देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

परमेश्‍वरका आत्माले पृथ्वीमा काम गर्नुहुँदा, उहाँले धेरै वर्षदेखि खोजिरहनुभएको छ, र युगौँदेखि उहाँको काम गर्नका लागि परमेश्‍वरले धेरै जनालाई प्रयोग गर्नुभएको छ। अझ यो समयसम्म पनि, परमेश्‍वरका आत्मा उपयुक्त विश्राम स्थान विना नै रहनुभएको छ, यसैले त आफ्नो काम गर्नका लागि परमेश्‍वर विभिन्न मानिसहरूका बीचमा पुग्नुहुन्छ। समग्रमा, मानिसहरूद्वारा नै उहाँको काम भएको हुन्छ। भन्‍नुको अर्थ, यी सबै वर्षहरूमा, परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, तर आजको दिनसम्म पनि यसलाई निरन्तर रूपमा मानिसहरूमा अगाडि लगिएको छ। परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको र धेरै काम गर्नुभएको भए तापनि, मानवले अझै परमेश्‍वरलाई चिनेको छैन, यसो हुनुको कारणचाहिँ परमेश्‍वर कहिल्यै मानवकहाँ देखा पर्नुभएको छैन र उहाँको मूर्त रूप पनि छैन। यसैले परमेश्‍वरले यो काम—व्यावहारिक परमेश्‍वरको व्यावहारिक महत्त्व जान्न सबै मानिसहरूलाई बाध्य पार्ने काम—पूर्णतामा ल्याउनैपर्छ। यो उद्देश्य प्राप्त गर्न, परमेश्‍वरले मूर्त रूपमा आफ्ना आत्मा मानवतालाई प्रकट गर्नैपर्छ र तिनीहरूका बीचमा उहाँको काम गर्नुपर्छ। अर्थात्, परमेश्‍वरका आत्माले शारीरिक रूप, मासु र हाड लिनुभएपछि, दृश्य रूपमा मानिसहरूका बीचमा तिनीहरूका जीवनमा सहभागी भएर हिँड्नुभएपछि, कहिलेकहिँ देखिने र कहिले आफ्नैलाई लुकाउने गर्नुभएपछि मात्र मानिसहरूले उहाँलाई घनिष्ठ रूपमा चिन्न सक्नेछन्। यदि परमेश्‍वर शरीरमा मात्र रहनुभयो भने, उहाँले आफ्नो कामलाई यसको पूर्णतामा पूरा गर्न सक्‍नुहुनेथिएन। अनि देहमा गरिन आवश्यक पर्ने सेवा पूरा गर्नुभई, केही अवधिसम्म देह वा शरीरमा काम गर्नुभएपछि, परमेश्‍वर शरीरबाट अलग हुनुहुनेछ र शरीरका रूपमा आत्मिक राज्यमा काम गर्नुहुनेछ, जसरी येशूले पनि पूरा गर्न आवश्यक पर्ने सबै कम पूरा गर्नुभई केही अवधिसम्म सामान्य मानव भएर काम गर्नुभएको थियो। तिमीहरूले “मार्ग … (५)” बाट लिइएको यस खण्डलाई याद गर्छौ होला: “मेरा पिताले मलाई यसो भन्नुभएको कुराको मलाई स्मरण छ, ‘पृथ्वीमा, तिम्रा पिताको इच्छा मात्र गर्न र उहाँको आदेशलाई पूरा गर्न खोज। अरू केही पनि कुरा तिम्रो लागि सरोकारको विषय होइन।’” यस खण्डमा तँ के देख्छस्? परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्‍वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्‍वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरू र विभिन्न दृष्टिकोणहरूद्वारा आफ्ना वाणीहरूमा आवाज दिनुभई पूरै देशमा बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्‍नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्‍नु हो। अर्थात्, परमेश्‍वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्‍वरीय काम गर्न सक्दैन, परमेश्‍वरले मानवीय कार्यमा भाग लिनुहुन्न। परमेश्‍वर यस पृथ्वीमा आफ्नो काम गर्न आउनुभएका सबै वर्षहरूमा, उहाँले सधैँभरि मानिसहरूद्वारा यो गर्नुभएको छ। तथापि, यी मानिसहरूलाई देहधारी परमेश्‍वर भनी विचार गर्न सकिँदैन—तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू मात्र हुन्। यसैबीच, आजका परमेश्‍वरले आत्माको आवाज पठाएर र आत्माका पक्षमा काम गरेर, ईश्‍वरीय दृष्टिकोणबाट सीधै बोल्न सक्नुहुन्छ। यसरी नै, विभिन्न युगहरूमा परमेश्‍वरले प्रयोग गर्नुभएका सबै मानिसहरू, भौतिक शरीरभित्र परमेश्‍वरका आत्माले काम गर्नुभएका उदाहरणहरू हुन्—त्यसो हो भने किन तिनीहरूलाई परमेश्‍वर भन्न सकिँदैन? तर आजका परमेश्‍वर पनि शरीरमा सीधै काम गर्ने परमेश्‍वरका आत्मा हुनुहुन्छ, र येशू पनि शरीरमा काम गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्‍वर भनिन्छ। तब भिन्नताचाहिँ के हो त? विभिन्न युगभरि परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूमा सामान्य विचार र तर्कहरूका क्षमता थिए। तिनीहरू सबैले मानव व्यवहारका सिद्धान्तहरू बुझेका थिए। तिनीहरूसँग सामान्य मानव विचारहरू थिए, र सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुराहरू तिनीहरूमा थिए। तिनीहरूमध्ये धेरैजसोमा असाधारण खुबीहरू र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमा काम गर्नुहुँदा, परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई उपयोग गर्नुभयो, जुनचाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुभएका वरदानहरू थिए। परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई क्रियाशील बनाउनुभई, तिनीहरूका सामर्थ्यहरूलाई परमेश्‍वरको सेवामा प्रयोग गर्नुहुन्छ। तैपनि परमेश्‍वरको सारतत्त्वचाहिँ कुनै धारणा वा विचार विनाको हुन्छ, मानवीय अभिप्रायहरूले यसलाई परिवर्तन गर्न सक्दैनन्, र सामान्य मानवसँग भएका कुराहरू समेत यसमा हुँदैनन्। यसो भन्नुको तात्पर्यचाहिँ, उहाँ मानव व्यवहारका सिद्धान्तहरूसँग पनि परिचित हुनुहुन्न भन्‍ने हो। आजका परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, यही नै हुन्छ। उहाँका काम र वचनहरू मानव अभिप्रायहरू वा मानव विचारहरूद्वारा मिश्रित हुँदैनन्, तर ती आत्माका अभिप्रायहरूका सीधा प्रदर्शन हुन्, अनि उहाँले सीधै परमेश्‍वरका पक्षमा काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सीधै बोल्नुहुन्छ, अर्थात्, अलिकति मानव अभिप्रायहरू नमिसाइकन नै ईश्‍वरत्वले सीधै काम गर्छ। अर्को किसिमले भन्नुपर्दा, देहधारी परमेश्‍वर, मानव विचार वा धारणाहरू विना, र मानव व्यवहारका सिद्धान्तहरूका बुझाइ विना नै सीधै ईश्‍वरत्वले भरिनुहुन्छ। यदि ईश्‍वरत्व मात्र कार्यमा हुनुहुन्थ्यो भने (यदि परमेश्‍वर मात्र कार्यमा हुनुहुन्थ्यो भन्ने अर्थमा), पृथ्वीमा परमेश्‍वरको कार्यलाई कार्यान्वयन गर्ने कुनै उपाय नै हुने थिएन। यसैले परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वमा गर्नुहुने कामसँगको एकतामा मानवसँग काम गर्न उहाँले प्रयोग गर्नुहुने मानिसहरूको सानो संख्या उहाँसँग हुनैपर्छ। अर्को प्रकारले भन्नुपर्दा, उहाँको ईश्‍वरीय कार्यलाई कायम राख्‍न उहाँले मानव कार्यलाई प्रयोग गर्नुहुन्छ। अन्यथा, ईश्‍वरीय कार्यसँग सीधै संलग्न हुन मानवका लागि कुनै उपाय नै हुने थिएन। येशू र उहाँका चेलाहरूसँग यही नै भएको थियो। यस संसारको आफ्नो समयावधिमा, येशूले पुराना व्यवस्थाहरूलाई रद्द गरी नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वचनहरू पनि बोल्नुभयो। यो सबै काम ईश्‍वरत्वमा गरिएको थियो। पत्रुस, पावल, यूहन्ना जस्ता अरू व्यक्तिहरूले येशूका वचनहरूका जगमा आफ्ना कामलाई स्थापित गरेका थिए। यसो भन्नुको तात्पर्यचाहिँ, परमेश्‍वरले अनुग्रहको युगको थालनी गर्नुभई, त्यस युगमा आफ्नो काम सुरु गर्नुभयो; अर्थात्, उहाँले “परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ” भन्ने वचनहरूलाई पूरा गर्नुभई, पुरानोलाई रद्द गरी नयाँ युगको सुरुवात गर्नुभयो। अर्को प्रकारले भन्नुपर्दा, मानिसले ईश्‍वरीय कामको जगमाथि मानव काम गर्नैपर्छ। येशूले आफूले भन्न आवश्यक रहेको सबै कुरा भन्नुभएपछि र यस पृथ्वीमा आफ्नो काम पूरा गर्नुभएपछि, उहाँले मानवलाई छोड्नुभयो। यसपछि, काम गर्ने सबै मानिसहरूले उहाँका वचनहरूमा अभिव्यक्त भएका सिद्धान्तहरू अनुसार यसो गरे, र उहाँले बोल्नुभएका सत्यताअनुसार यसको अभ्यास गरे। यी सबै मानिसहरूले येशूका निम्ति काम गरे। यदि येशूले मात्र काम गर्नुभएको भए, उहाँले जति नै धेरै वचनहरू बोल्नुभएको भए तापनि, उहाँका वचनहरूसँग संलग्न हुने कुनै उपाय मानिसहरूसँग हुने थिएन, किनकि उहाँले ईश्‍वरीयतामा काम गरिरहनुभएको थियो र उहाँले ईश्‍वरीयताका वचनहरू मात्र बोल्न सक्नुहुन्थ्यो, र सामान्य मानिसहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने गरी उहाँले व्याख्या गर्न सक्नुहुन्नथ्यो। अनि उहाँसँग प्रेरितहरू र अगमवक्ताहरू हुनुपर्नेथियो जो उहाँका कामलाई पूरा गर्न उहाँका पछि आएका थिए। देहधारी परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने कुराको यो एउटा सिद्धान्त हो—बोल्नका लागि देहधारी शरीरको प्रयोग गर्ने र ईश्‍वरत्वको काम पूरा गर्ने कार्य, र उहाँको कामलाई पूरा गर्न परमेश्‍वरको हृदयअनुसारका केही मानिसहरूलाई, वा सायद धेरै मानिसहरूलाई प्रयोग गर्ने। अर्थात्, मानवलाई हेरचाह गर्ने र पानी जुटाउने कार्य गर्नका लागि परमेश्‍वरका हृदयअनुसारका मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ, यसरी परमेश्‍वरका छानिएका मानिसहरू सत्यताको यथार्थमा प्रवेश गर्न सक्नेछन्।

यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका हृदयअनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरको इच्छा बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्नो हृदयअनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना हृदयअनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरको हृदयअनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बुझ्न सक्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका हृदयअनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्। ठीक यसरी नै, परमेश्‍वरले यही चरणमा मानवलाई नयाँ युगमा ल्याउनुहुन्छ र मानिसहरूलाई नयाँ सुरुवात दिनुहुन्छ—त्यही समयमा नै शरीरमा परमेश्‍वरको काम पूरा भएको हुन्छ।

आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्‍वरीय काम गर्नका लागि मात्र आउनुहुन्छ। सामान्य मानवताका बारेमा परमेश्‍वरले बोल्नुभएको कुरा मानिसहरूले कल्पना गरेकोजस्तो होइन। मानवले “सामान्य मानवतालाई” पति वा पत्नी, र छोराहरू र छोरीहरू हुनु हो भनेर परिभाषित गर्छ, जुनचाहिँ सामान्य व्यक्ति हुनुको प्रमाण हो; तथापि, परमेश्‍वरले यसरी हेर्नुहुन्न। उहाँले सामान्य मानवतालाई सामान्य मानव विचार, सामान्य मानव जीवन, र सामान्य मानिसहरूबाटको जन्मका रूपमा हेर्नुहुन्छ। तर उहाँको सामान्यतामा मानवले बोल्ने जस्ता पत्नी, पति, र सन्तानहरू हुनुलाई समान्यताको रूपमा समावेश गरिएको हुँदैन। अर्थात्, मानवका लागि परमेश्‍वरले बताउनुभएको सामान्य मानवताचाहिँ मानवले विचार गर्ने मानवताको अनुपस्थिति हो, येशूको जस्तो, झण्डै भावना नै नभएको र शारीरिक आवश्यकताहरूरहित जस्तो देखिने, उहाँका बाहिरी कुरा मात्र सामान्य व्यक्तिका जस्ता थिए र उहाँले सामान्य व्यक्तिको रूप लिनुभयो, तर वास्तवमा सामान्य व्यक्तिसँग हुनैपर्ने सबै कुराहरू उहाँमा थिएनन्। यसबाट यो देखिन सक्छ कि देहधारी परमेश्‍वरका सारतत्त्वले सामान्य मानवताको पूर्णतालाई नाघेको हुँदैन, तर सामान्य मानव जीवनका क्रियाकलापहरूलाई समर्थन गर्न र तर्कका सामान्य मानव शक्तिहरूलाई कायम गर्नका लागि मानिसहरूमा हुनैपर्ने कुराहरूको भाग मात्र हुन्छ। तर मानवले सामान्य मानवता भनी विचार गर्ने कुराहरूसँग यिनीहरूको कुनै सरोकार छैन। तिनीहरू देहधारी परमेश्‍वरमा हुनुपर्छ। तथापि, यदि देहधारी परमेश्‍वरका पत्नी, छोराछोरी, परिवार भए भने मात्र उहाँमा सामान्य मानवता रहेको हुन्छ भनी विचार गर्ने व्यक्तिहरू पनि छन्; यी कुराहरू विना उहाँ सामान्य व्यक्ति हुनुहुन्न भनी तिनीहरूले भन्ने गर्छन्। त्यसो भए म तिमीहरूसँग प्रश्न गर्छु, “के परमेश्‍वरकी पत्नी छिन्? के परमेश्‍वरसँग कुनै पति हुनु सम्भव छ? के परमेश्‍वरका छोराछोरी हुनसक्छन्?” के यी गल्ती कुराहरू होइनन्? तथापि, देहधारी परमेश्‍वर फुटेका चट्टानहरूका बीचबाट निस्कन सक्नुहुन्न वा आकाशबाट खस्‍न सक्नुहुन्न। उहाँ सामान्य मानव परिवारमा मात्र जन्मन सक्नुहुन्छ। त्यसैले त उहाँका आमाबुबा र दिदीबहिनीहरू छन्। देहधारी परमेश्‍वरका सामान्य मानवतामा यी कुराहरू हुनैपर्छ। येशूको विषयमा पनि यही भएको थियो; येशूका बुबा र आमा, बहिनीहरू र भाइहरू थिए, अनि यो सबै सामान्य थियो। तर यदि उहाँका पत्नी र छोराछोरीहरू भएका भए, देहधारी परमेश्‍वरमा हुनुपर्ने भनी परमेश्‍वरले उद्देश्य राख्नुभएका कुराहरूमा योचाहिँ सामान्य मानवता हुनेथिएन। यदि यसो भएको भए, उहाँले ईश्‍वरत्वको पक्षमा काम गर्न सक्‍नुहुनेथिएन। उहाँका पत्नी र छोराछोरीहरू थिएनन्, र पनि उहाँ सामान्य परिवारमा सामान्य मानिसहरूबाट जन्मनुभयो त्यसैले ठीक यही कारणले नै उहाँले ईश्‍वरत्वको कार्य गर्न सक्नुभयो। यसलाई अझ स्पष्ट पार्दा, परमेश्‍वरले जसलाई सामान्य व्यक्ति भनी विचार गर्नुहुन्छ, त्यो व्यक्ति सामान्य परिवारमा जन्मेको हुन्छ। यस्तो व्यक्ति मात्र ईश्‍वरीय काम गर्नका लागि योग्य हुन्छ। अर्कोतर्फ, यदि कुनै व्यक्तिका पत्नी, छोराछोरीहरू, वा पति छन्, ती व्यक्तिले ईश्‍वरीय काम गर्न सक्दैनन्, किनकि तिनीहरूमा परमेश्‍वरले माग गर्नुभएको सामान्य मानवता नभएर मानवले माग गरेको सामान्य मानवता मात्र हुन्छ। परमेश्‍वरले ठान्नुभएको कुरा, र मानिसहरूले बुझेका कुरामा प्राय ठूलो भिन्नता, लामो दूरी हुन्छ। परमेश्‍वरको कामको यस चरणमा, मानिसहरूका अवधारणहरूबाट यो धेरै विरोधमा र अति नै भिन्न हुन्छ। परमेश्‍वरको कामको यस चरण पूर्ण किसिमले नै व्यावहारिक रूपमा ईश्‍वरीय कार्य हो, जहाँ मानवले सहयोगीको भूमिका खेल्न सक्छ भनेर भन्न सकिन्छ। किनकि परमेश्‍वर आफ्नो काम गर्नका लागि आफै पृथ्वीमा आउनुहुन्छ र यसका लागि उहाँले कुनै पनि मानवलाई यसमा उसको हात लगाउन दिनुहुन्न, त्यसैले उहाँले आफ्नो काम पूरा गर्नका लागि आफैलाई देहधारण गर्नुहुन्छ (अपूर्ण र सामान्य व्यक्ति)। मानवजातिलाई नयाँ युग प्रस्तुत गर्न, उहाँको काममा भएको अर्को कदम मानवजातिलाई बताउन, र उहाँका वचनहरूमा वर्णन गरिएको मार्गअनुसार अभ्यास गर्नका लागि मानिसहरूलाई आग्रह गर्न उहाँले यस देहधारणलाई प्रयोग गर्नुहुन्छ। यसरी शरीरमा भएको परमेश्‍वरको काम पूरा भएको छ; उहाँ मानवजातिबाट प्रस्थान गर्न लाग्नुभएको छ, सामान्य मानवताको शरीरमा अब बसिरहनुहुन्न, तर उहाँको कामको अर्को भागमा जानका लागि मानवबाट अलग हुन लाग्नुभएको छ। तब आफ्नो हृदयअनुसारका मानिसहरूलाई प्रयोग गरी, उहाँले मानिसहरूका यस समूहका बीचमा यस पृथ्वीमा आफ्नो काम निरन्तर गर्नुहुन्छ, तर तिनीहरूका मानवतामा गर्नुहुन्छ।

देहधारी परमेश्‍वर सधैँभरि मानवसँग बस्न सक्नुहुन्न किनकि परमेश्‍वरले गर्नुपर्ने अरू धेरै काम छन्। उहाँ शरीरमा बाँधिएर बस्न सक्नुहुन्न, उहाँले शरीरको रूपमा त्यो काम गर्नु भए पनि, उहाँले गर्नैपर्ने कामका लागि उहाँले शरीरलाई त्याग्नुपर्छ। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँ मर्न र मानवजातिलाई छोडेर जानुभन्दा पहिले सामान्य मानवले प्राप्त गर्नैपर्ने आकारमा उहाँ पुगुञ्जेल उहाँले पर्खेर बस्नुपर्दैन। उहाँको शरीर जति नै उमेरको भए पनि, उहाँको काम पूरा भएपछि, उहाँ जानुहुन्छ र मानवलाई छोड्नुहुन्छ। उहाँको निम्ति उमेर भन्ने हुँदैन, उहाँले मानव आयुअनुसार आफ्ना दिनहरू गर्नुहुन्न; यसको सट्टामा, उहाँका कामका चरणहरू अनुसार उहाँले शरीरमा भएको आफ्नो जीवनको अन्त्य गर्नुहुन्छ। शरीरमा आउनुहुने परमेश्‍वर खास उमेरसम्‍म वृद्धि हुनैपर्छ, वयस्कमा वृद्धि हुनैपर्छ, वृद्ध उमेरमा पुग्नुपर्छ, र त्यो शरीरले काम गर्न नसकेपछि मात्र छोड्नुपर्छ भनी अनुभूति गर्नेहरू पनि हुनसक्छन्। यो मानवको कल्पना हो; परमेश्‍वरले यसरी काम गर्नुहुन्न। उहाँले गर्नुपर्ने काम गर्नका लागि मात्र उहाँ शरीरमा आउनुहुन्छ, उहाँ आमाबाबुबाट जन्मन, हुर्कन, परिवार स्थापित गर्न र पेशा सुरु गर्न, छोराछोरीहरू जन्माउन र हुर्काउन, वा जीवनका उकाली-ओरालीहरू अनुभव गर्न—सामान्य मानवका सम्पूर्ण क्रियाकलापहरू गर्ने गरी सामान्य मानव जीवन जिउनका लागि आउनुहुन्न। परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीर लिनुहुन्छ, शरीरमा आउनुहुन्छ, तर परमेश्‍वरले सामान्य मानवको जीवन जिउनुहुन्न। उहाँको व्यवस्थापनको योजनाको एक भाग पूरा गर्नका लागि मात्र उहाँ आउनुहुन्छ। त्यसपछि उहाँले मानवजातिलाई छोड्नुहुन्छ। उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरका आत्माले शरीरका सामान्य मानवलाई सिद्ध पार्नुहुन्न। बरु, परमेश्‍वरले पूर्वनिर्णय गर्नुभएको समयमा नै, ईश्‍वरत्व सीधै काममा जानुहुन्छ। तब, उहाँले गर्न आवश्यक पर्ने सबै गर्नुभएपछि र उहाँको सेवा पूरा भएपछि, यस चरणमा हुने परमेश्‍वरको काम पूरा भएको हुन्छ, उहाँको शरीर यसको आयु अवधिसम्म रहे पनि वा नरहे पनि, यस बिन्दुमा देहधारी परमेश्‍वरको काम पनि टुङ्गिन्छ। त्यसो भन्नुको तात्पर्यचाहिँ, मासुको शरीर जीवनको जुनसुकै चरणमा पुगे पनि, पृथ्वीमा यो जति लामो समय बाँचे पनि, सबै कुराहरू आत्माको कामद्वारा नै निर्णय गरिएको हुन्छ। मानवले सामान्य मानवता भनी विचार गरेका कुरासँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि येशूलाई लिनुहोस्। उहाँ साढे तेत्तीस वर्षसम्म शरीरमा जिउनुभयो। मानव शरीरको आयुको हिसाबमा, उहाँ त्यस उमेरमा मर्नु हुँदैनथ्यो, र उहाँले छोडेर जानु हुँदैनथ्यो। तर परमेश्‍वरका आत्माका लागि यो त्यति सरोकारको कुरा थिएन। उहाँको काम पूरा भएको थियो, त्यस बिन्दुमा शरीर लगियो, आत्मासँगै अलप भयो। यही सिद्धान्तद्वारा नै परमेश्‍वरले शरीरमा काम गर्नुहुन्छ। अनि यसलाई दृढतासाथ भन्नुपर्दा, देहधारी परमेश्‍वरको मानवता मुख्य महत्त्वको विषय होइन। यसलाई फेरि भन्दा, उहाँ सामान्य मानव प्राणीको जीवन जिउनका लागि यस पृथ्वीमा आउनुहुन्‍न। उहाँले सामान्य मानव जीवनलाई पहिले स्थापित गरेपछि काम गर्न सुरु गर्नुहुन्छ भन्‍ने होइन। बरु, उहाँ सामान्य मानव परिवारमा जन्मनुहुँदा, उहाँले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ, जुन काम मानवका अभिप्रायहरूद्वारा दूषित पारिएको हुँदैन, अर्थात् शारीरिक हुँदैन, जसले समाजका तरिकाहरूलाई अपनाउँदैन वा मानवका विचारहरू र अवधारणाहरूलाई संलग्न गराउँदैन, र यसका अतिरिक्त, जीविकाका लागि मानव दर्शनलाई संलग्न गराउँदैन। देहधारी परमेश्‍वरले यही काम गर्ने अभिप्राय राख्नुभएको छ, अनि उहाँको देहधारणको व्यावहारिक महत्त्व पनि यही नै हो। अन्य सानातिना प्रक्रियाहरूबाट भएर नगई, र, सामान्य मानवका अनुभवहरू नलिई नै शरीरमा पूरा गर्नुपर्ने आवश्यक कामका चरणलाई पूरा गर्न परमेश्‍वर मुख्यगरी शरीरमा आउनुहुन्छ। देहधारी परमेश्‍वरको शरीरले गर्नुपर्ने कार्यले सामान्य मानव अनुभवहरूलाई समावेश गर्दैन। यसैले परमेश्‍वरले शरीरमा पूरा गर्नका लागि आवश्यक पर्ने काम पूरा गर्नका खातिर उहाँ शरीरमा आउनुहुन्छ। बाँकी कुराहरूसँग उहाँको कुनै सम्बन्ध छैन, उहाँ विभिन्न सानातिना प्रक्रियाहरूद्वारा भएर जानुहुन्न। उहाँको काम पूरा भएपछि, उहाँको देहधारणको महत्त्व पनि अन्त्य हुन्छ। यो चरण पूरा गर्नुको अर्थ उहाँले शरीरमा गर्न आवश्यक पर्ने काम पूरा भएको छ, अनि उहाँको शरीरको सेवा पूरा भएको छ भन्‍ने हो। तर उहाँ अनिश्चितकालसम्म शरीरमा काम गरिरहन सक्नुहुन्न। उहाँ काम गर्नका लागि अर्को स्थानमा सर्नुपर्छ, जुनचाहिँ शरीरभन्दा बाहिरको स्थान हो। यसरी मात्र उहाँको काम पूर्ण रूपमा गर्न सकिन्छ, र महान् प्रभावको लागि यो अघि बढ्छ। परमेश्‍वरले आफ्नो सुरुको योजनाअनुसार काम गर्नुहुन्छ। कुन काम उहाँले गर्न आवश्यक छ र कुन काम उहाँले पूरा गर्नुभएको छ, सो कुरा उहाँलाई आफ्नो हतकेला जतिकै स्पष्टसँग थाहा छ। परमेश्‍वरले पहिल्यै निर्धारण गर्नुभएको बाटोमा हिँड्न उहाँले प्रत्येक व्यक्तिलाई अगुवाइ गर्नुहुन्छ। कोही पनि यसबाट उम्कन सक्दैन। परमेश्‍वरका आत्माको अगुवाइलाई पछ्याउनेहरू मात्र विश्राममा प्रवेश गर्न सक्नेछन्। पछिको काममा, मानवलाई अगुवाइ गर्नका लागि परमेश्‍वरले शरीरमा बोल्नुहुने कुरा हुनेछैन, तर मूर्त रूपमा आत्माले मानवको जीवनलाई अगुवाइ गर्नुहुनेछ भन्ने कुरा हुनसक्छ। तब मात्र मानवले ठोस रूपमा परमेश्‍वरलाई छुन सक्नेछ, परमेश्‍वरलाई हेर्नेछ, र परमेश्‍वरले माग गर्नुभएको यथार्थमा राम्रोसँग प्रवेश गर्नेछ, यसरी ऊ व्यावहारिक परमेश्‍वरद्वारा सिद्ध बनाइनेछ। यही कामलाई परमेश्‍वरले पूरा गर्ने अभिप्राय राख्नुभएको छ, अनि यही कुरालाई उहाँले लामो समयदेखि योजना गर्नुभएको हो। यसबाट, तिमीहरूले लिनैपर्ने बाटोलाई तिमीहरू सबैले देख्नैपर्छ!

अघिल्लो: आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

अर्को: आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको कामको दर्शन (२)

अनुग्रहको युगमा पश्‍चात्तापको सुसमाचार प्रचार गरिएको थियो, अनि मानिसले त्यसमा विश्‍वास गर्‍यो भने उसले मुक्तिपाउँथ्यो। आज, मुक्तिको सट्टामा...

परमेश्‍वरका कामको तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन...

परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत...

परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधनलाई सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्