरू र गनाउने किराहरू देखा परेका थिए र हामीले परमेश्‍वरलाई प्रार्थना गर्‍यौँ, तब ती किराहरूका प्राकृतिक शत्रु के हो सो सम्झियौं, अर्थात् खस्रे भ्यागुतो। हामीले खेतमा पाँचवटा खस्रे भ्यागुतो छोडिदियौं र केवल दुई महिनामै, तिनीहरू करिब ३० को हाराहारीमा वृद्धि भए। किराहरू घट्दै गए र हाम्रो फसल उत्पादन राम्रो भयो। यसका लागि म परमेश्‍वरप्रति धेरै आभारी छु। मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ, “‘परमेश्‍वरको अख्‍तियार’ भन्‍ने वाक्यांश बुझ्‍न नसकिने जस्तो देखिए तापनि, परमेश्‍वरको अख्तियार अमूर्त छैन। उहाँ मानिसलाई हरेक दिन डोर्‍याउँदै, उसको जीवनको हरेक क्षणमा उपस्थित हुनुहुन्छ। तसर्थ, वास्तविक जीवनमा, हरेक व्यक्तिले परमेश्‍वरको अख्‍तियारको सबैभन्दा मूर्त पक्षलाई अवश्य देख्‍नेछ र अनुभव गर्नेछ। यो मूर्त पक्ष नै परमेश्‍वरको अख्तियार साँचो अर्थमा अस्तित्वमा छ भन्ने कुराको पर्याप्त प्रमाण हो, र यसले व्यक्तिलाई परमेश्‍वरमा त्यस्तो अख्‍तियार रहेछ भन्‍ने तथ्यलाई पहिचान गर्न र बुझ्न सम्पूर्ण अवसर दिन्छ” (वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। परमेश्‍वरलाई धन्यवाद! म सोच्ने गर्थें कि मैले परमेश्‍वरको अख्तियारी बुझ्नको लागि केही मुख्य घटनाहरूलाई अनुभव गर्नुपर्छ यसकारण मैले दैनिक जीवनका स-साना कुराहरूमा यसलाई अनुभव गर्न ध्यान दिइन। त्यसपछि परमेश्‍वरको अख्तियारबारे बुझ्‍न मैले सोचेजस्तो कठिन छैन रहेछ भन्‍ने मैले थाहा पाएँ। उहाँको अख्तियारी र शक्तिलाई सधैं सहजै बुझ्‍न सकिन्छ, र हाम्रो दैनिक जीवनमा ती हामीसँगै छन्। यद्धपि यो ठूलो वा सानो जे भए पनि, जबसम्‍म हामी परमेश्‍वरका वचन अनुभव गर्नमा केन्द्रित हुन्छौं, तबसम्‍म हामी उहाँको अख्तियारलाई देख्नेछौं।

ती केही महिनाहरूलाई फर्केर सम्‍झँदा जब मैले ती किराहरूको आक्रमणको सामना गरें, सुरुमा मलाई केवल मेरो अनुभव र वैज्ञानिक ज्ञानमा मात्र निर्भर हुने कुरा थाहा थियो, तर त्यसले मलाई कहीँ पुर्‍याएन। जब मैले परमेश्‍वरका वचनहरू बुझें र अनुभव गरें, मैले उहाँका कार्यहरू देखें र परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको व्यवहारिक बुझाई प्राप्त गरें। परमेश्‍वरमाथिको मेरो विश्‍वास पनि बढ्यो। परमेश्‍वरलाई धन्यवाद!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परीक्षाहरूद्वारा शुद्ध पारिएको

यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

हृदयको छुटकारा

एक समय थियो म लगातार ईर्ष्यालु, भ्रष्ट स्वभाव लिएर बाँचिरहेको थिएँ। यो निकै पीडादायक थियो। मैले यसलाई जित्न वा छोड्न सकिनँ। मलाई मेरो खिल्ली उडाउँछन् भन्ने ठूलो डर हुन्थ्यो। यो दबाबपूर्ण अत्याचार थियो। ती साँच्चिकै थकाइ लाग्दो, कठिन समयहरू थिए। मलाई मेरो शैतानिक स्वभावको बन्धनबाट उम्कन अगुवाइ गर्ने परमेश्‍वरको वचन थियो। र यसले मेरो आत्मालाई स्वतन्त्र तुल्यायो।

Leave a Reply