के ज्ञानले साँच्चै तपाईंको भाग्य परिवर्तन गर्न सक्छ?

21 फ्रेवुअरी 2021

By Danyi, Japan

मेरो जन्म किसान परिवारमा भएको हो। मानिसहरूले हामीलाई तुच्छ नजरले हेर्थे किनभने हामी गरिब थियौं, अनि सानो छँदा मलाई प्रायजसो बहिस्कार गरिन्थ्यो र कठोर व्यवहार गरिन्थ्यो। स्कूल सुरु गरेपछि, मैले सधैँ मेरो शिक्षकको यस्तो भनाइ सुन्थें, “विद्वान बन्‍नु समाजको उच्च स्थानमा हुनु हो” र “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ।” त्यसैले, मैले कसम खाएँ कि म धेरै अध्ययन गर्नेछु, कलेजमा जानेछु, र म जस्तो किसान परिवारको केटीले के गर्न सक्छ सो हामीलाई तुच्छ नजरले हेर्नेहरूलाई देखाउनेछु। ज्ञान नै सब थोक हो अनि यो कसैको भाग्य खोल्ने चाबी हो भन्‍ने मलाई विश्‍वास लाग्थ्यो। यो धारणाले हाम्रो परिवारमा यस्तो दु:ख ल्याउनेछ भनेर मैले कहिल्यै सोचेको थिइन।

के ज्ञानले साँच्चै तपाईंको भाग्य परिवर्तन गर्न सक्छ?

मैले नब्बेको दशकमा कलेजको प्रवेश परीक्षा दिएँ। यसको तयारी गर्नको लागि म दिनरात पढ्ने गर्थेँ, चाँडै उठ्ने र ढिलो सुत्ने गर्थेँ। कहिलेकहीँ म खाना पनि खाँदिनथेँ। विद्यार्थीहरूमा म सँधै शीर्ष स्थान प्राप्त गर्थेँ, त्यसैले मेरा शिक्षकहरूले मेरो शिक्षामा सक्रिय चासो लिनुहुन्थ्यो। मेरो बारेमा भन्दा, ममा धेरै आत्मविश्‍वास थियो। तर, सबै अपेक्षाहरूको बाबजुद, म परीक्षामा असफल भएँ। यसले मलाई नैराश्यतामा डुबायो। म त्यो गाउँमा आफ्नो जीवन बिताउने कुरा सोच्न पनि सक्दिनथिएँ। तर मेरो बाबुआमाको वृद्ध अवस्था र हाम्रो आर्थिक अभावको कारणले गर्दा मैले त्यो यथार्थको सामना गर्नु बाहेक अरू विकल्प नै थिएन। मैले पुनःपरीक्षा दिने विचार त्याग्नुपर्ने भयो, त्यसैले मैले काम गर्न थालें। केही समयपछि मैले डिजाइन कम्पनीमा काम गर्न थालेँ। मैले प्रत्येक दिन अतिरिक्त समय काम गर्नुपर्थ्यो, तर तलब ज्यादै कम थियो। यस बीच, ती शिक्षा भएका र प्रमाणपत्र पाएकाहरूले थोरै काम गर्थे, र निकै बढी तलव पाउँथे, अनि पदोन्नतिको लागि थुप्रै अवसरहरू पाउँथे। यस्तो लाग्यो कि ज्ञान र उपाधिले मानिसहरूलाई अरूबाट मान सम्मान दिलाउँदो रहेछ। जसले मलाई अझ ज्ञानको पूजा गर्न बाध्य तुल्यायो। तर कलेज मेरो लागि विकल्‍प होइन भन्‍ने जानेर मलाई असन्तुष्ट र असहाय महसुस गरायो।

२००१ मा मेरो छोरी जन्मियो। मैले विश्‍वविद्यालय जाने मेरा सबै अधूरो सपनाहरू उनको काँधमा राखेँ। उनी सानै छँदा, मैले उनलाई भनेको थिएँ कि उज्वल भविष्य पूरा गर्ने एक मात्र तरीका भनेको कडा अध्ययन गर्नु र राम्रो कलेजमा जानु नै हो। हाम्रो आर्थिक अवस्था कमजोर थियो, तर उनले राम्रो शिक्षा हासिल गरोस् भनी सुनिश्चित गर्न, मैले उनलाई ट्यूशन कक्षाहरूमा जान, पाठ्य पुस्तकहरू किन्न, र इन्टरनेटबाट अध्ययन सामग्रीहरू डाउनलोड गर्न पैसा तिरी दिएँ। मैले उनको लागि ध्यानपूर्वक अध्ययनको तालिका पनि तयार गरिदिएँ। मैले उनलाई स्कूल पछि के-के गर्ने भनेर बताएँ, गृहकार्यमा कति समय खर्च गर्ने, पढ्न कति समय खर्च गर्ने … मैले उनको लागि समय तालिका भरी दिएँ। अध्ययनको क्रममा कसरी ध्यान केन्द्रित गर्ने सो उनले सिकेकी छिन् भन्‍ने कुरा सुनिश्चित गर्न, उनले एक घण्टासम्म अध्ययन नगरेसम्‍म उनले शौचालय पनि प्रयोग गर्न पाउँदिनन् भनेर मैले उनलाई भनेँ। जब उनी अध्ययन गर्थिन् म प्रायजसो सम्पूर्ण समय उनको निरीक्षण गर्थेँ, कहिलेकाहीँ त मध्यरातसम्म। मैले उच्च दबाब दिएर पढाएको कारणले गर्दा, उनको ग्रेड अलिकति राम्रो त भयो तर केही समयपछि मैले उनको शिक्षकबाट अनपेक्षित खबर पाएँ। तिनले भने: “हालसालै तपाईंको बच्चाले कक्षामा ध्यान दिन छोडेको छ। खाली समयमा उनी अरूसँग खेल्दिनन् र उनको पढाइको स्तर घटिरहेको छ, तर किन यस्तो भइरहेको छ भन्ने कारण हामीलाई थाहा छैन।” मैले यो कुरामा विश्‍वास गर्नै चाहिन। यो सोचेर मेरी छोरीप्रति ममा आक्रोशको उठ्यो, सोचेँ, “मैले तेरो लागि यति धेरै दुःख गरेँ, तेरो अध्ययनमा सहायता गर्नको लागि म कति कष्ट सहन्छु। तैँले कसरी मलाई यस्तो निराश पार्न सकिस्? घर आएपछि म तँलाई ठीक पार्नेछु!” मेरी छोरी फर्केर आएपछि, मैले उनलाई निकै बेर गाली गरें। उनी निराश भइन् र मैले उनलाई धेरै दबाबमा राख्छु भनेर भनिन्। उनी रोइन् र आफैलाई आफ्नो कोठाभित्र बन्द गरिन्। मैले उनलाई बाहिर ल्याउन सकिन। मैले असहाय महसुस गरेँ। म गहभरि आँसु लिएर सोफामा ढलेँ र सोचेँ: “मैले उनको लागि गरेको सबै वास्ताहरूलाई उनले कसरी गलत अर्थ लगाउन सकिन्?” त्यस बेलादेखि, म उनको शिक्षाको मामलामा, साह्रै ठूलो दुबिधामा परेँ। यदि मैले उनीसँग कडा व्यवहार गरेँ भने उनी तनावग्रस्त हुनेछिन् भन्‍ने मलाई डर थियो, र उनले कस्तो प्रतिक्रिया दिनेछिन् भन्‍ने कसलाई के थाहा? तर यदि मैले त्यसो गरिनँ भने, उनको शिक्षाको स्तर घट्नेछ अनि उनले कलेजमा भर्ना पाउनेछैनन्। म कसरी उनको उज्वल भविष्य सुनिश्चित गर्न सक्थेँ? मनमा यो कुरा लिएर म न त खान सक्थेँ न त सुत्नै सक्थेँ। एक दिन, मलाई मेरो आमाको याद आयो अनि कसरी उहाँले मसँग आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको सुसमाचार बाँड्नुहुन्थ्यो सो पनि मैले सम्झेँ। उहाँले मलाई प्रायजसो भन्नुहुन्थ्यो: “जब तिमी कठिनाइको सामना गर्छौ, तब तिमीले परमेश्‍वरसित प्रार्थना गर्न सक्छौ, र उहाँले तिमीलाई बाटो देखाउनुहुनेछ।” तसर्थ, मैले प्रार्थना गरेँ, र परमेश्‍वरलाई मेरो समस्याको बारेमा भनेँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न थालेँ र मण्डली जीवनमा पनि सहभागी भएँ।

एक पटक, मैले सडकमा एउटी बहिनीलाई भेटेँ। हाम्रो कुराकानीको क्रममा, मेरी छोरीको शिक्षाको कुराले मलाई भएको निराशाको बारेमा उनलाई बताएँ। उनले जवाफमा भनिन्: “हाम्रा केटाकेटीहरूलाई सिकाउनु, उनीहरूलाई राम्रो संस्कार दिनु, सही बाटो देखाउनु यी सबै बाबुआमाले गर्नुपर्ने काम हुन्। हामी सबै हाम्रा केटाकेटीहरू कलेज जाऊन् र उत्कृष्टता हासिल गरून् भन्‍ने चाहन्छौं। तसर्थ, म यो कुरा राम्रोसँग बुझ्छु। तर यो हुने वा नहुने भन्ने कुरा हाम्रो हात बाहिरको कुरा हो। हाम्रो भविष्य परमेश्‍वरको हातमा छ। हाम्रो रूप-रङ्ग, हाम्रो रोजगार, हाम्रो विवाह, हाम्रो शिक्षा, हाम्रो आर्थिक कुरा र हाम्रो जीवनको आयु … यी सबै कुरा हामी जन्‍मनुभन्दा अघि नै परमेश्‍वरले निर्णय गर्नुभएको थियो। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन। हाम्रा छोराछोरीहरू पनि त्यस्तै हुन्। उनीहरूको रूप-रङ्ग, चरित्र, जीवनमा उनीहरूको मार्ग, र भाग्यलाई उनीहरूका बाबुआमाको शिक्षाले बदल्न सक्दैन। कतिपय बाबुआमा बुद्धिजीवी, बुद्धिमान र सक्षम हुन्छन्। तर उनीहरूका छोराछोरीहरू मूर्ख, अयोग्य हुन्छन्, र केही हासिल गर्न नसक्ने खालका हुन्छन्। केही अभिभावकहरू असभ्य र साधारण हुन्छन्, तर उनीहरूका छोराछोरीहरू उज्वल र प्रतिभाशाली छन्, र उत्कृष्ट हुन्छन्। यसले हामीलाई हामीले जे-जति गरे पनि हामीले हाम्रो भाग्य परिवर्तन गर्न सक्दैनौं भन्‍ने देखाउँछ। भनाइ छ नि: ‘मानिसको भाग्य स्वर्गले निर्धारण गर्छ।’ हामीले आफ्ना छोराछोरीहरूलाई शिक्षा दिनका लागि आफ्नो जिम्मेवारीहरू पूरा गर्नुपर्दछ। तर हामीले यो सम्झनैपर्छ: ‘यथासक्दो गर, र बाँकी परमेश्‍वरकै हातमा छोड।’ यस तरिकाले तपाईंले यति धेरै पीडा सहनु पर्दैन।” उनले जे भनिरहेकी थिइन् सो कुरा ठीक हो भन्‍ने मलाई थाहा थियो। तिनी जानुभन्दा अघि तिनले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको दुई खण्ड उल्लेख गर्नुभयो अनि मैले ती पढ्नुपर्छ भनी मलाई भनिन्।

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको विधिमा आफ्नो भूमिका खेल्दै तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। “मानिसहरूलाई थाहा छ, तिनीहरू यो जीवनमा शक्तिहीन र आशाविहीन छन्, भीडभन्दा राम्रो हुनको लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नेबाहेक केही उपाय नै छैन। त्यसैले तिनीहरूले आफ्‍ना सबै आशाहरू, आफ्‍ना पूरा नभएका इच्‍छा र आकांक्षाहरू अर्को पुस्तामा लाद्छन् र आशा गर्छन् कि तिनीहरूका सन्तानले तिनीहरूलाई तिनीहरूका सपनाहरू पूरा गर्न अनि तिनीहरूका इच्‍छाहरू हासिल गर्न सहयोग गर्न सक्छन्; तिनीहरूले आशा गर्छन कि तिनीहरूका छोराछोरीहरूले परिवारको नाममा वैभव ल्याउनेछन्, तिनीहरू महत्त्वपूर्ण, धनी, अनि चर्चित बन्‍नेछन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले आफ्‍ना छोराछोरीको ऐश्वर्य उचाइमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू त पूर्ण छन्; तर के तिनीहरूले जन्माउने सन्तानहरूको संख्या, तिनीहरूका छोराछोरीको रूप, क्षमता आदि इत्यादि तिनीहरूले निर्णय गर्ने कुरा होइन, तिनीहरूको हातमा त आफ्ना सन्तानको नियति समेत छैन भन्‍ने तिनीहरूलाई थाहा छैन र? मानिसहरू आफ्‍नो नियतिका मालिक होइनन्, तैपनि तिनीहरूले नयाँ पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरूले आफ्‍ना छोराछोरीहरूको नियति नियन्त्रण गर्ने प्रयास गर्छन्। के तिनीहरू आफैले आफ्नो अधिक-मूल्याङ्कन गरिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। परमेश्‍वरको वचनले मेरो हृदयमा बोल्यो। जवान छँदा, मैले कलेज जाने मेरो सपना पूरा गर्न सधैँ कडा परिश्रम गर्थेँ, तर मेरो ठूलो प्रयासको बाबजुद पनि, म असफल भएँ। जब मेरो छोरीको जन्म भयो, यो भावना जाग्‍न थाल्यो। यो दोस्रो मौका हो जस्तो लाग्यो। मैले मेरा सबै आशाहरू मेरी छोरीको काँधमा राखेँ। मेरो छोरीले अझ बढी सिकोस्, उत्कृष्टता साथ अगाडि बढोस् र उज्वल भविष्य प्राप्त गरोस्, मेरो लागि मेरो सपना साकार गरोस् भन्‍ने मेरो चाहना थियो, तर मेरा प्रयासहरूको बाबजुद पनि, मैले सोचे अनुसार हुन सकेन। मेरी छोरी सधैँ संवेदनशील थिइन् र उनको व्यवहार राम्रो थियो, र उनको शैक्षिक स्तर पनि ठीकै थियो। मैले उनलाई दबाब दिन थालेपछि मात्रै उनको शैक्षिक स्तर खस्किन थाल्यो। उनले जीवनमा अपनाएको मार्ग र उनको शैक्षिक स्तर दुवै मेरो नियन्त्रण बाहिर थियो। त्यो सबै परमेश्‍वरको हातमा थियो। मैले त आफ्नै भाग्य पनि नियन्त्रण गर्न सकिन, मेरो छोरीको त कुरै नगरौं। म अहङ्कारी भएको थिएँ र मैले आफूलाई बढी नै महत्त्व दिएको थिएँ। यो वास्तविकताको महसुसले मलाई राहत मिल्यो।

त्यसपछि, मैले पहिला गर्ने गरे जस्तो मेरो छोरीको तालिका मिलाउन छोडिदिएँ, र उनीप्रति अत्याधिक माग राख्न छोडेँ। केही समयपछि, जब म विद्यालय गएँ, उनको शिक्षकले भन्यो: “तपाईंकी छोरी समझदार छिन् र उनमा ठूलो सम्भावना छ। केही प्रशिक्षणपछि उनी निश्चय पनि प्रमुख हाई स्कूलमा भर्ना पाउन सक्षम हुनुपर्छ। त्यस तरिकाले कलेजमा भर्ना पाउन समस्या हुनेछैन।” उनले जे भने त्यसले मेरो आचरणमा हलचल मच्चायो। मेरी छोरी कक्षामा शीर्ष स्थानमा आऊन् कि नआऊन् मलाई मतलब थिएन, तर उनी कलेज जाऊन् भन्‍ने म सधैँ चाहन्थेँ। अन्यथा, उनले पछि जीवनमा धेरै दबाबको सामना गर्नु पर्नेहुन्छ, र उनले समाजमा कहिल्यै राम्रो स्थान पाउनेछैन। उनलाई उत्कृष्ट विद्यार्थी बनाउने चाहना गर्दै मेरो श्रीमानले उनलाई अध्ययन गर्न बाध्य गर्न थाल्‍नुभएको रहेछ भन्‍ने मैले थाहा पाएँ। जब उनको राम्रो अङ्क आउथ्यो, उहाँले उनलाई इनाम दिनुहुन्थ्यो। राम्रो अङ्क नआए दण्ड दिनुहुन्थ्यो। म वास्तवमै उहाँसँग सहमत थिइनँ, तर मैले उहाँलाई रोक्नु पनि रोकिन। मैले यस्तो समेत सोचेँ, यदि उहाँको तरिकाले काम गर्यो भने र उनले वास्तवमै उत्कृष्ट नतिजा हासिल गरिन् भने, यसले हाम्रा पुर्खाहरूमा इज्‍जत ल्याउनेछ। तर, बिस्तारै मैले पत्ता लगाएँ कि त्यस्तो दबाबमा, हाम्री छोरी असामाजिक बन्दै गएकी छिन्। उनी हामीसँग नबोली आफूलाई कोठामा बन्द गर्थिन्, अनि मसँग सधैँ रिसाउथिन्। एक पटक, मेरो श्रीमानले उनलाई आई चिंग कण्ठ गर्न असफल भएकोमा गाली गर्नुभयो। उनी यति दुखी भइन् कि उनी घरबाट दौडेर गइन् र जोरले ढोका बन्द गरिन्। हामीले उनलाई खोज्यौं तर कतै भेट्टाएनौं। हामी उनलाई के भयो होला भनेर डरायौं र हाम्रो मनमा अनेक प्रकारका विचारहरू आए। “उनी कार दुर्घटनामा पर्छिन् कि? उनले केही मूर्खता पो गर्लिन् कि?” अन्तमा, उनी राती अबेर घर आइनन्, र मलाई ढुक्‍क भयो। त्यतिखेर, मैले एउटा समाचार हेरेँ जसले मुटु छोएर मेरो गला अवरुद्ध भयो। जूनियर हाई स्कूलको एउटा विद्यार्थीले शैक्षिक दबाबको कारण आत्महत्या गरेको थियो। मैले अनलाइनबाट थप जानकारी लिनको लागी खोजी गरेँ, र मैले जे फेला परेँ त्यो कुरा निकै डरलाग्दो थियो। धेरै विद्यार्थीहरूमा शैक्षिक दबाबको कारण मनोवैज्ञानिक समस्याहरूको विकास हुन्छ। केही असामाजिक हुन्छन् वा ध्यान केन्द्रित गर्ने क्षमता गुमाउँछन् अनि कतिले त आत्महत्या समेत गर्छन्। मलाई डरले पसिना छुट्यो र त्यसपछि त्यो रात सुत्न सकिनँ।

अर्को दिन, मेरी छोरीलाई के भन्ने भनेर मलाई चिन्ता भयो, किनभने कुनै गलत शब्‍दको कारणले उनी घरबाट भाग्‍न सक्छे, वा अझ खराब हुन सक्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछिको दिनहरूमा म झन् चिन्तित भएँ। फेरि, मेरो बच्चाको शिक्षाको बारेमा मेरो अडानलाई मैले जाँच्नु पर्नेभयो। म सँधै ज्ञानको पूजा गर्थें र ज्ञान प्राप्त गर्नाले र कलेजमा जानाले उज्वल भविष्यको लागि बाटो कोरिनेछ भन्‍ने सोच्थें। तर यहाँ मेरी छोरी तनावले तोडिँदै थिइन्। के गर्ने मलाई थाहा थिएन न त यो सबै कसरी भयो भन्‍ने नै थाहा थियो। जीवन किन यति धेरै दुःखकष्टहरू ले भरिएको छ भनेर म प्रश्‍न गर्थेँ। एक दिन मेरो भक्तिको समयमा मैले परमेश्‍वरको वचन वाचनका दुई वटा भिडियो हेरेँ। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान ‍औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति त्यहाँ पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि त्यहाँ उपयुक्त परिस्थिति पनि छैन। मानवको ह्रदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ। आफ्नो ह्रदयमा परमेश्‍वर नहुनुभएको हुनाले मानवको भित्री संसार अँध्यारो, आशाहिन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिका ह्रदयहरू र मनहरूलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोकहरू सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा व्यवहार गरेका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना ह्रदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका भविष्य तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ”)। “शैतानले ज्ञानलाई चारोको रूपमा प्रयोग गर्छ। ध्यान दिएर सुन्: ज्ञान भनेको एक प्रकारको चारो मात्रै हो। मानिसहरूलाई दिन प्रतिदिन कडा मेहेनतसाथ पढ्न र आफूलाई सुधार गर्न, ज्ञानलाई हतियार बनाएर आफैलाई त्यसद्वारा सुसज्‍जित पार्न, र विज्ञानको प्रवेशद्वार खुला गर्न ज्ञानलाई प्रयोग गर्न बहकाइन्छ; अर्को शब्‍दमा भन्दा, तैँले जति धेरै ज्ञान हासिल गर्छस्, तैँले त्यति नै बढी बुझ्‍नेछस्। शैतानले मानिसहरूलाई यी सबै कुराहरू बताउँछ; त्यसले मानिसहरूलाई महत्वाकांक्षा र अभिलाषाहरू बढाउँदै लैजान निर्देशन दिँदै तिनीहरूले ज्ञान सिक्‍ने क्रममा उत्कृष्ट आदर्शहरू लिनुपर्छ भनी बताउँछ। मानिसहरूलाई थाहै नभई शैतानले तिनीहरूलाई यस्ता विभिन्‍न सन्देशहरू दिन्छ अनि अचेतन रूपमै यी कुराहरू सही वा लाभदायक छन् भनी महसुस गर्ने तुल्याउँछ। अनजानमै मानिसहरूले यो मार्गमा पाइला चाल्छन्, अनजानमै तिनीहरू आफ्‍नै आदर्शहरू र महत्वाकांक्षाहरूद्वारा डोरिँदै जान्छन्। … शैतानको प्रलोभनमा परेर, अनजानमै तिनीहरू त्यसले तिनीहरूका लागि तयार गरेको बाटोमा हिँड्छन्। यो बाटोमा ओरालो लाग्‍ने क्रममा, तिनीहरूले शैतानका जिउने नियमहरू पछ्याउन बाध्य हुन्छन्। पूर्ण रूपमा अनभिज्ञ रहेर, जिउनको लागि तिनीहरूले आफ्‍नै नियमहरू निर्माण गर्छन्, तर ती शैतानका नियमहरू बाहेक केही पनि हुँदैनन् जसलाई त्यसले तिनीहरूको मनमस्तिष्कमा जबरजस्ती हालिदिएको हुन्छ। शैतानले तिनीहरूलाई तिनीहरूको सिकाइ प्रक्रियामा तिनीहरूका आफ्‍नै उद्देश्यहरू हुर्काउन र तिनीहरूका आफ्‍नै जीवन लक्ष्यहरू, जिउने नियमहरू र जीवन दिशा निर्धारित गर्न लगाउँछ र यस क्रममा मानिसहरूलाई तिनीहरू प्रलोभनमा परुन्जेल अलि-अलि गरी कथाहरू, जीवनीहरू र सम्‍भव भएका अरू सबै माध्यमहरूको प्रयोग गरेर तिनीहरूको मनमस्तिष्कमा शैतानका कुराहरू हालिदिन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)।

परमेश्‍वरको वचनले सबै मानव दुःखकष्टको स्रोतलाई औंल्याउँछ। हामी सरकारी शिक्षा, र परम्परागत संस्कृति तथा प्रख्यात व्यक्तिहरूको प्रभावद्वारा शैतानको विषमा डुबेका छौं, जस्तै “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ,” तथा “आफ्नो नियति आफ्नै हातमा हुन्छ,” “विद्वान बन्‍नु समाजको उच्च स्थानमा हुनु हो।” यसले हामीलाई ज्ञानको पछि लाग्ने बनाउँछ, ज्ञान नै सब थोक हो भनी सोच्ने बनाउँछ, ताकि हामीले भीडभन्दा माथि उठेर राम्रो जीवन बिताउन सकौं। हामी परमेश्‍वरको अस्तित्व र सार्वभौमिकतालाई इन्कार गरेर, ज्ञानको पछि लाग्न र त्यसको आराधना गर्न थाल्छौं। हामी परमेश्‍वरबाट टाढा हुन्छौं र विरोध गर्छौं, अनि परमेश्‍वर हाम्रो हृदयमा हुनुहुन्न। हामीले उहाँको वास्ता र सुरक्षा, अनि जीवनको लागि उहाँको सहायता नै गुमाउँछौं। हामी रित्तो र पतित हुन्छौं। धेरै व्यक्तिले ज्ञान, नाम र अरूको सम्मान पाएका छन्, तर उनीहरूको जीवन रित्तो र पीडादायी छ। धेरै उच्च-पदाधिकारीहरू बुद्धिमान छन् र डिग्री पाएकाहरू छन् तर पैसा, शक्ति र सामाजिक स्तरको लागी संघर्षरत् छन्, तिनीहरू एक-अर्कालाई धोका दिन्छन्, जाल बुन्छन् र हत्या गर्दछन्। तीमध्ये कतिपयले आफैलाई मार्छन् वा अरूद्वारा मारिन्छन्। कुनै व्यक्तिको ज्ञान-बुद्धि र हैसियतले उसको भाग्य वा अन्तिम परिणाममा कुनै प्रभाव पार्दैन। “आफ्नो नियति आफ्नै हातमा हुन्छ” र “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” मानिसहरूलाई झुक्याउने र भ्रष्ट पार्ने शैतानका झूटहरू हुन्। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो। मानव जातिलाई परमेश्‍वरको मुक्ति र जीवनको लागि उहाँको भरणपोषण चाहिन्छ। राम्रो परिणाम प्राप्त गर्नको लागि मानव जातिले केवल परमेश्‍वरको आराधना गर्नु र उहाँको सार्वभौमिकताको अधीनमा बस्नु मात्र आवश्यक छ। ज्ञानले भाग्य परिवर्तन गर्न सक्छ भन्ने ठान्दै मानिसहरू परमेश्‍वरबाट टाढा हुन्छन् र उहाँलाई त्याग्छन्। अन्ततः तिनीहरूले परमेश्‍वरको विरोध गर्छन् र नाश हुन्छन्। परमेश्‍वरले भन्नुभएकै छ: “यदि तँ आफ्ना काम-कार्बाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जहिले पनि असफल हुनेछस् र परमेश्‍वरका आशिष्‌हरूबाट सधैँ बञ्‍चित हुनेछस्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ”)। म ठ्याक्कै यस्तै थिएँ! मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म शैतानिक सिद्धान्तहरू अनुसार जिउथें, जस्तै “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” र “विद्वान बन्‍नु समाजको उच्च स्थानमा हुनु हो।” मैले कलेजमा भर्ना पाउन र उत्कृष्टता हासिल गर्न आफ्नो अध्ययनमा कुनै कसर बाँकी राखिनँ। जब मेरा सपनाहरू विफल भए, मलाई यस्तो लाग्यो कि अब जीवनको कुनै आशा छैन र जीवनको कुनै अर्थ छैन। मैले छोरी पाएपछि, उनलाई यी सबै दबाबहरू दिएर यी शैतानिक सिद्धान्तहरू उनीमाथि थोपरेँ, अन्त्यमा, यस दमनकारी वातावरणको कारण, उनी जिद्दी, नाजुक, असामाजिक र रिसाहा भइन्। उनले मसँग आफ्नो मनको कुरा बोल्न सक्दैन थिइन् र आमा-छोरी बीचको हाम्रो सम्बन्ध दुस्मन जस्तै बन्यो। म बाँच्नको लागि शैतानका सिद्धान्तहरू अनुसार जिउथें, आफूलाई बरबाद गर्ने मात्र होइन, तर मेरी छोरीलाई पनि कष्टपूर्ण जीवन जिउन बाध्य पार्दै, झण्डै उनको जीवन बरबाद गरेँ। यो शैतानले गरेको क्षतिबाट आउँछ। मलाई थाहा भयो कि यदि मैले ज्ञान र क्षमताको माध्यमबाट मेरो बच्चाको भाग्य बदल्न चाहेर, शैतानका सिद्धान्तहरू अनुसार जिउने कार्यलाई नै निरन्तरता दिएको भए, मैले उसलाई असफलता मात्र दिनेथिएँ। तब मैले यो बुझेँ: मेरी छोरीको भाग्य र उनको भविष्यको सम्भावनाहरूबारे कलेज जाने वा नजाने कुराले निर्णय गर्दैन। परमेश्‍वरको आराधना गर्नु मात्रै सकारात्मक भविष्य प्राप्त गर्ने उपाय हो। बाबुआमाको रूपमा हामीले आफ्ना बच्चाहरूलाई परमेश्‍वरको वचनको सत्यतामा आधारित शिक्षा सिकाउनुपर्छ, र उनीहरूलाई जीवनको सही मार्गमा डोर्‍याउनु आवश्यक छ। यो उनीहरूप्रतिको हाम्रो उत्तरदायित्व हो।

पछिका दिनहरूमा, मैले मेरी छोरीलाई अध्ययन गर्न र शीर्ष स्थानको विद्यार्थी बन्न जबरजस्ती गर्ने काम बन्द गरेँ। म यी कुराहरूलाई आफ्नै बाटो लिन दिन्छु। साँझमा, म उनको साथ परमेश्‍वरको वचन पढ्ने गर्छु। अनि कसरी परमेश्‍वरले स्वर्ग र पृथ्वी र यावत् थोक सृष्टि गर्नुभयो, कसरी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिन्छन्, कसरी परमेश्‍वरले हामीलाई बचाउनुहुन्छ, आदि कुराहरू उनलाई सिकाउँछु। मेरी छोरीले कठिनाइको सामना गर्नु पर्दा, उनले प्रार्थना गर्न र परमेश्‍वरमा भर पर्न जानेकी छिन्। उनी बिस्तारै झन्-झन् समझदार बनिन् र पहिलाभन्दा धेरै मुस्कुराउन थालिन्। उसको शैक्षिक स्तर पनि पहिलेको भन्दा अझ राम्रो भयो र हाम्रो सम्बन्ध अझ सुमधुर भयो। एक दिन, मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ: “हामी ज्ञानको सबैभन्दा सतही पक्षलाई सम्‍बोधन गर्दै सुरु गर्नेछौं। के भाषाहरूका व्याकरण र शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? के शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छ त? (सक्दैन।) शब्‍दहरूले मानिसहरूलाई भ्रष्ट तुल्याउँदैनन्; ती त मानिसहरूले बोल्‍नको लागि प्रयोग गर्ने साधन हुन् र ती मानिसहरूले परमेश्‍वरसँग कुराकानी गर्ने साधन पनि हुन्, वर्तमानमा, परमेश्‍वरले भाषा र शब्‍दहरूद्वारा नै मानिसहरूसँग कुराकानी गर्नुहुन्छ भन्‍ने कुरालाई उल्‍लेख गरिरहनु नपर्ला। ती साधनहरू हुन्, अनि ती अत्यावश्यक कुराहरू हुन्। एक जोड एक दुई हुन्छ, र दुई गुणा दुई चार हुन्छ; के यो ज्ञान होइन र? तर के यसले तँलाई भ्रष्ट तुल्याउन सक्छ? यो आम ज्ञान हो—यो एक निश्‍चित ढाँचा हो—र यसले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्दैन। त्यसो भए कस्तो प्रकारको ज्ञानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ? भ्रष्ट तुल्याउने ज्ञान भनेको शैतानका दृष्टिकोण र विचारहरूसँग मिश्रित भएको ज्ञान हो। शैतानले ज्ञानको माध्यमद्वारा यी दृष्टिकोण र विचारहरूलाई मानवजातिमा हालिदिन खोज्छ। उदाहरणको लागि, कुनै निबन्धमा, लिखित शब्‍दहरू आफै गलत हुँदैनन्। लेखकले लेख लेख्दा जुन दृष्टिकोण र अभिप्रायले लेख्छ त्यसमा, र साथसाथै तिनीहरूको विचारको विषयवस्तुमा समस्या हुन्छ। यी कुराहरू आत्माका कुराहरू हुन्, अनि तिनले मानिसहरूलाई भ्रष्ट तुल्याउन सक्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ५”)। परमेश्‍वरको वचनले मलाई ज्ञान प्राप्तिको बारेमा केही अन्तर्दृष्टि प्रदान गर्‍यो। व्यावहारिक ज्ञान एक सकारात्मक कुरा हो जुन सबैमा हुनुपर्छ, किनकि यसले उनीहरूको क्षमतालाई सुदृढ गराउँछ। हामीले यसको राम्रोसँग प्रयोग गर्नुपर्छ। लेखन र सङ्गीतको ज्ञान राम्रो कुरा हो। केही विज्ञानको ज्ञान हुनु पनि राम्रो कुरा हो, जस्तै उपकरण सम्बन्धी, रसायन शास्त्र, भौतिक शास्त्र, साथै औषधी सम्बन्धी र खाना पकाउने ज्ञान। यी हामीलाई बाँच्नको लागि आवश्यक पर्ने साधनहरू हुन्, र सबैलाई राम्रोसँग बुझ्नुपर्छ। तर ज्ञान नै सत्य भने होइन। यसले व्यक्तिलाई परिवर्तन गर्न सक्दैन न त यो उनीहरूको जीवन नै हुन सक्छ। यसको अन्धाधुन्ध आराधना गर्नु हुँदैन। मानिसहरूले जति धेरै सिके पनि, जबसम्म उनीहरू सत्यतामा जिउँदैनन् तबसम्म उनीहरू शैतानको भ्रष्टताबाट कहिल्यै उम्कनेछैनन्। उनीहरूको जीवन पीडादायी र रित्तो हुनेछ, अनि जब ठूला विपत्तिहरू आउँछन्, तिनीहरू नाश हुनेछन्। मैले कहिले पनि सत्यतालाई बुझ्दिनथिएँ र कसरी ज्ञान आर्जन गर्ने भन्‍ने थाहा थिएन। म शैतानको विषमा परेको थिएँ, ज्ञानको खोजीले मेरो भाग्य परिवर्तन गर्न सक्छ र मलाई अरूभन्दा माथि हुन मद्दत गर्छ भन्‍ने ठानेँ। जब मेरा सपनाहरू चकनाचूर भए, मैले मेरा सबै आशाहरू मेरी छोरीको काँधमा राखिदिएँ। मैले आफ्नो सबै समय, पैसा र ऊर्जा उनको अध्ययनमा खर्च गरे, उनलाई कलेजमा भर्ना हुन दबाब दिएँ। तर उनी झन्-झन् बढी असामाजिक बन्न पुगिन् र झण्डै घरबाट भागिन्। शैतानले मलाई गहिरो चोट पुर्‍याएको थियो, यो सत्य हो, तर यसले मेरी छोरीलाई झन् बढी क्षति पुर्‍याएको छ। हाम्रो सम्पूर्ण परिवारलाई नै शैतानको यो झूटबाट क्षति भएको थियो “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ।” सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले मलाई के देखायो भने, कसरी शैतानले मानिसहरूलाई छल गर्न र भ्रष्ट पार्न ज्ञानको प्रयोग गर्दछ। ज्ञान नै सत्यता होइन। यसले हामीलाई परिवर्तन गर्न वा मुक्ति दिन सक्दैन। परमेश्‍वर मात्र सत्य हुनुहुन्छ, र केवल परमेश्‍वरका वचनहरूले मात्र हामीलाई मुक्ति दिन सक्छ। अब मलाई थाहा भयो कि मेरो बच्चालाई परमेश्‍वरमा विश्‍वास गर्न, उहाँको वचन अध्ययन गर्न र सत्यको पछि लाग्न सिकाउनु नै जीवनको एक मात्र सही मार्ग हो।

एक दिन, मेरी छोरीले मलाई झगडा, लडाईं, धूम्रपान, मद्यपान गर्ने, र खुल्लमखुल्ला एक–अर्कासँग प्रेमालाप गर्ने अरू विद्यार्थीहरूका बारेमा भनिन्। स्कूलले त्यस्ता व्यवहारहरूप्रति आँखा चिम्लेको थियो र उनीहरूका बाबुआमाका हातहरू बाँधिएको सरह थिए। जब मैले मेरी छोरीलाई उनको विचार के छ भनी सोधेँ, उनले भनिन्: “म परमेश्‍वरमा विश्‍वास गर्दछु। म ती कामहरू गर्दिन किनकी परमेश्‍वरलाई ती मन पर्दैन।” यसले मेरो मन छोयो। यदि मैले उनलाई परमेश्‍वर सामु नल्याएको भए अनि सत्य बुझ्नको लागि परमेश्‍वरको वचन पढ्न नलगाएको भए, उनी शायद ती केटाकेटीहरू जस्तै गलत बाटोमा लाग्‍ने थिइन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनले नै मलाई परिवर्तन गर्‍यो, मलाई ज्ञानको बन्धनबाट स्वतन्त्र गरायो र मेरी छोरीलाई सही मार्गमा डोर्‍याउन मलाई मद्दत गर्‍यो। मेरो हृदयदेखि नै सर्वशक्तिमान्‌ परमेश्‍वरलाई उहाँले दिनुभएको सुरक्षा र मुक्तिको लागि म धन्यवाद दिन्छु!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

धन-दासको जागरण

By Xingwu, China म सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क...

Leave a Reply