उद्धारको युगको कार्यको पछाडिको वास्तविक कथा

मेरो सम्पूर्ण व्यवस्थापन योजना, छ-हजार-वर्षको व्यवस्थापन योजनामा, तिन चरणहरू छन्, या तिन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन उद्धारको युग पनि हो); र अन्तिम दिनहरूको राज्यको युग। यी तिन युगहरूमा मेरो कार्य हरेक युगको प्रकृति अनुसारको अन्तर्वस्तु भिन्न-भिन्न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरूलाई पूरा गर्छ—वा, अझै स्पष्ट रूपमा भन्दा, यो शैतानले त्यो युद्धमा चाल्ने युक्ति अनुसार गरिन्छ जुन युद्ध म त्यसको विरुद्धमा सुरु गर्छु। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु हो, मेरो विवेक र सर्वशक्तिमान्‌तालाई प्रकट गर्नु, शैतानको सबै युक्तिहरूलाई उजागर गर्नु, र फलस्वरूप सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु हो, जो शैतानको अधिकार क्षेत्रभित्र जिउँछन्। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउनु, र शैतानको असहनीय उग्रतालाई प्रकट गर्नुको लागि हो; र अझै त्यो भन्दा पनि बढि, यो सृजित प्राणीहरूलाई असल र दुष्टको बीच भेदभाव गर्न अनुमति दिनको लागि हो, यो थाहा दिनको लागि कि म नै सबै थोकको शासक हुँ, यो स्पष्ट रूपमा देखाउन कि शैतान मानव जातिको शत्रु हो, एउटा पतित, एउटा दुष्ट हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र के महान् हो र के नीच हो सोको बीचको अन्तरलाई पूर्ण निश्चितताका साथ भन्न दिनको लागि हो। यस प्रकारले अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानव जातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई ती कुराहरू दिन सक्छु जुन कुराको तिनीहरूले आनन्द लिन सक्छन्; र तब तिनीहरूले जान्नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरू मध्ये एक हो जसलाई मैले सृजना गरे र पछि मेरो विरुद्धमा खडा भयो। मेरो छ-हजार-वर्ष व्यवस्थापनको योजना तिन वटा चरणहरूमा विभाजित छन्, र सृजित प्राणीहरूलाई मेरो गवाही दिनको लागि, र मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्नको लागि सक्षम बनाउने प्रभावलाई प्राप्त गर्नको निम्ति म काम गर्दछु। यस कारणले, मेरो छ-हजार-वर्षको व्यवस्थापन योजनाको सुरुवाती कार्यको दौरानमा, मैले व्यवस्थाको कार्य गरे, जुन त्यो कार्य थियो जहाँ यहोवाले मानिसहरूलाई अगुवाई गर्नुभयो। दोस्रो चरण अनुग्रहको युगको कार्य यहूदाको गाउँहरूमा सुरु भयो। येशूले अनुग्रहको युगको सबै कार्यहरूको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ शरीरमा देहधारी हुनुभएको थियो, र क्रूसमा टाँगिनुभयो, र उहाँले अनुग्रहको युग पनि सुरु गर्नुभयो। उहाँले उद्धारको कार्यलाई पूरा गर्नको निम्ति, व्यवस्थाको युगलाई अन्त्य गरी अनुग्रहको युग सुरु गर्नको निम्ति क्रूसमा टाँगिनुभयो, र त्यसैले उहाँलाई “सर्वोच्च सेनापति,” “पापको बलिदान,” र “उद्धारकर्ता” पनि भनिन्छ। परिणाम स्वरूप, येशूको कार्य यहोवाको कार्यको अन्तर्वस्तुभन्दा भिन्न थियो, यद्यपि तिनीहरू एकै सिद्धान्तका थिए। यहोवाले व्यवस्थाको युग सुरु गर्नुभयो, पृथ्वीमा परमेश्‍वरको कार्यको लागि आधार स्थापना गर्दै—सुरुवातको विन्दुको रूपमा—यसो गर्नुभयो, र व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। उहाँद्वारा गरिएको कामको यी दुई टुक्राहरू हुन्, र तिनीहरूले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्छन्। येशूले अनुग्रहको युगमा गर्नुभएको कार्य व्यवस्था जारी गर्नको लागि थिएन, तर त्यसलाई पुरा गर्नु थियो, फलस्वरूप अनुग्रहको युग आरम्भ भयो र व्यवस्थाको युग समाप्त भयो जुन दुई हजार वर्षसम्म रहेको थियो। उहाँ पथ प्रदर्शक हुनुहुन्थ्यो, जो अनुग्रहको युगको सुरुवात गर्न आउनुभयो, तरै पनि उहाँको कार्यको मुख्य हिस्सा उद्धारको कार्यमा थियो। त्यसैले उहाँको कार्य दुई भागको पनि थियो: एउटा नयाँ युगको सुरुवात गर्ने, र उहाँको क्रूसद्वारा उद्धारको कार्य पूरा गर्ने, जुन पश्चात् उहाँ बिदा हुनुभयो। र त्यस पश्चात् व्यवस्थाको युगको अन्त्य भयो र अनुग्रहको युगको सुरुवात भयो।

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्ण रूपले एउटा नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र प्रेममय थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिषहरू ल्याउनुभयो, र ती सबै दिनुभयो जुन कुराको मानिसहरूले सम्भवतः आनन्द लिन सक्दछन्, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति: शान्ति र खुसी, उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र प्रेमपूर्ण दया दिनुभयो। त्यस समयमा, ती चीजहरूको प्रचुरताको आनन्द लिन मानिसहरूले तिनीहरूको हृदयभित्र शान्ति र सुरक्षाको आभास गरेका थिए, तिनीहरूको आत्माहरूमा पुनः निश्चितताको महसुस, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—सबै त्यस युगमा थियो जुन युगमा तिनीहरू जिइरहेका थिए। अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यसैकारणले सबै मानवजातिलाई उद्धार गर्ने कार्य प्राप्त गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र त्यो भन्दा पनि बढि यसको प्रभावको लागि एउटा बलिदानको आवश्यकता थियो जुन मानवजातिको पापहरूको प्रायश्चितको लागि पर्याप्त थियो। जे कुरा मानवजातिले अनुग्रहको युगमा देखे त्यो केवल मानवजातिको पापहरूको निम्ति मेरो प्रायश्चितको बलिदान थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ भन्‍ने मात्रै जानेका थिए, र तिनीहरूले येशूको कृपा र प्रेमलाई मात्रै देखेका थिए। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको उद्धार हुनुभन्दा अगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्दहरू लिनुथियो जुन येशूले यसबाट लाभ लिनको निम्ति तिनीहरूलाई दिनुभयो। यस तरिकामा, तिनीहरूको अनुग्रहको आनन्दको माध्यमबाट तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्दको माध्यमबाट उद्धार पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यताद्वारा तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जिते। येशूले भन्‍नुभएजस्तै: म धर्मीलाई होइन तर पापीलाई उद्धार गर्न आएको छु, पापीहरूलाई तिनीहरूको पापहरूबाट क्षमा दिन आएको छु। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्‍लङ्घनको सहनशीलताको स्वभाव लिएर आउनुभएको भए मानिसले कदापि उद्धार पाउने अवसर पाउने थिएन, र उ सदाको लागि पापी रहने थियो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षको व्यवस्थापनको योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसको पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढ्ने थियो, र मानवजातिको सृष्टि व्यर्थको लागि हुनेथियो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू पहिलो सृष्टि गरिएका मानिसको भन्दा अधिक हुनेथियो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त दया र प्रेमपूर्ण कृपामा ल्याएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, त्यति नै धेरै मानवजाति येशूद्वारा मुक्ति पाउनको लागि हकदार भए, उसलाई हराएको थुमाहरू भनिनु पर्‍यो जसलाई येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँको अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटा प्रेम गर्ने आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुभएन, तर सान्त्वनाले भरिनुभएको थियो; उहाँ तिनीहरूका बीच रिसमा आउनुभएन, तर तिनीहरूको पापहरूमा सहिष्णुता राख्नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्‍म आँखा चिम्लनुभयो र भन्‍नुभयो, “अरूलाई सात गुणा सत्तरी पटक क्षमा दिनु।” यस प्रकारले अरूहरूको हृदयहरू उहाँको हृदयद्वारा रूपान्तरित भयो, र केवल तब मात्र उहाँको सहिष्णुताद्वारा मानिसहरूले तिनीहरूको पापको क्षमा प्राप्त गरे।

यद्यपि येशू उहाँको देहधारणमा पूर्ण रूपले बिना भावनाको हुनुहुन्थ्यो, उहाँले सधैँ उहाँको चेलाहरूलाई सान्त्वना दिनुभयो, तिनीहरूको लागि सबै कुरा जुटाउनुभयो, तिनीहरूलाई मदत गर्नुभयो, र समर्थन गर्नुभयो। तथापि उहाँले जति नै काम गर्नुभए तापनि, या उहाँले जति नै दुख सहनुभए तापनि, उहाँले कहिल्यै पनि मानिसमा अति धेरै मागहरू गर्नुभएन, तर तिनीहरूको पापमा सधैँ धैर्य र सहिष्णुता बस्नुभयो, त्यसरी नै अनुग्रहको युगका मानिसले उहाँलाई प्रेमले “प्रेमिलो मुक्तिदाता येशू” भनी बोलाए। त्यस समयका मानिसहरूको लागि—सबै मानिसहरूका लागि—जे येशूमा थियो र जो येशू हुनुहुन्थ्यो, त्यो दया र प्रेमपूर्ण कृपा नै थियो। उहाँले कहिल्यै पनि मानिसहरूको अपराधहरूलाई सम्झनुभएन, र तिनीहरूप्रति उहाँको व्यवहार कहिल्यै पनि तिनीहरूको अपराधमा आधारित थिएन। किनभने त्यो एउटा बेग्लै युग थियो, उहाँले धेरै पटक मानिसहरूलाई भरपूर मात्रामा भोजन दिनुभयो ताकि तिनीहरूले आफ्नो पेट भर्न सकून्। उहाँले आफ्ना सबै चेलाहरूलाई अनुग्रहद्वारा व्यवहार गर्नुभयो, बिमारीलाई चङ्गाइ गर्नुभयो, भूतात्मा निकाल्नुभयो, मरेकालाई जीवित उठाउनुभयो। मानिसहरूले उहाँमा विश्‍वास गर्न सकून् र उहाँले गर्नुभएका सबै कुरा नम्रतापूर्वक र इमानदारीता पूर्वक गर्नुभएको थियो भनी देख्न सकून् भनेर, उहाँले यहाँसम्म पनि गर्नुभयो कि एउटा सडिसकेको लासलाई समेत पुनरुत्थान गर्नुभयो, र यसद्वारा उहाँको हातमा मृतक मानिस पनि फर्केर जीवनमा आउन सक्छ। यस तरिकामा उहाँले चुपचाप सहेर तिनीहरूको बीचमा उहाँको उद्धारको कार्य गर्नुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले समेत, येशूले आफैमा मानवजातिको पापहरू लिइसक्नुभएको थियो र मानवजातिको लागि पापको एउटा बलिदान हुनुभयो। उहाँ क्रूसमा टाँगिनुभन्दा पहिले समेत, उहाँले मानवजातिको उद्धार गर्नको निम्ति बाटो खोलिसक्नुभएको थियो। अन्ततः उहाँ क्रूसमा काँटी ठोकेर झुन्ड्याइयो, क्रूसको खातिर आफैलाई बलिदान दिनुभयो, र उहाँले मानवजातिलाई आफ्नो सबै कृपा, दया, र पवित्रता दिनुभयो। मानवजाति प्रति, उहाँ सधैँ सहनशील हुनुहुन्थ्यो, कहिल्यै प्रतिशोधी हुनुहुन्नथ्यो, तिनीहरूको पापहरूको क्षमा दिँदै, तिनीहरूलाई पश्‍चाताप गर्नको लागि प्रेरित गर्दै, र धैर्यता, संयम र प्रेमद्वारा उहाँको कदम पछ्याउँदै र तिनीहरू आफैलाई क्रूसको खातिर बलिदान दिनको निम्ति सिकाउनुहुन्थ्यो। दाजुभाइहरू र दिदीबहिनीहरूको लागि उहाँको प्रेम मरियमको लागि भन्दा बढि थियो। ती काम जुन उहाँले यसको सिद्धान्तको रूपमा लिनुभयो बिमारीलाई चङ्गाइ गर्ने र भूतात्माहरू निकाल्ने, यी सबै उहाँको उद्धारको कार्यको खातिर गर्नुभएको थियो। उहाँ जहाँ गए तापनि, उहाँले उहाँलाई पछ्याउने सबैलाई अनुग्रही व्यवहार गर्नुभयो। उहाँले गरिबलाई धनी, लङ्गडोलाई हिँड्ने, अन्धोले देख्ने, र बहिरोले सुन्ने बनाउनुभयो। उहाँले सबैभन्दा तुच्छ, बेसाहाहरू, पापीहरूलाई उहाँसँगै एउटै मेचमा बस्नको निम्ति आमन्त्रित गर्नुभयो, तिनीहरूलाई कहिल्यै पनि अलग्याउनुभएन तर सधैँ धैर्यता राख्दै, यो पनि भन्नुभयो: जब एउटा गोठालोले सय ओटा भेडा मध्ये एउटालाई हराउँछ, उसले उनान्सय भेडालाई छोडेर त्यो एउटा हराएको भेडालाई खोज्न जान्छ, र जब उसले त्यसलाई भेट्टाउँछ उ अत्यन्त धेरै आनन्दित हुन्छ। उहाँले आफ्नो अनुयायीहरूलाई त्यसै गरी प्रेम गर्नुभयो जसरी एउटा आमा भेडाले आफ्नो पाठालाई प्रेम गर्छ। तिनीहरू मूर्ख र अज्ञानी भए पनि, र उहाँको आँखा अगाडि पापी भए पनि, र साथसाथै समाजका सबैभन्दा तुच्छ सदस्यहरू भए तापनि, उहाँले ती पापीहरूलाई—ती मानिसहरू जसलाई अरूले बहिष्कार गरेका थिए—आफ्नो आँखाको नानीको रूपमा लिनुभयो। उहाँले तिनीहरूको पक्ष लिनुभएको हुनाले, वेदिमा बलिदान चढाइएको थुमाको रूपमा उहाँले आफ्नो जीवन तिनीहरूको निम्ति दिनुभयो। उहाँ तिनीहरूको माझ यसरी जानुभयो जस्तो कि उहाँ तिनीहरूको दास हुनुहुन्थ्यो, तिनीहरूलाई उहाँको प्रयोग गर्न र उहाँको हत्या गर्न दिनुभयो, तिनीहरूमा निसर्त रूपमा आफैलाई सुम्पनुभयो। उहाँका अनुयायीहरूको लागि उहाँ प्रेमिलो मुक्तिदाता येशू हुनुहुन्थ्यो, तर फरिसीहरू, जसले मानिसहरूमा एउटा उच्च आसनबाट भाषण दिन्थे, तिनीहरूलाई उहाँले कृपा र प्रेमपूर्ण दया देखाउनुभएन, तर घृणा र आक्रोश देखाउनुभयो। उहाँले फरिसीहरूको माझमा त्यति धेरै कामहरू गर्नुभएन, केवल कहिलेकाहीँ तिनीहरूमा प्रवचन दिने र ताडना दिने गर्नुभयो; उहाँले तिनीहरूको बीचमा उद्धारको कार्य गर्दै जानुभएन, न त उहाँले चिन्हहरू र चमत्कार नै देखाउनुभयो। उहाँले आफ्नो अनुयायीहरूलाई सबै दया र प्रेमपूर्ण कृपा दिनुभयो, अन्तिमसम्म यी पापीहरूका खातिर उहाँले सहनुभयो र उहाँ क्रूसमा टाँगिनुभयो, र उहाँले पूर्ण रूपमा सबै मानवजातिलाई उद्धार नगरेसम्म हरेक अपमानलाई भोग्नुभयो। यो नै उहाँको कार्यको कूल आशय हो।

येशूको उद्धार बिना, मानवजाति सदाको लागि पापमा जिउने थियो र पापको सन्तान बन्ने थियो, दुष्टका सन्तानहरू बन्ने थियो। यस प्रकारले यहि नै जारी रहेको भए, पुरै संसार त्यो जगत् बन्ने थियो जहाँ शैतान बसोबास गर्छ, त्यो बसोबास गर्ने ठाउँ। यद्यपि, उद्धारको कार्यको लागि दया देखाउन र मानवजातिप्रति प्रेमपूर्ण कृपा देखाउन आवश्यक थियो; केवल त्यस माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः पूर्ण बनाइन र परमेश्‍वरद्वारा पूर्ण रूपले प्राप्त गरिने हक जित्न सक्थ्यो। यस चरणको कार्य बिना, छ-हजार-वर्षको व्यवस्थापनको योजनाले प्रगति गर्न सक्दैनथियो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीलाई चङ्गाइ गर्ने र दुष्ट आत्मा भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिने थिएन। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षसम्मको अवधिमा, उहाँले आफ्नो उद्धारको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, क्रूसमा झुण्ड्याएर र पापमय शरीरको समान बनेर, दुष्टको हातमा आफैलाई सुम्पिएर, उहाँले क्रूसमा मर्ने कार्यलाई पूरा गर्नुभयो र मानवजातिको गन्तव्यलाई पूरा गर्नुभयो। उहाँ शैतानको हातमा सुम्पिनु भएपछि मात्रै उहाँले मानवजातिलाई उद्धार गर्नुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्नुभयो, उहाँको ठट्टा गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, त्यस परिस्थितिसम्म पुग्नुभयो जहाँ उहाँको शिर राख्ने ठाउँ भएन, विश्राम गर्ने स्थान भएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्व सहित क्रूसमा चढाइयो—एउटा पवित्र र निर्दोष शरीर—सँगै उहाँलाई क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरेक प्रकारको कष्ट भोगाइलाई सहनुभयो। तिनीहरू जो सत्तामा थिए तिनीहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सेनाहरूले उहाँको मुखमा थुकिदिए; तैपनि उहाँ चुप भई बस्नुभयो र अन्त्य सम्ममा सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुसम्म पनि सुम्पँदै, उहाँले सबै मानवजातिलाई उद्धार दिनुभयो। तब मात्रै उहाँले विश्राम लिन अनुमति पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो अन्तिम दिनहरूको कार्यको लागि विकल्प थियो। यो नै अनुग्रहको युगमा येशूले गर्नुभएको कार्यको सार थियो, दोस्रो युग जुन मानवजातिले पार गरेका छन्—उद्धारको युग।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (३)

अर्को: आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के...

विश्‍वासको बारेमा तँलाई के थाहा छ?

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा त...

परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्