परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गरिएको कार्य पर्दैन, तर व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगका कामका तीन चरणहरू हुन्। संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो। यो मानिसलाई मुक्ति दिने काम थिएन, मानवजातिलाई मुक्ति दिने कार्यसँग यसको कुनै सरोकार छैन, किनभने संसार सृष्टि गर्दा मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका थिएनन्, त्यसैले मानवजातिको मुक्तिको कार्यलाई अघि बढाउनु आवश्यक थिएन। जब मानवजाति शैतानद्वारा भ्रष्ट भयो तब मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो, त्यसैले मानवजाति भ्रष्ट भएपछि मात्र मानवजातिको व्यवस्थापनको कार्य सुरुवात भयो। अर्को शब्दमा, परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानवजातिलाई उद्धार गर्ने कार्यको परिणामस्वरूप प्रारम्भ भयो र यो संसारलाई सृष्टि गर्ने कुराबाट उदय भएन। मानवजातिले भ्रष्ट स्वभाव प्राप्त गरेपछि मात्र व्यवस्थापनको कार्य अस्तित्वमा आयो, त्यसैले मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा चार चरणहरू वा चार युगहरूभन्दा पनि तीन भागहरू पर्छन्। परमेश्‍वरले मानवजातिको व्यवस्थापन गर्ने कार्यलाई जनाउने उपयुक्त तरिका यही मात्र हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। व्यवस्थापन कार्यको समाप्तिको अर्थ सबै मानवजातिलाई उद्धार गर्ने कार्य पूर्ण रूपमा सिद्धिनु र मानवजाति तिनीहरूको यात्राको अन्तमा पुगिसकेको हुनु भन्‍ने हो। सारा मानवजातिलाई मुक्ति दिने कार्यविना मानवजातिको व्यवस्थापनको कार्य अस्तित्वमा रहने थिएन, न त कार्यका तीन चरणहरू नै हुनेथिए। यो त मानवजातिको भ्रष्टताकै कारणले थियो र मानवजाति मुक्तिको तत्काल आवश्यकतामा थियो त्यसकारण परमप्रभुले सृष्टिको काम टुङ्ग्याउनुभयो र व्यवस्थाको युगको काम सुरुवात गर्नुभयो। त्यसपछि मात्र मानवजातिको व्यवस्थापन गर्ने कार्य सुरुवात भयो, जसको अर्थ त्यसपछि मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो भन्‍ने हुन्छ। “मानवजातिको व्यवस्थापन” को अर्थ पृथ्वीमा भर्खरै सृष्टि गरिएका मानवजातिको जीवनको अगुवाइ गर्नु होइन (जसको तात्पर्य, मानवजाति अझै भ्रष्ट भएको थिएन)। बरु, यो त शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको मुक्ति हो, जसको तात्पर्य, यो भ्रष्ट मानवजातिलाई रूपान्तरण गर्नु हो। “मानवजातिको व्यवस्थापन” को अर्थ यही हो। मानवजातिलाई मुक्ति दिने कार्यमा संसार सृष्टि गर्ने कुरा पर्दैन, त्यसरी नै मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर यसमा संसारको सृष्टिभन्दा अलग कार्यका तीन चरणहरू मात्र पर्छन्। मानवजातिको व्यवस्थापनको कार्यलाई बुझ्न कार्यका तीन चरणहरूका इतिहासप्रति सजग हुनु आवश्यक हुन्छ—मुक्ति पाउनको निम्ति हरेक व्यक्ति यही कुरामा सजग हुनुपर्छ। परमेश्‍वरको सृष्टिहरू भएको हैसियतले, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनी तिमीहरूले जान्नुपर्छ र मानवजातिको भ्रष्टताको स्रोत र यसको अलाबा, मानिसको मुक्तिको प्रक्रियालाई तिमीहरूले पहिचान गर्नुपर्छ। यदि तिमीहरूलाई परमेश्‍वरको कृपा पाउने प्रयासमा सिद्धान्तअनुसार काम गर्न मात्र आउँछ, तर परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ वा मानवजातिको भ्रष्टताको स्रोतको बारेमा थाहा छैन भने, परमेश्‍वरको प्राणी भएको हैसियतले तिमीहरूमा यही कुराको कमी छ। परमेश्‍वरको व्यवस्थापन कार्यको व्यापक क्षेत्रप्रति अनभिज्ञ रहँदा पनि व्यवहारमा उतार्न सकिने ती सत्यताहरूको बुझाइसित मात्र तँ सन्तुष्ट हुनु हुँदैन—यदि यस्तै अवस्था हो भने तँ अत्यन्त कट्टर छस्। कार्यका तीन चरणहरू मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्य, समग्र ब्रम्‍हाण्डमा सुसमाचारको आगमन, सबै मानवजाति माझ महान्‌ रहस्यका भित्री कथा हुन्, र तिनीहरू सुसमाचार फैलाउने क्रियाको जग पनि हुन्। यदि तँ आफ्नो जीवनसँग सम्बन्धित साधारण सत्यताहरू बुझ्नमा मात्र ध्यान दिन्छस् र सारा रहस्यहरू र दर्शनहरूभन्दा महान्‌ यो कुराबारे केही जान्दैनस् भने त, के तेरो जीवन हेर्नको लागि बाहेक केही कामको नहुने बिग्रेको सामग्रीजस्तो छैन र?

यदि मानिसले अभ्यासमा मात्र ध्यान दिन्छ, र परमेश्‍वरको काम र मानिसको ज्ञानलाई द्वित्तिय कुराको रूपमा हेर्छ भने, के यो बढी महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गरेर स-साना कुराहरूप्रति लिप्त हुनुजस्तो होइन र? तैँले जे कुरा जान्नुपर्छ सो तैँले जान्नु नै पर्छ; जुन कुरालाई तैँले व्यवहारमा लागू गर्नुपर्छ त्यसलाई तैँले व्यवहारमा उतार्नैपर्छ। त्यसपछि मात्र तँ सत्यताको अनुसरण कसरी गर्नुपर्छ भनी जान्ने व्यक्ति बन्‍नेछस्। जब तैँले सुसमाचार फैलाउने समय आउँछ, यदि तँ परमेश्‍वर महान्‌ र धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँ कुनै पनि महान्‌ मानिससँग तुलना गर्न नसकिने एक सर्वोच्च परमेश्‍वर हुनुहुन्छ र उहाँ त्यस्तो परमेश्‍वर हुनुहुन्छ जोभन्दा माथि अरू कोही छैन मात्र भन्न सक्छस् भने…, यदि तँ अत्यन्त महत्त्वपूर्ण र मूलभूत कुराहरू भएका वचनहरू भन्नलाई पूर्ण रूपमा असमर्थ छस् तर यी असान्दर्भिक र सतही कुराहरू मात्र भन्न सक्छस् भने; यदि तैँले परमेश्‍वरलाई चिन्‍ने वा परमेश्‍वरको कामबारे केही भन्‍नु छैन, यसको साथै, सत्यताको व्याख्या गर्न, वा मानिसमा केको कमी छ सो प्रदान गर्न सक्दैनस् भने, तँजस्तो व्यक्ति आफ्नो कर्तव्य पूरा गर्न असमर्थ हुन्छ। परमेश्‍वरको गवाही दिने र राज्यको सुसमाचार फैलाउने काम साधारण कुरा होइन। तँ पहिले सत्यता र बुझ्‍नै पर्ने दर्शनहरूले सुसज्जित हुनुपर्छ। जब तँ परमेश्‍वरको कामको विभिन्न पक्षहरूको दर्शनहरू र सत्यताहरूबारे स्पष्ट छस् भने, तब तैँले आफ्नो हृदयमा परमेश्‍वरको कामबारे थाहा पाउँछस् र परमेश्‍वरले धार्मिक न्याय वा मानिसको शुद्धीकरणको काम जे गर्नुभए पनि तँसित तेरो जगको रूपमा महान् दर्शन हुन्छ र तँसित अभ्यास गर्नु पर्ने सत्यता हुन्छ, अनि तैँले परमेश्‍वरलाई अन्तसम्म नै पछ्याउन सक्‍नेछस्। उहाँले जे काम गर्नुभए पनि परमेश्‍वरको कामको लक्ष्य बदलिँदैन, उहाँको कामको मर्म बद्लिँदैन र मानिसप्रति उहाँको इच्‍छा बद्लिँदैन भन्ने तैँले जान्नुपर्छ। उहाँका वचनहरू जति नै कठोर भए पनि, वातावरण जति नै प्रतिकूल भए पनि, उहाँका कामका सिद्धान्तहरू परिवर्तन हुँदैनन् र मानिसलाई उद्धार गर्ने उहाँको अभिप्राय परिवर्तन हुँदैन। यदि यो मानिसको अन्त वा मानिसको गन्तव्यको प्रकाशको कार्य होइन भने, र अन्तिम चरणको काम वा परमेश्‍वरको व्यवस्थापनको समग्र योजनाको कार्यलाई समाप्‍त गर्ने होइन भने, र यदि यो मानिसलाई तयार पार्ने समयमा भने, न त उहाँको कामको मर्म नै परिवर्तन हुन्छ। मानवजातिको मुक्ति नै सदैव उहाँको कामको मर्म हुनेछ; परमेश्‍वरप्रति तिमीहरूको विश्‍वासको आधार यही नै हुनुपर्छ। कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको अधिकार क्षेत्रबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापन, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यक अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने सो कुरालाई पहिचान गर्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ। तैँले अभ्यासका सहज तरिका वा गहन सत्यताहरूलाई मात्रै पछ्याउनु हुँदैन, तर अभ्यासलाई दर्शनहरूसँग समायोजन गर्नुपर्छ, ताकि व्यवहारमा उतार्न सकिने सत्यता र दर्शनहरूमा आधारित ज्ञान दुवै हुन्छन्। त्यसपछि मात्र तँ सत्यतालाई पूर्ण रूपमा अनुसरण गर्ने व्यक्ति बन्‍नेछस्।

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्ति गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँको इच्छाबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र? के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ मानिसहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” लाई गाभ्ने प्रयास गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो जन्मजात स्वभावलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र? परमेश्‍वरको कामको तीन चरणहरूको महत्त्व तिमीहरूले किन जान्नुपर्छ सो आज तिमीहरूले बुझ्नुपर्छ। मैले तिमीहरूलाई भनेका वचनहरू रित्तो गफहरू होइनन् तर यी तिमीहरूका लागि फाइदाजनक छन्। यदि तिमीहरूले यिनीहरूलाई घोडा चढेर जाँदा बाटोमा फूलको प्रशंसा गरेझैँ पढ्छौं भने, के मेरो परिश्रम व्‍यर्थै हुनेछैन र? तिमीहरू हरेकले आ-आफ्नो स्वभाव बुझ्नुपर्छ। तिमीहरूमध्ये धेरै जना तर्क गर्न खप्पिस छौ; सैद्धान्तिक प्रश्‍नहरूप्रतिको जबाफहरू तिमीहरूको जिब्रोबाट फरर निस्‍कन्‍छन्, तर मूलभूत निहित प्रश्‍नहरूबारे बताउन तिमीहरूसँग कुनै कुरा हुँदैन। तिमीहरू आज पनि असावधानी कुराकानीमा लिप्त नै हुन्छौ, तिमीहरूका पुरानो स्वभाव बदल्न सक्दैनौ र उच्च सत्यता हासिल गर्नको निम्ति तिमीहरूमध्ये धेरै जनासित तिमीहरूले अनुसरण गरिरहेका मार्ग परिवर्तन गर्ने कुनै इरादा छैन, बरु आफ्नो जीवन उदासीन रूपमा जिउँछौ। यस्ता मानिसहरूले कसरी अन्तसम्म परमेश्‍वरलाई पछ्याउन सक्छन्? यदि तिमीहरू अन्तसम्म नै यस मार्गमा हिँड्न सके तापनि, तिमीहरूलाई के लाभ हुनेछ र? ढिलो हुन अघि नै तिमीहरूको विचार परिवर्तन गर्नु उत्तम हुन्छ, कि त साँचो रूपमा अनुसरण गर कि त पहिले नै हटिजा। समय बित्दै जाँदा तिमीहरू आश्रित परजीवी हुनेछौ—के तिमीहरू यस्ता नीच र अधम भूमिका खेल्‍न तत्पर छौ?

कामका तीन चरणहरू परमेश्‍वरको सम्पूर्ण कामको अभिलेख हो; ती मानवजातिको निम्ति परमेश्‍वरको मुक्तिको अभिलेख हुन् र तिनीहरू काल्पनिक कुरा होइनन्। यदि तँ परमेश्‍वरको सम्पूर्ण स्वभावको ज्ञान खोज्ने इच्छा गर्छस् भने, परमेश्‍वरले गर्नुभएको कार्यको तीन चरणहरूलाई तिमीहरूले जान्नुपर्छ, यसको अलाबा, तिमीहरूले कुनै पनि चरणलाई छोड्नु हुँदैन। परमेश्‍वरलाई चिन्न चाहनेहरूले हासिल गर्नुपर्ने न्यूनतम कुरा यही हो। मानिस स्वयम्‌ले परमेश्‍वरको साँचो ज्ञान निर्माण गर्न सक्दैन। यो मानिस स्वयम्‌ले कल्पना गर्न सक्‍ने कुरा होइन, न त यो कुनै एक जनालाई गरिएको पवित्र आत्माको विशेष कृपाको परिणाम नै हो। बरु, यो त परमेश्‍वरको कामलाई अनुभव गरेपछि मानिसमा आउने ज्ञान हो र यो परमेश्‍वरको कामका तथ्यहरूलाई अनुभव गरेपछि मात्र आउने परमेश्‍वरको ज्ञान हो। यस्तो ज्ञान हतारमा हासिल गर्न सकिँदैन, न त यो सिकाउन सकिने कुरा नै हो। यो पूर्ण रूपमा व्यक्तिगत अनुभवसँग सम्बन्धित कुरा हो। मानवजातिको निम्ति परमेश्‍वरको मुक्ति कार्यका यी तीन चरणहरूको सार हो, तैपनि मुक्तिको कामभित्र परमेश्‍वरको स्वभाव व्यक्त गरिने कामका केही विधिहरू र केही माध्यमहरू समावेश छन्। मानिसले पहिचान गर्नको लागि सबैभन्दा कठिन यही हो र मानिसले बुझ्नको लागि जटिल कुरा यही हो। युगहरूको विभाजन, परमेश्‍वरको कामका परिवर्तनहरू, कामको अवस्थितिमा हुने परिवर्तनहरू, यो कार्यको प्रापकहरूमा आउने परिवर्तन र अरू यस्तै कुराहरू सबैलाई कामको तीन चरणहरूमा समावेश गरिएका छन्। निश्‍चित रूपमा, पवित्र आत्माको काम गर्ने तरिकामा भिन्नता, साथै परमेश्‍वरको स्वभाव, स्वरूप, नाउँ, पहिचान वा अन्य परिवर्तनहरूमा हुने बदलावहरू सबै कार्यको तीन चरणहरूका हिस्सा हुन्। कामको एउटा चरणले एक भागको मात्र प्रतिनिधित्व गर्न सक्छ, र यो निश्‍चित क्षेत्रभित्र सीमित हुन्छ। अन्य पक्षहरूको त कुरै छोडौं, यसले युगहरूको विभाजन वा परमेश्‍वरको काममा परिवर्तनलाई पनि समेट्दैन। यो स्पष्ट तथ्य हो। कामका तीन चरणहरू परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने कामको पूर्णता हो। मुक्तिको काममा परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरको स्वभावलाई मानिसले जान्नुपर्छ; यो तथ्य विना, परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान खोक्रा शब्दहरू बाहेक अरू केही पनि होइन, यो अव्यवहारिक धर्माध्यक्षताभन्दा केही पनि होइन। यस्तो ज्ञानले न त मानिसलाई विश्‍वस्त पार्छ न जित्न नै सक्छ; यो यथार्थतासँग मेल खाँदैन, र यो सत्य होइन। यो कानको निम्ति प्रचुर र प्रसन्न तुल्याउने कुरा हुनसक्छ, तर यदि यो परमेश्‍वरको निहित स्वभावसँग मेल खाँदैन भने, परमेश्‍वरले तँलाई छोड्नुहुनेछैन। उहाँले तेरो ज्ञानको सराहना मात्र गर्नुहुनेछैन तर उहाँको निन्दा गर्ने पापी भएकोमा उहाँले तँलाई प्रतिशोध पनि लिनुहुनेछ। परमेश्‍वरलाई चिन्ने सम्‍बन्धी शब्दहरूलाई हल्का रूपमा बोलिँदैन। तँ वाक्पटु र सुवक्ता नै भए पनि र तँ सेतोलाई कालो र कालोलाई सेतो बनाउने गरी चतुर नै भए तापनि परमेश्‍वरको ज्ञानको बारे बताउनु पर्दा तँ आफ्नो गहनताभन्दा बाहिर हुनेछस्। परमेश्‍वर तिमीहरूले सुझबुझविना नै न्याय गर्न सक्‍ने वा अकस्मात् रूपमा प्रशंसा गर्न सक्‍ने वा बेपर्बाही रूपमा बदनाम गर्न सक्‍ने कुनै व्यक्ति हुनुहुन्‍न। तैँले कुनै वा हरेकको प्रशंसा गर्छस्, तैपनि परमेश्‍वरको महान् सद्गुण र अनुग्रहीपनको वर्णन गर्नलाई सही शब्द पाउन तँलाई गाह्रो हुन्छ—हरेक हरुवाले यही महसुस गर्न पुग्छ। परमेश्‍वरको बारे वर्णन गर्न सक्‍ने धेरै भाषिक विशेषज्ञहरू भए तापनि तिनीहरूले वर्णन गरेका कुराहरू भनेका परमेश्‍वरका मानिसहरूले बताएको सत्यताको सय भागको एक भाग मात्र हुन्, तिनीहरूसँग सीमित शब्दावलीहरू हुने भए तापनि, प्रयोग गर्नलाई प्रचुर अनुभव उपलब्ध हुन्छ। यसैले परमेश्‍वरको ज्ञान शब्दहरूको चलाकीपूर्ण प्रयोगमा होइन सत्यता र यथार्थतामा रहन्छ अनि मानिसको ज्ञान र परमेश्‍वरको ज्ञान पूर्ण रूपमा असम्बन्धित कुराहरू हुन् भन्ने देख्न सकिन्छ। परमेश्‍वरलाई चिन्ने पाठ मानवजातिको कुनै पनि प्राकृतिक विज्ञानभन्दा उच्च छ। यो परमेश्‍वरलाई जान्न खोज्ने अत्यन्त थोरै मानिसले मात्र हासिल गर्न सक्ने पाठ हो र यसलाई कुनै पनि प्रतिभावान् मानिसले हासिल गर्न सक्दैन। त्यसैले, तिमीहरूले परमेश्‍वरलाई चिन्ने र सत्यता अनुसरण गर्ने कुरालाई बालकले पनि हासिल गर्न सक्ने कुराको रूपमा हेर्नु हुँदैन। सायद तँ आफ्‍नो पारिवारिक जीवनमा वा आफ्नो जीविकोपार्जनमा, वा आफ्नो विवाहमा पूर्ण रूपमा सफल छस् होला, तर जब सत्यता र परमेश्‍वरलाई चिन्ने कुरा आउँछ, तब तँसित आफ्नो निम्ति देखाउने कुरा केही पनि हुँदैन र तैँले केही पनि हासिल गरेको हुँदैनस्। सत्यतालाई व्यवहारमा उतार्न तिमीहरूलाई महाकठिन हुन्छ र परमेश्‍वरलाई चिन्ने कुरा अझै ठूलो समस्यापूर्ण हुन्छ भन्न सकिन्छ। यो तिमीहरूको कठिनाइ हो र यो सारा मानवजातिले भोगेको कठिनाइ पनि हो। परमेश्‍वरलाई चिन्ने क्रममा केही उपलब्धि हासिल गर्नेहरूमध्ये मापदण्डसम्म आइपुगे लगभग कोही पनि छैन। परमेश्‍वरलाई चिन्नुको अर्थ, वा परमेश्‍वरलाई जान्न कि आवश्यक छ वा परमेश्‍वरलाई चिन्न कुन हदसम्म हासिल गर्नुपर्छ भन्ने मानिसले जान्दैन। यो मानवजातिको निम्ति निकै अन्यौलपूर्ण कुरा हो र यो मानवजातिले सामना गर्ने सबैभन्दा ठूलो अड्को हो—यो प्रश्नको जवाफ दिन सक्षम कोही पनि छैन, न त यो प्रश्‍नको जवाफ दिन नै कोही तत्पर छ, किनभने हालसम्म कुनै पनि मानवजातिले यो कार्यको अध्ययनमा कुनै सफलता हासिल गरेको छैन। सायद, मानवजातिलाई कार्यको तीन चरणहरूको अड्को प्रकट गरिँदा परमेश्‍वरलाई चिन्ने प्रतिभाशाली मानिसहरूको एउटा समूह अनुक्रममा देखा पर्नेछ। अवश्य नै, त्यही होस् भन्ने म आशा गर्छु, यसको साथै, म यो काम कार्यान्वयन गर्ने क्रममा छु र निकट भविष्यमा यस्ता धेरै प्रतिभाशाली मानिसहरू देखा परेको देख्ने आशा गर्छु। तिनीहरू कार्यका यी तीन चरणहरूको तथ्यको गवाही दिनेहरू बन्नेछन् र अवश्य नै, तिनीहरू कामको यी तीन चरणहरूको गवाही दिनमा पहिलो पनि हुनेछन्। तर परमेश्‍वरको काम अन्त हुने दिनमा यस्ता प्रतिभाशाली मानिसहरू देखा परेनन् भने वा देहधारी परमेश्‍वरले सिद्ध तुल्याएर व्यक्तिगत रूपमा स्वीकार गर्नुहुने व्यक्ति एक वा दुई जना मात्र भए भने त्योभन्दा अरू कष्टदायी र खेदपूर्ण कुरा केही पनि हुँदैन। तथापि, यो एक खराब घटनाको परिदृश्य मात्रै हो। मामला जेसुकै होस्, उहाँलाई साँचो रूपमा अनुसरण गर्नेले यो आशिष्‌ पाउन सक्छ भन्ने म अझै आशा गर्छु। समयको सुरुवातदेखि नै यस्तो काम कहिल्यै भएको छैन; मानव विकासको इतिहासमा यस्तो कार्य कहिल्यै पनि भएको छैन। यदि तँ परमेश्‍वरलाई चिन्नेहरूमध्ये पहिलो हुन सक्छस् भने, के यो सारा सृष्टिहरू माझ सबैभन्दा उच्च आदरको कुरा हुँदैनथ्यो र? के मानिसहरूमाझ परमेश्‍वरले कदर गर्ने अरू कुनै सृष्टि हुन्थ्यो? यस्तो काम हासिल गर्न सहज छैन, तर अझै अन्तमा इनामको कटनी गर्नेछ। तिनीहरूको लिङ्ग वा राष्ट्रियता जे भए तापनि परमेश्‍वरको ज्ञान हासिल गर्न सक्षम हुनेहरू सबैले अन्तमा परमेश्‍वरको ठूलो सम्मान प्राप्‍त गर्नेछन् र परमेश्‍वरको अधिकार हासिल गर्ने तिनीहरू मात्र हुनेछन्। आजको काम यही हो र भविष्यको काम पनि यही नै हो; ६,००० वर्षको काममा पूरा गरिने अन्तिम र सबैभन्दा उच्च काम यही हो अनि मानिसको हरेक वर्गलाई प्रकट गर्ने कामको तरीका यही हो। मानिसलाई परमेश्‍वर चिन्ने तुल्याउँदा विभिन्न वर्गका मानिसहरूलाई प्रकट गरिन्छ: परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरको आशिष्‌ पाउन र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न योग्यका हुन्छन्, जबकी परमेश्‍वरलाई नचिन्नेहरू उहाँको आशिष्‌ प्राप्‍त गर्न र उहाँका प्रतिज्ञाहरू स्वीकार गर्न अयोग्य हुन्छन्। परमेश्‍वरलाई चिन्नेहरू परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू हुन् र परमेश्‍वरलाई नचिन्‍नेहरूलाई परमेश्‍वरका घनिष्ठ व्यक्तिहरू भनी भन्‍न सकिँदैन; परमेश्‍वरका घनिष्ठ मानिसहरूले उहाँका कुनै पनि आशिष्‌हरू प्राप्‍त गर्न सक्छन्, तर उहाँसँग घनिष्ठ नभएकाहरू उहाँको कामको योग्यका हुँदैनन्। संकष्टहरू, शुद्धीकरण वा न्यायहरू यी सबै अन्तमा परमेश्‍वरको ज्ञान हासिल गर्नको निम्ति नै हुन्, ताकि मानिस परमेश्‍वरको अधीनमा रहन सकोस्। अन्तमा हासिल गरिने एक मात्र प्रभाव यही हो। कार्यको तीन चरणहरूमा कुनै पनि कुरा लुकाइँदैन र यो परमेश्‍वरसम्‍बन्धी मानिसको ज्ञानको निम्ति लाभदायक हुन्छ र मानिसलाई परमेश्‍वरको अझ पूर्ण र यसले विस्तृत ज्ञान हासिल गर्न सहायता गर्छ। यी सबै काम मानिसको लाभको निम्ति हो।

परमेश्‍वर स्वयमको काम मानिसले जान्‍नै पर्ने दर्शन हो, किनभने परमेश्‍वरको कामलाई मानिसले हासिल गर्न सक्दैन, र यो मानिसमा छैन। कार्यका तीन चरणहरू परमेश्‍वरको व्यवस्थापनको पूर्णता, र मानिसले जान्‍नुपर्ने योभन्दा ठूलो कुनै दर्शन छैन। यदि मानिसलाई यो शक्तिशाली दर्शनको बारेमा थाहा हुँदैन भने, परमेश्‍वरलाई चिन्‍नु सहज हुँदैन, परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु सजिलो हुँदैन, यसको साथै, मानिसले हिँड्ने मार्ग झन्-झन् कठिन हुनेछ। दर्शनहरूविना, मानिस यति टाढासम्‍म आइपुग्‍ने थिएन। आजको दिनसम्‍म मानिसलाई सुरक्षा दिने दर्शन यही नै हो, र जसले मानिसलाई सबैभन्दा ठूलो सुरक्षा प्रदान गरेको छ। भविष्यमा, तिमीहरूको ज्ञान गहिरिनैपर्छ, र तैँले उहाँको इच्‍छाको सम्पूर्णता र कार्यका तीन वटा चरणहरूभित्रको उहाँको बुद्धिमानी कार्यको सारलाई जान्‍नैपर्छ। यो मात्रै तिमीहरूको साँचो कद हो। कार्यको अन्तिम चरण एकलै खडा हुँदैन, तर यो अघिल्‍लो दुई चरणहरूसँग एकसाथ निर्माण भएको पूर्णताको भाग हो, भन्‍नुको अर्थ, कार्यका तीन वटा चरणहरूमध्ये एउटालाई मात्रै पूरा गरेर मुक्तिको सम्पूर्ण कार्यलाई पूरा गर्नु असम्‍भव छ। कामको अन्तिम चरणले मानिसलाई पूर्ण रूपमा मुक्ति दिन सके तापनि, यो एकल चरणलाई एकलै अघि बढाउनु मात्रै आवश्यक छ, र मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नको लागि कामका अघिल्‍ला दुई चरणहरू आवश्यक छैन भन्‍ने यसको अर्थ हुँदैन। तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्‍नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्‍म मुक्तिको काम पूरा हुँदैन, तबसम्‍म परमेश्‍वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्‍न सक्‍नेछैन। परमेश्‍वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्‍वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको हरेक चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्‍वरको सम्पूर्णता सम्‍बन्धी मानिसको ज्ञानलाई परमेश्‍वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्‍वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्‍वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्‍वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्‍नुपर्छ। परमेश्‍वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्‍वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्यको युग र प्रकारमा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ। कामको हरेक चरण रद्द नगरिएको अघिल्‍लोको जगमा निरन्तर रहन्छ। यसरी, सधैँ नयाँ र कहिल्यै पुरानो नहुने आफ्‍नो काममा, परमेश्‍वरले मानिसलाई पहिले कहिल्यै व्यक्त नगरिएको आफ्‍नो स्वभावको पक्षलाई लगातार व्यक्त गरिरहनुभएको हुन्छ, र मानिसलाई सधैँ उहाँको नयाँ कार्य र उहाँको नयाँ अस्तित्व प्रकट गरिरहनुभएको हुन्छ, र पुरानो धार्मिक रक्षकले यसलाई प्रतिरोध गर्नको लागि सकेजति गर्ने र यसलाई खुलेआम विरोध गर्ने भए तापनि, परमेश्‍वरले सधैँ आफूले गर्ने अभिप्राय राख्‍नुभएको नयाँ काम गर्नुहुन्छ। उहाँको काम सधैँ परिवर्तन भइरहेको हुन्छ, र यसले गर्दा, यसले सधैँ मानिसको विरोधलाई सामना गरिरहेको हुन्छ। त्यसकारण, उहाँको कामको युग र यसलाई प्राप्त गर्नेहरू जस्तै उहाँको स्वभाव पनि सधैँ परिवर्तन भइरहेको हुन्छ। यसको साथै, मानिसको लागि पहिले गरिएको कामको विरोधाभासमा रहेको जस्तो देखिने कार्यलाई समेत त्यसको प्रत्युत्तर स्वरूप अघि बढाउँदै, उहाँले सधैँ पहिले कहिल्यै नगरिएको काम गरिरहनुभएको हुन्छ। मानिसले एउटै प्रकारको काम, वा एउटै तरिकाको अभ्यासलाई मात्रै स्वीकार गर्न सक्छ, र तीभन्दा विपरीत, वा तीभन्दा उच्‍च कार्य, वा अभ्यासको तरिकालाई स्वीकार गर्न मानिसको लागि कठिन हुन्छ। तर पवित्र आत्माले सधैँ नयाँ काम गरिरहनुभएको छ, त्यसकारण परमेश्‍वरको नयाँ कामलाई विरोध गर्नको लागि धार्मिक विशेषज्ञहरूको एकपछि अर्को समूह देखा पर्छन्। मानिससँग कसरी परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्‍न त्यसको बारेमा ज्ञान हुँदैन, र परमेश्‍वरको कार्यका सिद्धान्तहरूको ज्ञान हुँदैन, यसको साथै परमेश्‍वरले मानिसलाई मुक्ति दिने विभिन्‍न तरिकाको ज्ञान हुँदैन, ठीक यही कारणले गर्दा नै यी मानिसहरू विशेषज्ञ बनेका छन्। यसैले, यो पवित्र आत्‍माबाट आउने काम हो कि होइन, र यो परमेश्‍वर स्वयम्‌बाट आउने काम हो कि होइन सो कुरा बताउन मानिस पूर्ण रूपमा असमर्थ छ। कतिपय मानिसहरूले यस्तो मनोवृत्तिलाई पक्रिरहन्छन् कि यदि कुनै कुरा पहिले आएका वचनहरूसँग मिल्छन् भने त्यसलाई तिनीहरू स्वीकार गर्छन्, र पहिलेको कामसँग त्यसका केही भिन्‍नताहरू छन् भने, त्यसलाई तिनीहरू विरोध गर्छन् र त्यसलाई इन्कार गर्छन्। आज, के तिमीहरू सबै त्यस्ता सिद्धान्तहरू अनुसार चल्दैनौ र? तिमीहरूमा अहिलेसम्‍म मुक्तिको कामको तीन चरणले ठूलो प्रभाव पारेको छैन, र कामका अघिल्‍ला दुई चरण तिनीहरूले जान्‍नै नपर्ने भार हो भनेर विश्‍वास गर्नेहरू पनि छन्। तिनीहरू के विचार गर्छन् भने, यी चरणहरूलाई धेरै मानिसहरूका बीचमा घोषणा गरिनु हुँदैन र तिनलाई जतिसक्दो चाँडो रद्द गरिनुपर्छ, ताकि मानिसहरू कार्यका तीन चरणका अघिल्‍ला दुई चरणद्वारा विचलित नहोऊन्। कामका अघिल्‍ला दुई चरणहरूलाई चिनाउनु धेरै टाढाको कुरा हो, र परमेश्‍वरलाई चिन्‍नमा यसले कुनै सहयोग गर्दैन भन्‍ने विश्‍वास धेरैजसो मानिसहरूले गर्छन्—तिमीहरूले यही विचार गर्छौ। आज, यस्तो व्यवहार गर्नु सहि छ भन्‍ने तिमीहरू सबैले विश्‍वास गर्छौ, तर तिमीहरूले मेरो कामको महत्त्वलाई महसुस गर्ने दिन पनि आउनेछ: म महत्त्व नै नभएको कुनै पनि काम गर्दिन भन्‍ने जान। मैले तिमीहरूका सामने कार्यका तीन चरणको घोषणा गरिरहेको हुनाले, ती तिमीहरूको लागि लाभदायक हुनैपर्छ; कार्यका यी तीन चरण परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको केन्द्रमा रहेको हुनाले, ती ब्रह्माण्डका हरेकको मुख्य ध्यानको विषय बन्‍नुपर्छ। एक दिन, तिमीहरू सबैले यो कामको महत्त्वलाई महसुस गर्नेछौ। यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई पर्याप्त रूपमा गम्‍भीर रूपमा लिँदैनौ। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, तर तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै अनाज्ञाकारी भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले इन्कार गरेर नरकको आगोद्वारा जलाउनुहुने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने “पूँजी” हो, र तँ जति भ्रष्ट, तुच्छ, र नीच बन्छस्, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्‍ने छैन। “धारणाहरू” ले मानिसले कल्‍पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्‍न पक्षहरूबाट परमेश्‍वरलाई चिन्‍न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठको लागि तँ धेरै सिद्धान्तहरूमा पोख्त हुनुपर्छ: परमेश्‍वरलाई चिन्‍ने मार्गमा कसरी प्रवेश गर्ने, परमेश्‍वरलाई चिन्‍नको लागि तैँले के-कस्ता सत्यताहरू बुझ्‍नैपर्छ, र परमेश्‍वरको नयाँ कामका सबै बन्दोबस्तहरूमा समर्पित हुन सकूँ भनेर तेरा धारणाहरू र पुराना प्रकृतिबाट आफैलाई कसरी मुक्त गर्ने। यदि तैँले परमेश्‍वरलाई चिन्‍ने सम्‍बन्धी पाठमा प्रवेश गर्नको लागि जगको रूपमा यी सिद्धान्तहरूलाई प्रयोग गरिस् भने, तेरो ज्ञान झन्-झन् गहन बन्‍नेछ। यदि तँसँग कार्यका तीन चरणको—अर्थात् परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा स्पष्ट ज्ञान छ भने—र यदि तैँले परमेश्‍वरको कार्यका अघिल्‍ला दुई चरणहरूलाई वर्तमान चरणसँग पूर्ण रूपमा सम्‍बन्धित गर्न सक्छस्, र यो एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो भन्‍ने देख्‍न सक्छस् भने, तँसँग अतुलनीय रूपमा मजबुत जग हुनेछ। कार्यका तीन चरणलाई एउटै परमेश्‍वरले गर्नुभएको थियो; सबैभन्दा ठूलो दर्शन यही नै हो, र परमेश्‍वरलाई चिन्‍ने एउटै मार्ग यही नै हो। कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्‌ले मात्र गर्न सक्‍नुहुन्थ्यो, र उहाँको तर्फबाट कुनै पनि मानिसले त्यसो गर्न सक्दैनथियो—भन्‍नुको अर्थ सुरुदेखि आजको दिनसम्‍म परमेश्‍वरले मात्रै उहाँको आफ्‍नो काम गर्न सक्‍नुहुन्थ्यो। परमेश्‍वरको कार्यका तीन चरणहरूलाई फरक-फरक युग र स्थानहरूमा गरिएको भए तापनि, र हरेक चरणको काम फरक भए तापनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको कार्य हो। सबै दर्शनहरूमध्ये, मानिसले जान्‍नुपर्ने सबैभन्दा ठूलो दर्शन यही नै हो, र यदि यसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्यो भने, ऊ दृढ रूपमा खडा हुन सक्‍नेछ। आज, विभिन्‍न धर्महरू र सम्प्रदायहरूले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या यो हो कि तिनीहरूलाई पवित्र आत्माको कामबारे थाहा छैन, र तिनीहरूले पवित्र आत्माले गर्नुहुने काम र पवित्र आत्माले नगर्नुहुने काम बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्—यसकारणले गर्दा, कामको यो चरण पनि कामका गत दुई चरणहरूजस्तै यहोवा परमेश्‍वरले गर्नुभएको हो कि होइन भनेर तिनीहरूले भन्‍न सक्दैनन्। मानिसहरूले परमेश्‍वरलाई पछ्याउने भए तापनि, धेरैजसोले अझै पनि यो सहि मार्ग हो कि होइन भनेर बताउन सक्दैनन्। यो परमेश्‍वर स्‍वयम्‌ले व्यक्तिगत रूपमा अगुवाइ गर्नुभएको मार्ग हो कि होइन, र परमेश्‍वरको देहधारण सत्य हो कि होइन भन्‍ने बारेमा मानिसले अझै चिन्ता गर्छ, र त्यस्ता कुराहरूलाई कसरी छुट्याउने त्यसको बारेमा धेरैजसो मानिसहरूलाई अझै पनि अत्तोपत्तो छैन। परमेश्‍वरलाई पछ्याउनेहरूले मार्गलाई निर्धारित गर्न सक्दैनन्, त्यसकारण, बोलिएका सन्देशहरूले यी मानिसहरूका बीचमा आंशिक प्रभाव मात्रै पार्छ, र ती पूर्ण रूपमा प्रभावकारी हुन सक्दैनन्, त्यसकारण यसले त्यस्ता मानिसहरूको जीवन प्रवेशलाई प्रभाव पार्छ। यदि मानिसले कार्यका तीन चरणमा परमेश्‍वरले नै तिनलाई फरक-फरक समयमा, फरक-फरक स्थानमा, र फरक-फरक मानिसहरूमा अघि बढाउनुभएको हो भन्‍ने देख्‍न सक्छ भने; यदि काम फरक भए पनि, यो सबै एउटै परमेश्‍वरले गर्नुभएको हो, अनि यो एउटै परमेश्‍वरले गर्नुभएको हुनाले, यो पक्‍कै पनि सहि र त्रुटि विहीन हुनुपर्छ, र यो मानिसको धारणाहरू विपरीत भए तापनि, यो एउटै परमेश्‍वरको काम हो भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन भन्‍ने मानिसले देख्‍न सक्छ भने—यदि यो एउटै परमेश्‍वरको काम हो भनेर मानिसले सुनिश्‍चितताको साथ भन्‍न सक्छ भने, मानिसका धारणाहरूलाई उल्‍लेख गर्न पनि लायक नछोडीकन सानातिना धारणामा घटाइनेछ। मानिसका दर्शनहरू स्पष्ट नभएकाले, र मानिसले यहोवालाई मात्रै परमेश्‍वरको रूपमा, र येशूलाई प्रभुको रूपमा चिन्‍ने हुनाले, र आजका देहधारी परमेश्‍वरको बारेमा दोधारमा रहेका हुनाले, धेरै मानिसहरू यहोवा र येशूको कार्यमा नै समर्पित छन्, र आजको कामको बारेमा अक्रान्त छन्, धेरैजसो मानिसहरू सधैँ शङ्कालु हुन्छन्, र आजको कामलाई गम्‍भीर रूपमा लिँदैनन्। कार्यका अन्तिम दुई चरणहरूका बारेमा मानिसमा कुनै धारणाहरू छैनन्, जुन अदृश्य थिए। यो यसैले हो किनभने मानिसले कार्यका अन्तिम दुई चरणको वास्तविकतालाई बुझ्दैन, र तिनलाई व्यक्तिगत रूपमा देखेन। यो यसैले हो किनभने कार्यका यी चरणहरूलाई मानिसले देख्‍न नसक्‍ने हुँदा आफूलाई मन परे अनुसार मानिसले कल्‍पना गर्छ; उसले जे निष्कर्ष निकाले तापनि, त्यस्ता कल्‍पनाहरूलाई प्रमाणित गर्ने कुनै तथ्यहरू छैनन्, र तिनलाई सुधार गर्ने कोही छैन। मानिसले कुनै पर्बाह नगरिकन र आफ्‍नो कल्‍पनालाई स्वतन्त्र छोडिदिँदै आफ्‍नो प्राकृतिक गुणलाई बेलगाम छोड्छ, किनभने उसका कल्‍पनाहरूलाई पुष्टि गर्ने कुनै तथ्यहरू हुँदैन, त्यसकारण तिनको कुनै प्रमाण भए पनि नभए पनि, मानिसका कल्‍पनाहरू “तथ्य” बन्छन्। यसरी मानिसले आफ्‍नो मनमा आफैले कल्‍पना गरेको परमेश्‍वरमा विश्‍वास गर्छ, र वास्तविकताको परमेश्‍वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्‍वरको कार्यको वास्तविकतालाई नदेखेको हुनाले, उसले यसलाई आफ्‍ना कानद्वारा मात्रै सुनेको र आफ्‍नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्‍वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्‍वासी बनेका मानिसहरू तिनीहरूका आफ्‍नै धारणाहरूद्वारा परमेश्‍वरमा विश्‍वास गर्न पुगेका हुन्छन्। आफ्‍नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्‍न नसक्‍नेहरू परमेश्‍वरका बारेमा रहेका धारणाहरू सहितको विश्‍वासबाट कहिल्यै उम्‍कन सक्‍नेछैनन्। मानिसले आफैलाई आफ्‍ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने विश्‍वास गर्छ। के परमेश्‍वरको साँचो मुहारलाई देख्‍न नसक्‍नेहरूको ज्ञान धारणाहरू र हल्‍लाहरू बाहेक केही पनि होइनन् भन्‍ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्‍ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने विचार गर्छ। आज, जब मानिसले परमेश्‍वरको काम देख्छ, उसले धेरै वर्षसम्‍म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्‍पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्‍म परमेश्‍वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्‍बन्धी धारणाहरू अझै बढी गम्‍भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्‍वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्‍पनाहरूमा निहित छ। मानिसका धारणा र कल्‍पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्‍पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्‍पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्‍ना धारणाहरूलाई झोडिदिन्छ र उसको आफ्‍नो कल्‍पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्‍न सकिन्छ, अनि परमेश्‍वरको कामको गल्ती हो भनेर भन्‍न सकिँदैन। मानिसले आफूलाई जस्तो मन लाग्यो त्यस्तै कल्‍पना गर्न सक्छ, तर उसले परमेश्‍वरको कार्यको कुनै पनि चरण वा यसको कुनै पनि भागलाई स्वतन्त्र रूपमा खण्डन गर्न सक्दैन; परमेश्‍वरको कार्यको तथ्यलाई मानिसले तोड्न सक्दैन। तैँले आफ्‍नो कल्‍पनालाई बेलगाम छोड्न सक्छस्, र यहोवा र येशूको कामको बारेमा राम्रो कथाहरू पनि सङ्कलन गर्न सक्छस्, तर यहोवा र येशूको कार्यको हरेक चरणको तथ्यलाई तैँले खण्डन गर्न सक्दैनस्; सिद्धान्त यही हो, र प्रशासनिक आदेश पनि यही हो, अनि तैँले यी विषयहरूका महत्त्वलाई बुझ्‍नुपर्छ। कामको यो चरण मानिसका धारणाहरू अनुरूप छैन, र कामका अघिल्‍ला दुई चरणहरू यस्तो थिएन भन्‍ने मानिसले विश्‍वास गर्छ। आफ्‍नो कल्‍पनामा, मानिसले अघिल्‍ला दुई चरणको काम अवश्य नै आजको काम जस्तो छैन भनेर विश्‍वास गर्छ—तर परमेश्‍वरको कार्यका सिद्धान्तहरू सबै उस्तै छन्, उहाँको काम सधैँ व्यवहारिक हुन्छ, र जुनसुकै युग भए तापनि, उहाँको कार्यको तथ्यलाई प्रतिरोध गर्ने र विरोध गर्ने धेरै मानिसहरूको उदय सधैँ नै हुनेछन् भन्‍ने कुरालाई तैँले कहिल्यै विचार गरेको छस्? आज कामको यो चरणलाई प्रतिरोध गर्ने र विरोध गर्ने सबैले विगतमा पनि परमेश्‍वरको कामलाई विरोध गर्नेथिए भन्‍नेमा कुनै शङ्का छैन, किनभने त्यस्ता मानिसहरू सधैँ नै परमेश्‍वरका शत्रुहरू हुनेछन्। परमेश्‍वरको कार्यको तथ्यलाई जान्‍ने मानिसहरूले कार्यका तीन चरणलाई एउटै परमेश्‍वरको कार्यको रूपमा हेर्नेछन्, र आफ्‍ना धारणाहरूलाई त्याग्‍नेछन्। यी मानिसहरू परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्, र त्यस्ता मानिसहरू परमेश्‍वरलाई साँचो रूपमा पछ्याउने मानिसहरू हुन्। जब परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन समाप्तितिर आइरहेको हुन्छ, परमेश्‍वरले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्नुहुनेछ। मानिसलाई सृष्टिकर्ताको हातले बनाएको थियो, र अन्त्यमा उहाँले मानिसलाई उहाँको प्रभुत्वमा पूर्ण रूपमा फर्काउनुपर्छ; कार्यका तीन चरणको निष्कर्ष यही हो। आखिरी दिनहरूको कामको चरण, र इस्राएल र यहूदियामा भएका अघिल्‍ला दुई चरणहरू सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरको व्यवस्थापन योजना हुन्। कसैले पनि यसलाई इन्कार गर्न सक्दैन, र परमेश्‍वरको कार्यको तथ्य यही हो। मानिसहरूले यो कामको धेरै भाग अनुभव गरेका वा देखेका छैनन्, तैपनि तथ्यहरू भनेका तथ्यहरू नै हुन्, र यसलाई कुनै पनि मानिसले खण्डन गर्न सक्दैन। ब्रह्माण्डको हरेक देशमा परमेश्‍वरलाई विश्‍वास गर्ने मानिसहरू सबैले कार्यका तीन चरणलाई स्वीकार गर्नेछन्। यदि तँलाई कामको निश्‍चित चरण मात्रै थाहा छ, तर कामको अरू दुई चरणको बारेमा थाहा छैन भने, विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई तैँले बुझ्दैनस् भने, तैँले परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको बारेमा बोल्‍न सक्दैनस्, र परमेश्‍वर सम्‍बन्धी तेरो ज्ञान एकतर्फी हुन्छ, किनभने परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले उहाँलाई जान्दैनस् वा बुझ्दैनस्, त्यसकारण तँ परमेश्‍वरको साक्षी दिन योग्य छैनस्। यी कुराहरू सम्‍बन्धी तेरो हालको ज्ञान गहन भए पनि वा सतही भए पनि, आखिरमा, तिमीहरूमा ज्ञान हुनैपर्छ, र पूर्ण रूपमा विश्‍वस्त हुनैपर्छ, अनि सबै मानिसहरूले परमेश्‍वरको कार्यको सम्पूर्णतालाई देख्‍नेछन् र तिनीहरू परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछन्। यो कामको अन्त्यमा, सबै धर्महरू एउटै हुनेछ, सबै सृष्टिहरू सृष्टिकर्ताको प्रभुत्वमा फर्किनेछन्, सबै सृष्टिहरूले एउटै साँचो परमेश्‍वरलाई आराधना गर्नेछन्, र सबै दुष्ट धर्महरू कहिल्यै देखा नपर्ने गरी सुन्यतामा पुग्‍नेछन्।

किन कार्यका तीन चरणको बारेमा यसरी निरन्तर उल्‍लेख गर्ने? युगहरू बितेर जाने कार्य, सामाजिक विकास, र प्रकृतिको परिवर्तनशील मुहार यी सबैले कार्यका तीन चरणका परिवर्तनहरूलाई पछ्याउँछन्। मानवजाति परमेश्‍वरको काम अनुसार समयसँगै परिवर्तन हुन्छ, र यो आफै विकास हुँदैन। सबै सृष्टि र हरेक धर्म र सम्प्रदायका सबै मानिसहरूलाई एउटै परमेश्‍वरको प्रभुत्वमा ल्याउनको लागि परमेश्‍वरको कार्यका तीन चरणहरूको बारेमा उल्‍लेख गरिएको हो। तँ जुनसुकै धर्मको भए तापनि, आखिरमा तिमीहरू सबै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनेछौ। परमेश्‍वर स्वयम्‌ले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो कुनै पनि धार्मिक प्रमुखले गर्न सक्दैन। संसारमा धेरै मुख्य धर्महरू छन्, र हरेकको आ-आफ्‍नै प्रमुख वा अगुवा छन्, र अनुयायीहरू संसारका विभिन्‍न देश र क्षेत्रहरूमा छरिएका छन्; ठूलो होस् कि सानो होस्, हरेक देशभित्र फरक-फरक धर्महरू हुन्छन्। तैपनि, संसारभरि जति धेरै धर्महरू भए तापनि, ब्रह्माण्डभित्रका सारा मानिसहरू आखिरमा एउटै परमेश्‍वरको अगुवाइमा अस्तित्वमा रहन्छन्, र तिनीहरूको अस्तित्वलाई धार्मिक प्रमुख हरू वा अगुवाहरूले अगुवाइ गर्दैनन्। यसो भन्‍नुको अर्थ के हो भने मानवजाति निश्‍चित धर्मको प्रमुख वा अगुवाद्वारा अगुवाइ गरिएको हुँदैन; बरु, सारा मानवजातिलाई सृष्टिकर्ताले नै अगुवाइ गर्नुहुन्छ, जसले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र जसले मानवजातिलाई पनि सृष्टि गर्नुभयो—तथ्य यही नै हो। संसारमा धेरै मुख्य धर्महरू भए तापनि, तिनीहरू जति नै ठूलो भए तापनि, तिनीहरू सबै सृष्टिकर्ताको प्रभुत्वमुनि अस्तित्वमा रहन्छन्, र तिनीहरू कसैले पनि यो प्रभुत्वको क्षेत्रलाई नाघ्‍न सक्दैनन्। मानवजातिको विकास, सामाजिक प्रगति, प्राकृतिक विज्ञानहरूको विकास—प्रत्येकलाई नै सृष्टिकर्ताको बन्दोबस्तबाट अलग गर्न सकिँदैन, र यो कार्य कुनै पनि निश्‍चित धर्मको प्रमुखले गर्न सक्‍ने कुरा होइन। धार्मिक प्रमुखहरू निश्‍चित धर्मका अगुवाहरू मात्रै हुन्, र तिनीहरूले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरूले स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुनेलाई नै प्रतिनिधित्व गर्न सक्छन्। धार्मिक प्रमुखहरूले त्यस धर्मका सबैलाई नेतृत्व गर्न सक्छन्, तर तिनीहरूले स्वर्गहरू मुनिका सबै सृष्टिहरूमाथि हुकुम चलाउन सक्दैनन्—यो विश्‍वव्यापी रूपमा स्वीकार्य तथ्य हो। धार्मिक प्रमुखहरू अगुवाहरू मात्रै हुन्, र परमेश्‍वर (सृष्टिकर्ता) कै दर्जामा खडा हुन सक्दैनन्। सबै थोक सृष्टिकर्ताकै हातमा छ, र आखिरमा तिनीहरू सृष्टिकर्ताकै हातमा फर्कनेछन्। मानवजातिलाई सुरुमा परमेश्‍वरले नै बनाउनुभयो, र धर्म जुनसुकै भए तापनि, हरेक व्यक्ति परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्—यो अपरिहार्य छ। सबै थोकका बीचमा परमेश्‍वर मात्रै सर्वोच्‍च हुनुहुन्छ, र सबै सृष्टिहरूका बीचमा रहेका उच्‍च शासक पनि उहाँकै प्रभुत्वमा फर्कनुपर्छ। मानिसको हैसियत जति नै उच्‍च भए तापनि, त्यो मानिसले मानवजातिलाई उचित गन्तव्यमा पुर्‍याउन सक्दैन, र कसैले पनि सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्न सक्दैन। यहोवा स्वयम्‌ले मानवजाति सृष्टि गर्नुभयो र हरेकलाई प्रकार अनुसार वर्गीकरण गर्नुभयो, अनि जब अन्त्यको समय आउँछ, उहाँले सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गर्दै आफ्‍नो काम अझै पनि आफै गर्नुहुनेछ—परमेश्‍वर बाहेक कसैले पनि यो काम गर्न सक्दैन। सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। सबै दुष्ट धर्महरू परमेश्‍वरसँग मेल खाँदैन, र तिनीहरू परमेश्‍वरसँग मेल नखाने हुनाले, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँले इस्राएलमा वा चीनमा काम गरिरहनुभएको भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकोले नै उहाँले कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ—यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो। परमेश्‍वरको सृष्टिको रूपमा, यदि तँ परमेश्‍वरको सृष्टिको कर्तव्यलाई पूरा गर्न र परमेश्‍वरको इच्‍छालाई बुझ्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ, तैँले सृष्टिहरूका लागि परमेश्‍वरको इच्‍छा के छ त्यसलाई बुझ्‍नैपर्छ, तैँले उहाँको व्यवस्थापन योजना बुझ्‍नैपर्छ, र तैँले उहाँले गर्नुहुने कामको सबै महत्त्वलाई बुझ्‍नैपर्छ। यसलाई नबुझ्‍नेहरू परमेश्‍वरका सृष्टिहरू हुन योग्य छैनन्! परमेश्‍वरको सृष्टिको रूपमा, यदि तैँले आफू कहाँबाट आएको हो भन्‍ने बुझ्दैनस्, मानवजातिको इतिहास र परमेश्‍वरले गर्नुभएको सबै काम बुझ्दैनस्, यसको साथै, मानवजाति कसरी आजसम्‍म विकास भएको छ भन्‍ने बुझ्दैनस्, र सारा मानवजातिमाथि कसले हुकुम चलाउनुहुन्छ भन्‍ने बुझ्दैनस् भने, तैँले तेरो कर्तव्यलाई पूरा गर्न सक्दैनस्। परमेश्‍वरले नै मानवजातिलाई आजसम्‍म डोर्‍याउनुभएको छ, र उहाँले मानिसलाई पृथ्वीमा सृष्टि गर्नुभएदेखि नै उसलाई कहिल्यै छोड्नुभएको छैन। पवित्र आत्माले कहिल्यै काम गर्न छोड्नुभएको छैन, कहिल्यै मानवजातिलाई अगुवाइ गर्न छोड्नुभएको छैन, र कहिल्यै मानवजातिलाई त्याग्‍नुभएको छैन। तर परमेश्‍वर हुनुहुन्छ भन्‍ने मानवजातिले महसुस गर्दैन, उसले परमेश्‍वरलाई चिन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरका सारा सृष्टिहरूका लागि योभन्दा अपमानजनक कुरा अरू केही छ र? परमेश्‍वरले व्यक्तिगत रूपमै मानिसलाई डोर्याउनुहुन्छ, तर मानिसले परमेश्‍वरको कार्यलाई बुझ्दैन। तँ परमेश्‍वरको सृष्टि होस्, तैपनि तैँले तेरो आफ्‍नै इतिहासलाई बुझ्दैनस्, र कसले तँलाई तेरो यात्रामा डोर्याएको छ त्यसबारे तँ अनजान छस्, परमेश्‍वरले गर्नुभएको कामप्रति तँ बेखवर छस्, र त्यसैले तैँले परमेश्‍वरलाई चिन्‍न सक्दैनस्। यदि तँलाई अहिले थाहा छैन भने, तँ परमेश्‍वरको गवाही दिनको लागि कहिल्यै पनि योग्य हुनेछैनस्। आज, सृष्टिकर्ताले फेरि पनि सबै मानिसहरूलाई व्यक्तिगत रूपमै डोर्याउनुहुन्छ, र सबै मानिसहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता, मुक्ति, र आश्‍चर्यपनलाई देख्ने तुल्याउनुहुन्छ। तैपनि तँ अझै महसुस गर्दैनस् वा बुझ्दैनस्—त्यसकारण, के तँ मुक्ति नपाउने व्यक्ति होइनस् र? जो शैतानको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको वचन बुझ्दैनन्, तर जो परमेश्‍वरको स्वामित्वमा छन् तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्छन्। मैले बोल्‍ने वचनहरू महसुस गर्ने र बुझ्‍ने सबै तिनीहरू हुन् जसलाई मुक्ति दिइनेछ र जसले परमेश्‍वरको लागि गवाही दिनेछन्; मैले बोल्‍ने वचनहरूलाई नबुझ्‍नेहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्, र तिनीहरू त्यस्ता हुन् जसलाई हटाइनेछ। जसले परमेश्‍वरको इच्‍छालाई बुझ्दैनन् र परमेश्‍वरको कार्यलाई महसुस गर्दैनन् तिनीहरूले परमेश्‍वरको ज्ञान हासिल गर्न सक्दैनन्, र त्यस्ता मानिसहरूले परमेश्‍वरको गवाही दिनेछैनन्। यदि तँ परमेश्‍वरको गवाही दिन चाहन्छस् भने, तैँले परमेश्‍वरलाई चिन्‍नैपर्छ; परमेश्‍वरको ज्ञान परमेश्‍वरको कार्यद्वारा पूरा गरिन्छ। समग्रमा, यदि तँ परमेश्‍वरलाई चिन्‍न चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई जान्‍नैपर्छ: परमेश्‍वरको कार्यलाई जान्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। जब कार्यका तीन चरण अन्त्यमा पुग्छ, परमेश्‍वरको गवाही दिनेहरूको समूह, परमेश्‍वरलाई चिन्‍नेहरूको समूहलाई निर्माण गरिनेछ। यी मानिसहरू सबैले परमेश्‍वरलाई चिन्‍नेछन् र तिनीहरूले सत्यतालाई अभ्यास गर्न सक्‍नेछन्। तिनीहरूमा मानवता र चेतना हुनेछ, र सबैले परमेश्‍वरको मुक्तिको कार्यका तीन चरणहरूलाई जान्‍नेछन्। यो अन्त्यमा पूरा गरिने काम हो, र यी मानिसहरू ६,००० वर्षको व्यवस्थापन कार्यका उत्कृष्टता हुन्, र शैतानको अन्तिम हारको सबैभन्दा शक्तिशाली गवाही हुन्। परमेश्‍वरको गवाही दिन सक्‍नेहरूले परमेश्‍वरको प्रतिज्ञा र आशिषलाई प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरू अन्त्यसम्‍मै रहिरहने समूह, परमेश्‍वरको अख्‍तियार पाएको र परमेश्‍वरको गवाही दिने समूह बन्‍नेछन्। सायद तिमीहरूमध्ये सबै जना, वा सायद आधा मात्रै, वा एक-दुई जना मात्रै यो समूहको सदस्य बन्‍न सक्छौ—यो तिमीहरूको इच्‍छा र तिमीहरूको खोजीमा भर पर्छ।

अघिल्लो: परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

अर्को: तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरु तयार गर्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

व्यवस्थाको युगको काम

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि...

तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले...

राज्यको युग नै वचनको युग हो

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्